Dictionary

All Word

58051 प्राण ना. ७. परब्रह्म।
58052 प्राण ना. ८. ज्यादै प्रिय वा आत्मीय व्यक्ति।
58053 प्राणकष्ट ना. प्राण जाने वा मर्ने बेलामा हुने कष्ट; मरणकालको यातना वा वेदना।
58054 प्राणघात ना. जीवहत्या; ज्यानहरण।
58055 प्राणघातक वि. प्राण लिने; ज्यानमारा।
58056 प्राणत्याग ना. प्राण छाड्ने काम; मर्ने क्रिया; मृत्यु।
58057 प्राणद ना. १. पानी।
58058 प्राणद ना. २. रगत रक्त; रुधिर। वि.
58059 प्राणद ना. ३. प्राण दिने; प्राण राखिदिने।
58060 प्राणदण्ड ना. ठुलठुला फौजदारी अपराधी एवं राजद्रोही, देशद्रोही अपराधीहरूलाई दिइने ज्यानको सजाय; मृत्युदण्ड; ज्यानसजाय।
58061 प्राणदाता वि. कसैको ज्यान बचाइदिने; मृत्यून्मुख स्थितिबाट जोगाइदिने; प्राण दिने; जीवनदान दिने।
58062 प्राणदान ना. मृत्युबाट बचाउने काम; ज्यान जोगाउने क्रिया; जीवनदान।
58063 प्राणधन ना. १. प्राणसमान प्रिय तथा आत्मीय रहेको वस्तु वा व्यक्ति।
58064 प्राणधन ना. २. अत्यन्त प्यारो व्यक्ति।
58065 प्राणधारण ना. १. प्राण धारण गर्ने क्रिया; जीवननिर्वाह।
58066 प्राणधारण ना. २. जीवनशक्ति।
58067 प्राणधारण ना. ३. बाँच्ने क्रिया।
58068 प्राणधारण ना. ४. सनातनी विश्वासअनुसार, मरेका व्यक्तिले ढिकुरो उठेका दिनदेखि प्रेतयोनि त्याग गरी कुनै प्राणीको अर्को जुनीमा प्रवेश गर्ने क्रिया।
58069 प्राणधारी ना. प्राणधारण गर्ने वा जरायुज, अण्डज, स्वेदज एवं उद्भिज आदि जीवधारण गर्ने प्राणी; वनस्पतिलगायत प्राणधारी कुनै पनि सृष्टि; जीव; प्राणी।
58070 प्राणनाथ ना. १. प्राणका नाथ; लोग्ने; पोइ; पति।
58071 प्राणनाथ ना. २. प्रेमी; प्रियतम।
58072 प्राणनाथ ना. ३. यमराज; धर्मराज।
58073 प्राणपखेरु ना. १. प्राणरूपी पक्षी; प्राण नै पक्षी।
58074 प्राणपखेरु ना. २. आत्मा; जीवतत्त्व।
58075 प्राणप्रण ना. ज्यान हत्केलामा राखेर काम गरिने प्रक्रिया; प्राणको बाजी; ज्यानको बाजी।
58076 प्राणप्यारी वि. १. प्राण जस्तै प्यारी; ज्यादै आत्मीया; गहिरो माया बसेकी। ना.
58077 प्राणप्यारी वि. २. स्वास्नी; पत्नी।
58078 प्राणप्यारो वि. १. प्राण जस्तै प्यारो; ज्यादै आत्मीय; ज्यादै मायालु। ना.
58079 प्राणप्यारो वि. २. प्राणधन; लोग्ने; पति।
58080 प्राणप्रतिष्ठा ना. १. कुनै नयाँ देवप्रतिमाको स्थापना गरी पूजा गर्नुभन्दा पहिले मन्त्रद्वारा त्यसमा देवताको आवाहन गर्ने क्रिया; मूर्तिमा देवतालाई आवाहन गरी विधिवत् स्थापित गर्ने काम।
58081 प्राणप्रतिष्ठा ना. २. तन्त्रमन्त्रद्वारा मृतकको देहमा भएको मानिने, प्राणको पुनःप्रवेश।
58082 प्राणप्रिय वि. १. प्राणसमान प्यारो; ज्यादै प्यारो; प्रियतम। ना.
58083 प्राणप्रिय वि. २. लोग्ने; पति; श्रीमान्।
58084 प्राणप्रिया वि. १. ज्यादै प्यारी; प्राणभन्दा पनि प्यारी; प्राणजत्तिकै प्यारी। ना.
58085 प्राणप्रिया वि. २. स्वास्नी; पत्नी।
58086 प्राणवायु ना. शरीरभित्र रहेको जीवनको आधारभूत वायु; जीवनाधार वायु।
58087 प्राणसङ्कट ना. ज्यानमाथि आइपरेको खतरा; ज्यानै जाने किसिमको डर; ठुलो सङ्कट।
58088 प्राणहारी वि. १. प्राण लिने; प्राण हरण गर्ने। ना.
58089 प्राणहारी वि. २. प्राणघातक तत्त्व; विष।
58090 प्राणाधार ना. १. प्राण अड्ने वा टिक्ने आधार; जीवनको आधार वा अवलम्ब।
58091 प्राणाधार ना. २. प्राणका आधारभूत प्रियतम; पति।
58092 प्राणान्त ना. १. प्राणको हुन लागेको अन्त्य वा नाश; मृत्यु; मरण।
58093 प्राणान्त ना. २. ठुलो सङ्कट वा कष्ट; प्राणसङ्कट। वि.
58094 प्राणान्त ना. ३. मरणान्त; मर्लान्त ।
58095 प्राणान्तक वि. १. प्राणको अन्त्य गर्ने; प्राण हरण गर्ने; ज्यान लिने। ना.
58096 प्राणान्तक वि. २. यमराज।
58097 प्राणायाम ना. श्वासप्रश्वासका गतिलाई नियमित पार्ने क्रिया; योगका आठ अङ्गहरूमध्ये एक।
58098 प्राणायामी वि. श्वासप्रश्वासलाई नियमित राख्ने; प्राणायाम गर्ने।
58099 प्राणी वि. १. प्राण भएको; प्राणयुक्त; सास भएको। ना.
58100 प्राणी वि. २. जीवजन्तु; जीवधारी शरीर।