Dictionary

All Word

58951 फराँस १ ना. क्रमैले तीन-तीन चक्की बाँडेर खेलिने,तासको एक खेल।
58952 फराँस २ ना. हे. फरास।
58953 फराँसखाना ना. फरासखाना।
58954 फराइ ना. फार्ने क्रिया वा प्रक्रिया।
58955 फराइनु क.क्रि. फार्ने पारिनु; फार्न लाइनु।
58956 फराउनु प्रे.क्रि. फार्न लाउनु; फार्ने पार्नु।
58957 फराक १ वि. १. अलग; भिन्न।
58958 फराक १ वि. २. कुनै विषयबाट निवृत्त भएको; कर्तव्य पूरा गरी छुट्टी पाएको (जस्तो- धर्मफराक)।
58959 फराक २ वि. १. टाढासम्म फैलिएको; विस्तृत; फराकिलो।
58960 फराक २ वि. २. चौडा।
58961 फराकत ना. १. कुनै बन्धन वा प्रतिबन्धबाट छुटकारा; मुक्ति।
58962 फराकत ना. २. कुनै शोकसुर्ता नभई निस्फिक्री हुने स्थिति; निश्चिन्तता।
58963 फराकिलो वि. धेरै फराक भएको; चारैतिर फैलिएको; विस्तृत।
58964 फरार वि. १. गिरफ्तारी वा कारबाईबाट बच्न गुप्त रूपले भागेको; लुकीछिपी बसेको।
58965 फरार वि. २. कुनै अपराध गरेर बेपत्ता भएको; पलायित (अपराधी)।
58966 फरास ना. बिछ्‌याउनासम्बन्धी काम गर्ने नोकर; फराँस।
58967 फरासखाना ना. बिछ्याउना र अरू आसन राख्ने एवं तत्सम्बन्धी काम गर्ने अड्डा।
58968 फरासिलो वि. १. हँसिलो मुख लगाएर मिठा बोली बोल्ने; सुमधुर बोलीवचन गर्ने।
58969 फरासिलो वि. २. स्पष्टवक्ता; साँचो बोल्ने।
58970 फरासिलो वि. ३. उदार स्वभावको। स्त्री. फरासिली।
58971 फरासी ना. गाउनका रूपमा र फरियाका रूपमा प्रयोग गरिने एक खालको कपडा।
58972 फराहा ना. इजिप्ट देशका पिरामिड बनाउने प्राचीन शासक।
58973 फरिको ना. छाप्रो, गोठ, कटेरो आदिमा हालिने बाँसका झक्रा, चित्रा आदिको ढोका; फलिको।
58974 फरिफार्छे/फरिफार्से ना. हे. फार्से।
58975 फरिया ना. स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाइने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने धोतीविशेष।
58976 फरियाको नाता/साहिनु ना. १. स्वास्नी वा आइमाईतिरको सम्बन्ध।
58977 फरियाको नाता/साहिनु ना. २. त्यसै जरियाले दर्जा वा धन पाउँदा भनिने हेलाको बोली।
58978 फरुई ना. सिरौला भुटेर वा फूल उठाएर बनाइएको खट्टे।
58979 फरुवा ना. ठूलो फाँच भएको र लामो बिँड हाली उठीउठी खन्न हुने विशेष खालको कोदालो; चपरा।
58980 फरेप/ फरेब ना. १. अनाहकमा वा विनाकसुर लगाइएको दोष; फत्तुर; आरोप।
58981 फरेप/ फरेब ना. २. छलकपट; जालझेल।
58982 फरेपी / फरेबी वि. १. फरेब लाउने; फत्तुर लगाउने।
58983 फरेपी / फरेबी वि. २. जालझेल गर्ने; छलकपट गर्ने।
58984 फरेपी / फरेबी वि. ३. फटाहा; बकम्फुस।
58985 फर्कनु अ.क्रि. १. गइरहेको बाटाबाट फेरि पछाडि आउनु; प्रत्यागमन गर्नु।
58986 फर्कनु अ.क्रि. २. एकापट्टिबाट अर्कापट्टि पल्टनु वा लेप्सिएर बसेको वस्तु उल्टो हुनु; उल्टिनु।
58987 फर्कनु अ.क्रि. ३. गुमिसकेको वस्तु फेरि हात लाग्नु।
58988 फर्कनु अ.क्रि. ४. एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु।
58989 फर्कनु अ.क्रि. ५. एक कोल्टेबाट अर्को कोल्टे हुनु।
58990 फर्काइ ना. फर्कने क्रिया वा प्रक्रिया।
58991 फर्काइनु क.क्रि. फर्कन लाइनु।
58992 फर्काउनु प्रे. क्रि. फर्कन लाउनु।
58993 फर्किनु अ.क्रि. फर्कनु; फिर्नु।
58994 फर्छिनु अ.क्रि. लेनदेन, खरिदबिक्री आदिको हिसाब चुक्ति; हे. फर्सिनु।
58995 तेर्छ्र्याइ ना. फर्छिने वा तेर्छ्र्याउने क्रियाप्रक्रिया।
58996 तेर्छ्र्याइनु क.क्रि. फर्स्याइनु।
58997 तेर्छ्र्याउनु स.क्रि. फर्स्याउनु।
58998 फछ्र्योट/फछ्र्यौट ना. फछ्र्याउने काम; लेनदेनको व्यवहार मिलाउने काम; छिनाफाना गर्ने काम।
58999 फर्द / फर्दा ना. १. कागज, कपडा आदिको सग्लो वा अलग टुक्रा।
59000 फर्द / फर्दा ना. २. पल्ला।