Dictionary

All Word

59101 फलाको ना. २. कसैलाई सरापेर गरिएको गाली; सत्तो न सराप
59102 फलाको ना. ३. ठुलो स्वर; डाँको।
59103 फलाको ना. ४. लयबद्ध सामूहिक स्वर; नारा।
59104 फलागम ना. दृश्य वा श्रव्य काव्यका अन्तमा सङ्घर्ष सकिएर प्राप्त हुने शुभ वा अशुभ फल; फलप्राप्तिको स्थिति।
59105 फलाटिन ना. एक किसिमको भुवादार, न्यानो र नरम खालको कपडा।
59106 फलादेश ना. ग्रहगतिअनुसार शुभाशुभ फल बताउने कार्य।
59107 फलानी सर्व. फलानाको स्त्रीरूप; अमुक; ढिस्कानी।
59108 फलानु / फलानो सर्व. यही हो भनी निश्चय वा किटान नभएको वस्तु वा व्यक्ति; अमुक; ढिस्कानो।
59109 फलाम ना. कालो रङको र साह्रो, विभिन्न प्रकारका अस्त्र, हतियार, भाँडाकुँडा, यन्त्र आदि बनाइने, अपारदर्शी एक प्रसिद्ध खनिज धातु; लोहा लौह।
59110 फलामकाँडे ना. निबुवाका जस्ता तर साना पात हुने, घाँस-सेउलाको काममा आउने एक काँडेदार रुख।
59111 फलामको गुहु ना. कीट।
59112 फलाम खानी ना. फलाम भएको ठाउँ वा पहरो।
59113 फलामे वि. फलामको; फलामबाट बनेको; फलामसम्बन्धी।
59114 फलामे कुर्सी ना. फलामबाट तयार भएको मेच।
59115 फलामे भाँडो ना. फलामबाट तयार भएको भाँडो।
59116 फलालिन/फलालेन ना. हे. फलाटिन।
59117 फलालो वि. नभरिएको; थोतो; फोस्रो (बाला, घोगो, कोसो आदि)।
59118 फलावाङ ना. नेपालको सल्यान जिल्लामा रहेको एक प्राचीन राज्य।
59119 फलाहार ना. १. व्रत लिँदा वा व्रत बस्ता खाइने फलफूल, कन्दमूल आदिको खाना।
59120 फलाहार ना. २. रोपेर हरवर्ष फल्ने र काँचै पनि खान हुने मेधावर्धक एवं सुपाच्य वस्तु।
59121 फलाहारी वि. फलफूल एवं कन्दमूलको आहारा गर्ने; अन्न नखाने।
59122 फलिको ना. हे. फरिको।
59123 फलित वि. १. फल लागेको; फलेको।
59124 फलित वि. २. सफल भएको; सिद्धि मिलेको।
59125 फलित ज्योतिष ना. ग्रहनक्षत्रका स्थितिका आधारमा शुभ तथा अशुभ फल बताउने ज्योतिषको एक अङ्ग।
59126 फलिनु अ.क्रि. १. फल लागिनु। क.क्रि.
59127 फलिनु अ.क्रि. २. ढिकीमा चामल आदि फल्ने काम गरिनु।
59128 फलिफाप ना. १. राम्ररी फाप्ने वा सप्रने काम; कुनै वस्तु फल्दा वा कुनै काम गर्दा बढी लाभप्रद हुने स्थिति।
59129 फलिफाप ना. २. सुब्बेफाब्बे; दिनदशाको सुधार।
59130 फलिफाप ना. ३. अनुकूलता; उन्नति।
59131 फलियो ना. १. लेख्ने काठ आदिको पाटी; धुलौटो।
59132 फलियो ना. २. फलेक।
59133 फलिलो ना. फल लागेको; फलाइलो।
59134 फली १ ना. काठका फलेक आदि खुर्केर चिल्लो पार्ने एक प्रकारको धारिलो हतियार; रन्दामा लगाइने फाली; रन्दाको धार।
59135 फली २ वि. फल लागेको; फलयुक्त; फलवान्।
59136 फलीभूत वि. फल वा परिणाम प्रत्यक्ष भएको; फलित।
59137 फलीश ना. पिपलका जस्ता पात हुने, सेतो फूल फुल्ने तथा साह्रो काठ हुने एक जातको रुख; काठेपिपल।
59138 फलुवा वि. १. राम्रोसँग फल लाग्ने, झुप्पाका फुप्पा फल फल्ने।
59139 फलुवा वि. २. ढिकी, ओखली आदिमा चामल आदि राम्ररी फलिएको वा भुस, बियाँ आदि निखारिएको।
59140 फलेक ना. डोलो वा सिगो काठ चिरानी गरेर चेप्टो, पातलो र चौडा पारी ताछिएको टुक्रो ; फल्याक।
59141 फलेदो ना. ठुलठुला पात हुने, रातो फूल फुल्ने सिमीका जस्ता कोसा लाग्ने, भित्र फस्केइलो काठ हुने र बाहिर काँडैकाँडा हुने एक जातको रुख। (खुकुरीका दाप बनाउन उपयुक्त काठ)।
59142 फलैंचा घरको दलानमा र बाटाघाटाका चौतारा आदिमा धेरै मानिस अडेस लागेर बस्न, सुस्ताउन हुने गरी बनाइएको फलेकको आसन।
59143 फलोदय ना. १. फलको उदय; फल देखा पर्ने वा लाग्ने अवस्था।
59144 फलोदय ना. २. कुनै कार्यविशेषको फलप्राप्ति।
59145 फलोद्यान ना. योजनाबद्ध तरिकाबाट लगाइएको फलको बगैँचा; बागवानीकेन्द्र।
59146 फल्कोनेट ना. नेपालको चितवन जिल्ला र त्यसका छेउछाउमा पाइने, संसारको सबभन्दा सानो चरो।
59147 फल्गु वि. १. सार नभएको निस्सार; फोस्रो, खोस्टो। ना.
59148 फल्गु वि. २. गया तीर्थको एक प्रसिद्ध नदी।
59149 फल्याक ना. हे. फलेक।
59150 फस्नु अ.क्रि. १. पासोमा पर्नु; जालमा अल्झनु।