Dictionary

All Word

58651 फकौरी वि. ३. फकौटी।
58652 फकौरे वि. फकाउने; फकौटे।
58653 फकौरो वि. फकाइमा पर्ने; फकौटो।
58654 फक्कड ना. १. फकडा गाउने व्यक्ति।
58655 फक्कड ना. २. फकिर; फकरा।
58656 फक्कडदास वि. १. फकिरहरूको अभिनय वा अनुसरण गर्ने; फकिरहरूका पछि लागेर तिनकै आचरण गर्ने।
58657 फक्कडदास वि. २. तातोछारो केही नभएको; हरिटट्टु।
58658 फक्किका ना. १. शास्त्रार्थमा कठिन ठाउँलाई सुगम तुल्याउनका निम्ति उपस्थित गरिने पूर्वपक्ष वा पूर्वाधार।
58659 फक्किका ना. २. कपटपूर्ण वा नराम्रो व्यवहार; धोका; छल।
58660 फक्कु वि. कसैको नराम्रो व्यवहारमा लागेको; धोका वा कपटमा परेर पनि नचेतेको।
58661 फक्क्याइ ना. फाँको मार्ने क्रिया।
58662 फक्क्याइनु क.क्रि. फँक्याइनु।
58663 फक्क्याउनु स.क्रि. १. फाँको मार्नु; फँक्याउनु।
58664 फक्क्याउनु स.क्रि. २. केस्रा छुट्ट्याउनु वा छोडाउनु।
58665 फक्रनु अ.क्रि. कोपिला पूर्ण रूपले विकसित हुनु; मुख खुलेर वा उघ्रेर राम्ररी फुल्नु; प्रस्फुटित हुनु।
58666 फक्रक्क क्रि.वि. मुकुलित वा कोपिलैमा रहेको वस्तु पूर्ण विकसित हुने गरी; प्रस्फुटित भएर; फक्रिएर।
58667 फक्रन्ता वि. फक्रन लागेको; फक्रिने।
58668 फक्राइ ना. फक्रने क्रिया वा प्रक्रिया।
58669 फक्राइनु क.क्रि. फक्रने पारिनु।
58670 फक्राउनु प्रे.क्रि. फक्रने पार्नु।
58671 फक्रिनु अ.क्रि. फक्रने काम हुनु; फक्रनु।
58672 फक्रास ना. डाँफेको आकारको तर लामो र तिखो चुच्चो हुने, हिमाली भेकमा पाइने एक जातको चरो।
58673 फक्लक्क क्रि.वि. कुनै वस्तु सहजै फुक्लने चालसँग; सजिलैसँग फुक्लिने गरी।
58674 फगटो ना. एक छेउतिर अग्लो र अर्को छेउतिर होचो भई समान रूपले पानी नपट्ने स्थितिमा बिचमा आँठो बाँधेर अलग्गै बनाइएको सानो गरो; फोगटो।
58675 फगत क्रि.वि. यत्ति नै; मात्र; केवल; खालि; फकत।
58676 फगल्टा क्रि.वि. १. बेकाममा; विनाकाममा; व्यर्थ; बिनसित्ति। ना.
58677 फगल्टा क्रि.वि. २. बिनसित्तिको काम; व्यर्थको काम। वि.
58678 फगल्टा क्रि.वि. ३. यता न उताको; बिनसित्तिको; फोस्रो।
58679 फगीर ना. हे. फणिर।
58680 फगेटो ना. एक जातको सानो माछोविशेष।
58681 फग्लेँटो/फग्ल्याँटो ना. १. काठ, बाँस आदिको आधा भएको वा छुट्टिएको चेप्टो भाग; खापा।
58682 फग्लेँटो/फग्ल्याँटो ना. २. दैलाको दुई पल्लामध्ये एक पल्ला; द्वारको एक भाग।
58683 फग्लेँटो/फग्ल्याँटो ना. ३. अन्न, फल आदिलाई बिचमा फुटाइएको आधा भाग।
58684 फग्लेँटो/फग्ल्याँटो ना. ४. जाँतो, घट्ट आदिको एक चक्का।
58685 फच्चिनु अ.क्रि. फच्चे हुनु; लेनदेन बाँकी नरहनु।
58686 फच्चे ना. १. लेनदेनसम्बन्धी व्यवहार मिलाउने काम; चुक्ता।
58687 फच्चे ना. २. बाजी राखेर खेल्दा हारेको धन अर्को पटक जितेर तिर्ने काम।
58688 फच्च्याइ ना. फच्चिने तथा फच्च्याउने क्रिया वा प्रक्रिया।
58689 फच्च्याइनु क.क्रि. फच्चिने पारिनु; फच्च्याउन लाइनु।
58690 फच्च्याउनु स.क्रि. लेनदेन बाँकी नराख्नु, चुक्ता गर्नु; फछ्र्याउनु।
58691 फच्च्याकफुच्चुक ना. लेनदेन सबै चुक्ता गर्ने काम; फच्चे।
58692 फच्छे ना. फच्चे; चुक्ता।
58693 फच्छ्याइ ना. फच्च्याइ।
58694 फच्छ्याइनु क.क्रि. फच्च्याइनु।
58695 फच्छ्याउनु स.क्रि. फच्च्याउनु।
58696 फजित ना. १. गर्न थालेको काम असफल भएर हुने बेचैनी; हैरानी।
58697 फजित ना. २. कुनै आपत्ति आइलाग्ने अवस्था; सङ्कट।
58698 फजित ना. ३. चारित्रिक वा क्रियात्मक गल्तीले गर्दा हुने बदनामी; अबगाल।
58699 फजिती ना. फसाद; मुस्किल।
58700 फजिर ना. बिहान।