Dictionary

All Word

58801 फट्याकफुटुक ना. १. आकाशबाट फाटफुट पानी पर्ने चाल।
58802 फट्याकफुटुक ना. २. एकदुई जना आउने वा निस्कने प्रक्रिया।
58803 फट्याकफुटुक ना. ३. सामान्य रूपले फड्का मार्ने काम। क्रि.वि.
58804 फट्याकफुटुक ना. ४. कहिलेकाहीँ; आकलझुकल; एकदुइटा मात्र।
58805 फट्याक्क क्रि.वि. १. फट्कने वा फट्का हाल्ने गरी।
58806 फट्याक्क क्रि.वि. २. कुनै वस्तु फुट्ता एकै खेपमा आवाज निस्केर।
58807 फट्याङ्ग्रो ना. १. फटेङ्ग्रो।
58808 फट्याङ्ग्रो ना. २. कलमा सिलाइको धागो मिलाउने पुर्जा।
58809 फड्कनु स.क्रि. फट्कनु।
58810 फड्काइ ना. फड्कने क्रिया वा प्रक्रिया।
58811 फड्काइनु क.क्रि. फड्कन लाइनु।
58812 फड्काउनु प्रे. क्रि. फड्कन लाउनु।
58813 फड्किनु क.क्रि. फट्किनु।
58814 फड्के ना. १. हे. फट्के।
58815 फड्के ना. २. साक्षीहरूको सही भएको तमसुकको किनारा।
58816 फड्के ना. ३. बसोबास गरेका ठाउँदेखि टाढा गएर गरिने कमाइ वा जग्गा कमाउने काम।
58817 फड्को ना. १. फट्को।
58818 फड्को ना. २. मूर्च्छा पर्ने एक रोग; जरो वा अन्य कुनै रोगबाट नातागत भएर हुने भाउन्न।
58819 फण/फणा ना. फँडा पनि। विशेष जातिका सर्पको हर्षले वा क्रोधले फुकेर छाताजस्तो बनेको शिरको भाग; फटा।
58820 फणिर ना. फँडिर; फलिँट; जामुनु; फगीर।
58821 फणी ना. फणा फुलाउने एक जातको सर्प।
58822 फणीन्द्र ना. १. शेषनाग।
58823 फणीन्द्र ना. २. ठुलो सर्प।
58824 फणीमुख ना. टुप्पो चेप्टो र धारिलो भएको खन्ने काममा आउने एक प्रकारको फलामे साधन; गल; खन्ती।
58825 फतक्क क्रि.वि. १. ज्यादा पाकेर वा गलेर गिलो हुने किसिमले।
58826 फतक्क क्रि.वि. २. परिश्रमले ज्यादै थकित भएर।
58827 फतफत ना. १. अरूलाई झर्को लाग्ने वा मन नपर्ने गरी उही कुरा बारम्बार दोहोऱ्याउने क्रिया; कचकच; गनगन।
58828 फतफत ना. २. कसैले सुने पनि नसुने पनि र जवाफ दिए पनि नदिए पनि एकोहोरो बोलिरहने कुरा; फतरफतर। क्रि.वि.
58829 फतफत ना. ३. माथिबाट गिलो वस्तु झर्दा शब्द निस्कने किसिमले।
58830 फतफत ना. ४. खुबसँग फत्कने गरी।
58831 फतफत ना. ५. ज्यादा पाकेर वा गलेर बारबार झर्ने गर्दै।
58832 फतफताइ ना. फतफताउने क्रिया वा प्रक्रिया।
58833 फतफताइनु क.क्रि. फतफताउन लाइनु।
58834 फतफताउनु अ.क्रि. अरूलाई झर्को लाग्ने गरी वा मन नपर्ने गरी बारबार उही कुरो दोहोऱ्याउनु; गनगन गर्नु; कचकच गर्नु; फतरफतर गर्नु।
58835 फतफती क्रि.वि. अझै फतफत गरेर वा भएर।
58836 फतफते वि. फतफत गर्ने; गनगने; कचकचे।
58837 फतरफतर क्रि.वि. फतफत।
58838 फतरिनु अ.क्रि १. अर्कालाई झर्को लाग्ने गरी नचाहिँदो कुरा गर्नु।
58839 फतरिनु अ.क्रि २. फतफताउनु।
58840 फतरे वि. १. फतरफतर गर्ने; गनगने; कचकचे। ना.
58841 फतरे वि. २. ससाना पात हुने, केटाकेटीले पात लपेटेर सनई झैँ बजाउने एक जातको बोट।
58842 फतरो वि. फतरफतर कुरा गर्ने; अर्कालाई झर्को लाग्ने गरी बोलिरहने।
58843 फतर्को ना. फतरफतर गर्ने बिकामे कुरा (ततर्कोसँग जोडिएर आउने)।
58844 फतऱ्याइ ना. फतरिने भाव, क्रिया वा प्रक्रिया।
58845 फतऱ्याइनु क.क्रि. फतरिन लाइनु; फतरिने पारिनु।
58846 फतऱ्याउनु प्रे.क्रि. फतरिन लाउनु; फतरिने पार्नु।
58847 फतल्नु स.क्रि. १. गिलो वा खोले वस्तुमा पानी हालेर हुँडल्नु।
58848 फतल्नु स.क्रि. २. फाउनु; फेट्नु; फाँड्नु।
58849 फतलाइ ना. फतल्ने क्रिया वा प्रक्रिया।
58850 फतलाइनु क.क्रि. फतल्न लाइन; फतल्ने पारिनु।