Dictionary

All Word

56701 प्रतिवस्तु ना. १. शरीरबाट पैदा हुने र शरीरमा प्रवेश गरेको जैविक तथा रासायनिक वस्तुलाई निष्क्रिय पार्ने वस्तु।
56702 प्रतिवस्तु ना. २. कुनै वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को वस्तु; उपमान।
56703 प्रतिवस्तु ना. ३. एउटा वस्तुका बदलामा दिइने अर्को वस्तु।
56704 प्रतिवस्तूपमा ना. दुई पृथक्-पृथक् वाक्यमा भिन्न शब्दद्वारा उपमान र उपमेयको एउटै समान वा साधारण धर्म देखाउँदा हुने एक अर्थालङ्कार।
56705 प्रतिवहन ना. १. विपरीत दिशाबाट बग्ने काम।
56706 प्रतिवहन ना. २. रगत, पानी आदिको असामान्य दिशातर्फको बगाइ।
56707 प्रतिवाद ना. १. कसैको मत, विचार, कथन आदिलाई झुटो वा तथ्यहीन सिद्ध गर्न दिइएको जवाफ।
56708 प्रतिवाद ना. २. मुद्दामामिलामा वादीले भनेका कुरा वा लगाएको अभियोगलाई खण्डन गर्न दिइएको जवाफ।
56709 प्रतिवाद ना. ३. कुनै गलत वा चित्त नबुझ्ने कुराको विरोध; खण्डन।
56710 प्रतिवाद ना. ४. प्रतिवादीले दिएको नालिस वा नालिसको लिखत।
56711 प्रतिवादिता ना. प्रतिवाद-धर्म; प्रतिवाद गर्ने गुण वा कार्य।
56712 प्रतिवादी ना. १. झुटो वा चित्त नबुझ्दो कुराको जवाफ दिने व्यक्ति; अर्काले भनेका कुराको खण्डन गर्ने व्यक्ति।
56713 प्रतिवादी ना. २. मुद्दामामिलामा वादीका कुराको विरोधमा उत्तर दिने व्यक्ति; वादीको झगडिया।
56714 प्रतिवादी ना. ३. वादीले भनेका कुरा वा लगाएको आरोपको उत्तर लेखिएको पत्र; प्रत्युत्तरपत्र।
56715 प्रतिवादी खमाइ/पेसाइ ना. प्रतिवादीद्वारा अदालतमा वादीका फिरादका विपक्षमा प्रतिउत्तरपत्रको प्रस्तुति वा पेसाइ।
56716 प्रतिविम्ब ना. हे. प्रतिबिम्ब।
56717 प्रतिविष ना. विषले पार्ने असरभन्दा उल्टा असर पारेर विषको विरुद्ध काम गर्ने विष वा विषनिर्मित औषधी (एन्टिभेनम-भ्याक्सिन)।
56718 प्रतिवेदक वि. १. प्रतिवेदन पेस गर्ने। ना.
56719 प्रतिवेदक वि. २. प्रतिवेदन पेस गर्ने व्यक्ति।
56720 प्रतिवेदन ना. १. कुनै घटना, कार्य, योजना आदिका सम्बन्धमा छानबिन, पुछताछ आदि कार्य गरिसकेपछि सम्बन्धित अधिकारी वा सभा आदिका अगाडि प्रस्तुत गर्न तयार पारिएको विवरण।
56721 प्रतिवेदन ना. २. कुनै घटना वा कामका बारेमा कसैलाई दिइने कार्यविवरण; कुनै घटना वा कामका विषयमा तालुकवालाकहाँ जाहेर गर्ने जाहेरी; टिपोट।
56722 प्रतिवेश ना. आसपासको ठाउँ वा बस्ती; छिमेक।
56723 प्रतिवेशी वि. / ना. छिमेकी।
56724 प्रतिव्यक्ति क्रि.वि. १. प्रत्येक व्यक्तिमा; व्यक्तिपिच्छे। वि.
56725 प्रतिव्यक्ति क्रि.वि. २. प्रत्येक व्यक्तिमा लाग्ने।
56726 प्रतिव्यक्ति कर ना. कुनै कारणवश तोकिएको समयसम्म हरेक व्यक्तिमा लाग्ने कर।
56727 प्रतिशत क्रि.वि. १. हरेक सयको सङ्ख्यामा; प्रत्येक सयमा; सयकडा; सयका सङ्ख्यैपिच्छे। ना.
56728 प्रतिशत क्रि.वि. २. प्रत्येक सयको खास अंश।
56729 प्रतिशब्द ना. १. प्रतिध्वनि।
56730 प्रतिशब्द ना. २. समान अर्थ बुझाउने अर्को शब्द; पर्याय। क्रि.वि.
56731 प्रतिशब्द ना. ३. प्रत्येक शब्दमा; शब्दैपिच्छे।
56732 प्रतिशाप ना. कसैले दिएको शापको बदलामा दिइने शाप; सराप्नेलाई दिइने सराप।
56733 प्रतिशुल्क ना. १. आयात गरिएको वस्तु स्वदेशमा उत्पादित वस्तुभन्दा सस्तो नहोस् भन्ने उद्देश्यले लगाइने शुल्क।
56734 प्रतिशुल्क ना. २. विदेशद्वारा पहिले नै लगाइएको कुनै शुल्कको अनिष्टकारी प्रभाव व्यर्थ पार्न लगाइने कर।
56735 प्रतिशोध ना. कसैले गरेको कुनै अपकार वा हानिनोक्सानीमा बदला लिनाका निम्ति गरिने काम; साटो फेर्ने काम; प्रतिकार; प्रतिहिंसा; बदला; साटोफेराइ।
56736 प्रतिश्रवण ना. १. राम्ररी सुन्ने क्रियाप्रक्रिया; सुनाइ।
56737 प्रतिश्रवण ना. २. प्रतिज्ञा; अठोट; वाचाबन्धन।
56738 प्रतिश्रुत वि. १. राम्ररी सुनिएको।
56739 प्रतिश्रुत वि. २. प्रतिज्ञा गरिएको; वचन दिइएको।
56740 प्रतिश्रुति ना. १. प्रतिवचन।
56741 प्रतिश्रुति ना. २. प्रतिध्वनि।
56742 प्रतिश्रुति ना. ३. निश्चितता; ठोकुवा।
56743 प्रतिषेध ना. १. कुनै अड्डाअदालतबाट वा कुनै संस्था, व्यक्ति आदिबाट हुन लागेको कुनै कामकारबाई अधिकारभन्दा बाहिरको भएमा सो कामकारबाई रोक्न त्यस्ता अड्डाअदालत, संस्था वा व्यक्तिलाई सर्वोच्च अदालतले दिने आदेश।
56744 प्रतिषेध ना. २. कुनै कुरामा रोक लगाउने काम; निषेध; मनाही।
56745 प्रतिषेध ना. ३. कुनै कुरालाई हटाउने काम; निवारण।
56746 प्रतिषेधक वि. प्रतिषेध गर्ने (लिखत, व्यक्ति वा अड्डा)।
56747 प्रतिषेध लेख ना. कुनै मुद्दामामिलाका सिलसिलामा भइरहेको बहसको सुनुवाइ बन्द गर्न सर्वोच्च अदालतद्वारा उसका मातहतका अदालतलाई दिइने लिखित आदेश।
56748 प्रतिषेध समावेश ना. कुनै मुद्दाका सिलसिलामा भइरहेको बहस वा पुर्पक्ष बन्द गर्न माथिल्लो अदालतबाट तल्लो अदालतका न्यायाधीश वा मुद्दाका पक्ष वा विपक्षका नाउँमा जारी गरिने आदेश।
56749 प्रतिषेधाधिकार ना. १. कुनै पनि देशका राष्ट्राध्यक्षको, विधायिकाद्वारा पारित वा स्वीकृत कुनै विधेयक वा प्रस्तावलाई अमान्य ठहऱ्याउन सक्ने अधिकार।
56750 प्रतिषेधाधिकार ना. २. सुरक्षापरिषद्द्वारा पारित वा स्वीकृत कुनै प्रस्तावलाई कार्यान्वित हुनबाट रोक्न सक्ने, विश्वका पाँच राष्ट्र- अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनको विशेषाधिकार; निषेधाधिकार; भिटो।