Dictionary

All Word

57901 प्रहसन ना. ३. हास्यरस प्रधान भएको रूपकको एक भेद।
57902 प्रहसित वि. १. खुबसित हाँसेको; ज्यादै हाँसेको।
57903 प्रहसित वि. २. हाँसो गरिएको; परिहास गरिएको।
57904 प्रहसित वि. ३. ठट्टा गरिएको; दिल्लगी गरिएको; ख्याल गरिएको।
57905 प्रहार ना. १. लट्ठी, हतियार आदिको हनाइ, हिर्काइ वा ताडन; शस्त्रादिको आघात।
57906 प्रहार ना. २. मार्ने काम; हत्या; वध।
57907 प्रहारक वि. १. लट्ठी, हतियार आदिले हान्ने; प्रहार गर्ने; मार्ने (व्यक्ति)। ना.
57908 प्रहारक वि. २. त्यस्तो प्रहार गर्ने साधन (लट्ठी, हतियार आदि)।
57909 प्रहारकर्ता वि. १. प्रहार गर्ने वा मार्ने काम गर्ने। ना.
57910 प्रहारकर्ता वि. २. हानमार गर्ने व्यक्ति।
57911 प्रहारी वि. १. प्रहार गर्ने; हानमारको काम गर्ने; प्रहारक।
57912 प्रहारी वि. २. आक्रमणकारी।
57913 प्रहारी वि. ३. योद्धा; लडाकु।
57914 प्रहार्य वि. १. हतियार आदिले प्रहार गर्न योग्य; मार्न लायक।
57915 प्रहार्य वि. २. हरण गर्न योग्य; अपहरण गर्न लायक।
57916 प्रहास ना. १. खित्का छाडेर हाँसिएको हाँसो; खितखिती।
57917 प्रहास ना. २. उपहास; हेलाँ।
57918 प्रहास ना. ३. निन्दा; तिरस्कार।
57919 प्रहासक वि. ज्यादै हँसाउने; खित्का छोडीछोडी हाँस्नुपर्ने स्थिति उत्पन्न गर्ने।
57920 प्रहासी वि. १. हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने।
57921 प्रहासी वि. २. ठट्टा गर्ने; ख्याल गर्ने। ना.
57922 प्रहासी वि. ३. नाटकमा हाँसो उत्पन्न गर्ने पात्र; विदूषक।
57923 प्रहासी वि. ४. पुर्सुङे; ढँटुवारे।
57924 प्रहृत वि. १. कसैमाथि हतियार आदिले हानिएको; आहत।
57925 प्रहृत वि. २. हतियार आदि फ्याँकेर हानिएको; हतियार आदि हातबाट छोडेर हानिएको।
57926 प्रहृष्ट वि. अति प्रसन्न; ज्यादै प्रफुल्ल; प्रमुदित; रमाएको; खुसी भएको (चित्त)।
57927 प्रहेलिका ना. पहेली; अड्को।
57928 प्रह्लाद ना. १. दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो।
57929 प्रह्लाद ना. २. ठुलो आनन्द वा प्रसन्नता।
57930 प्रह्लाद ना. ३. प्रमोद; हर्ष; खुसी।
57931 प्रह्लादन ना. १. खुसी पार्ने क्रिया वा प्रक्रिया; प्रसन्न तुल्याउने क्रिया वा प्रक्रिया; हर्षोल्लास गराउने क्रिया वा प्रक्रिया। वि.
57932 प्रह्लादन ना. २. मनलाई प्रफुल्लित गराउने; खुसी दिलाउने; आनन्दित पार्ने; हर्षित गराउने।
57933 प्रह्लादित वि. प्रसन्न तुल्याइएको; खुसी गराइएको; हर्षित तुल्याइएको; आनन्दित गराइएको।
57934 प्राइभेट वि. सरकारी विभाग वा कुनै समूह अथवा संस्थासँग सम्बन्धित नरहेको; निजी; व्यक्तिगत; भित्रिया।
57935 प्राइभेट कम्पनी ना. कुनै सरकारी वा अर्धसरकारी सङ्घ एवं संस्थासँग सम्बन्ध नरहेको निजी वा व्यक्तिगत उद्यम; स्वकीय कारोबारसम्बन्धी स्थापना।
57936 प्राइभेट फर्म ना. सरकार वा कुनै सङ्घ-संस्थासँग सम्बन्धित नभई व्यक्ति वा व्यक्ति-समूहसँग सम्बन्ध रहेको उद्योगशाला; निजी उद्योगशाला।
57937 प्राइभेट सेक्रेटरी ना. निजी सचिव; पी. ए.।
57938 प्राइममिनिस्टर ना. मन्त्रिमण्डल वा मन्त्रिपरिषद्को प्रमुख; प्रधानमन्त्री।
57939 प्राइम मिनिस्टरी ना. प्रधानमन्त्रित्व।
57940 प्राइमर ना. १. कुनै पाठ्यवस्तु वा विषयको प्रारम्भ गर्नका लागि लेखिएको पुस्तक।
57941 प्राइमर ना. २. प्राथमिक तहको पाठ्यपुस्तक।
57942 प्राइमरी वि. १. प्रारम्भिक; प्राथमिक; सुरुको। ना.
57943 प्राइमरी वि. २. प्राथमिक पाठशाला।
57944 प्राइमरी स्कुल ना. प्राथमिक पाठशाला; प्राथमिक विद्यालय।
57945 प्राक् वि. १. सबैभन्दा पहिलेको; सबैभन्दा अगाडिको (पूर्वपदका रूपमा समासमा मात्र प्रयोग हुने शब्द, जस्तै- प्राक्कथन, प्राक्कल्पना, प्राङ्मुख, प्रागैतिहासिक इ.)।
57946 प्राक् वि. २. अगिल्तिरको; सामुन्नेको।
57947 प्राक् वि. ३. पूर्वको; पूर्वीय।
57948 प्राकार ना. १. सहर वा किल्ला आदिको सुरक्षाका चारैतिर लगाइएको अग्लो पर्खाल; प्राचीर।
57949 प्राकृत वि. १. प्रकृतिसम्बन्धी; प्रकृतिको; प्राकृतिक।
57950 प्राकृत वि. २. संस्कार नगरिएको वा नभएको; असंस्कृत; कोरा।