Dictionary

All Word

56451 प्रति ना. यो. ३. बारे; विषयमा; सम्बन्धमा; निमित्त। ना.
56452 प्रति ना. यो. ४. कुनै पुस्तक, पत्रपत्रिका आदिको सङ्ख्या; कुनै जिन्सीको एकाइ; गोटा; थान; अदत। उप.
56453 प्रति ना. यो. ५. शब्द वा धातुको अगिल्तिर जोडिएर केही नयाँ अर्थ बुझाउने उपसर्ग (जस्तै- प्रतिनिधि, प्रतिष्ठान, प्रतिक्रिया इ.)।
56454 प्रति उत्तर ना. १. वादीले दिएको उजुरीमा प्रतिवादीले दिने उत्तरको बेहोरा लेखिएको कागत; प्रतिवादीपत्र।
56455 प्रति उत्तर ना. २. आफ्नो नाउँमा परेको फिरादपत्रबमोजिमको दावी कसुरबाट फुर्सद पाउनका निम्ति अदालतमा दिइने जवाफी कागज।
56456 प्रति कथन ना. कसैको भनाइउपरको जवाफी भनाइ; कसैले कुनै कुरा भनेकोमा जवाफमा भनिने कुरा।
56457 प्रतिकर्ता ना. १. बदला लिने व्यक्ति; साटो फेर्ने व्यक्ति। वि.
56458 प्रतिकर्ता ना. २. साटो फेर्ने; बदला लिने।
56459 प्रतिकार ना. १. अरूले गरेको अपकारका बदलामा गरिने अपकार; कसैले गरेको हानि, नोक्सानी वा अहितका बदलामा गरिने कार्य; साटो फेर्ने काम; बदला लिने काम।
56460 प्रतिकार ना. २. कसैको जग्गाजमिन, सम्पत्ति आदिमा कब्जा गरेपछि बदलामा क्षतिपूर्तिका निम्ति दिइने रकम।
56461 प्रतिकारात्मक वि. १. प्रतिकारका लागि गरिने।
56462 प्रतिकारात्मक वि. २. रोगको प्रभावलाई कम गर्ने वा रोगको रोकथाम गर्ने (औषधी)।
56463 प्रतिकारात्मक वि. ३. त्यस्तो रोकथामका लागि उपायसाथ गरिने (सेवा)।
56464 प्रतिकारात्मक वि. ४. कुनै अपकारको बदलास्वरूप साटो फेर्न उठाइने (कदम, पाइलो आदि)।
56465 प्रतिकार्य वि. १. साटो फेर्नुमाफिकको। २ तिर्नुमाफिकको। ना.
56466 प्रतिकार्य वि. ३. ॠण; कर्जा।
56467 प्रतिकार्य वि. ४. दुर्व्यवहार।
56468 प्रतिकूल वि. १. आफूले सोचेको वा चाहेको भन्दा उल्टो; अनुकूल नभएको; नमिल्दो; अहित गर्ने; विपरीत; विरुद्ध।
56469 प्रतिकूल वि. २. आफ्नो पक्षमा नभएको; प्रतिपक्षी; विरोधी।
56470 प्रतिकूल वि. ३. कुनै कुराको पनि उल्टो; बिब्ल्याँटो; बिपिउँ।
56471 प्रतिकूलता ना. प्रतिकूल हुनाको भाव वा अवस्था; प्रतिकूल वा विरुद्ध हुने स्थिति; अभेक।
56472 प्रतिकूलत्व ना. प्रतिकूलता।
56473 प्रतिकृति ना. १. कसैको स्वरूप जस्तो छ त्यस्तै पारी बनाइएको प्रतिमा; कसैको अनुहारको वा आकृतिको अनुकरण गरेर बनाइएको मूर्ति; प्रतिमूर्ति।
56474 प्रतिकृति ना. २. प्रतिबिम्ब।
56475 प्रतिकृति ना. ३. प्रतिकार; प्रतिकार्य।
56476 प्रतिक्रान्ति ना. कुनै क्रान्तिको विरोधमा गरिने क्रान्तिको उल्टो क्रान्ति; प्रतिक्रियावादीहरूद्वारा शासनसत्ता हत्याउन गरिने क्रान्ति।
56477 प्रतिक्रान्तिकारी वि. प्रतिक्रान्ति गर्ने वा प्रतिक्रान्तिमा लाग्ने; प्रतिक्रान्तिको सहभागी।
56478 प्रतिक्रान्तिवाद ना. प्रतिक्रान्तिको समर्थक सिद्धान्त।
56479 प्रतिक्रान्तिवादी वि. प्रतिक्रान्तिवादको अनुयायी।
56480 प्रतिक्रिया ना. १. कुनै घटना वा क्रिया हुँदा त्यसको फलस्वरूप हुने क्रिया वा भावना।
56481 प्रतिक्रिया ना. २. कुनै घटना वा कार्य हुँदा हुने मनको स्थिति वा मनमा पर्ने प्रभाव।
56482 प्रतिक्रिया ना. ३. प्रतिकूल स्थितिमा वा विपरीत अवस्थामा हुने कार्य; विरोध।
56483 प्रतिक्रिया ना. ४. मनको विरोधी स्थिति।
56484 प्रतिक्रिया ना. ५. परिणाम।
56485 प्रतिक्रिया ना. ६. द्वन्द्वात्मक-भौतिकवादी दर्शनका अनुसार विवाद उत्पन्न भइसकेपछि वादका तर्फबाट र संवाद उत्पन्न भइसकेपछि विवादका तर्फबाट हुन जाने भौतिक, सामाजिक वा आर्थिक प्रक्रिया।
56486 प्रतिक्रियात्मक वि. १. प्रतिक्रियाका रूपमा भएको वा गरिएको; प्रतिक्रियाको फलस्वरूप भएको वा गरिएको; प्रतिक्रियाबाट पैदा भएको।
56487 प्रतिक्रियात्मक वि. २. कसैका सहायताको प्रतिक्रियास्वरूप गरिने (सहयोग)।
56488 प्रतिक्रियावाद ना. उन्नति, सुधार आदिका विरुद्ध वा विपरीत आचरण गर्ने सिद्धान्त; नयाँ परिवर्तन, वैज्ञानिक तथा प्रगतिशील विचारधारा आदिको विरोध र शोषणजन्य सामाजिक व्यवस्थाको समर्थन गर्ने, प्रगतिवादको विरोधी सिद्धान्त।
56489 प्रतिक्रियावादी वि. प्रतिक्रियावादमा विश्वास गर्ने; प्रतिक्रियावादको समर्थक वा अनुयायी।
56490 प्रतिक्षण क्रि.वि. एकएक क्षणमा; हरेक क्षणमा; छिनछिनमा; हमेसा; निरन्तर।
56491 प्रतिक्षेपक ना. चलचित्र आदि छायाङ्कन गर्दा दृश्य वा पात्रविशेषमा प्रकाश दिने उपकरण (रिफ्लेक्टर)।
56492 प्रतिगमन ना. पछिल्तिर फर्कने काम; फर्काइ; फिर्तो; प्रत्यागमन।
56493 प्रतिगर्जन/प्रतिगर्जना ना. आफ्ना विरुद्ध गर्जनेलाई प्रत्युत्तरका रूपमा सुनाइने गर्जाइ।
56494 प्रतिगामी वि. १. उल्टो दिशातिर हिँड्ने; अगाडि बढ्नाको साटो पछाडि सर्ने; विपरीत दिशातिर जाने।
56495 प्रतिगामी वि. २. उन्नति, प्रगति, नयाँ परिवर्तन, सुधार आदिको विरोध गर्ने; प्रतिक्रियावादी।
56496 प्रतिगामी तत्त्व ना. प्रतिक्रियावादी तत्त्व।
56497 प्रतिग्रह/प्रतिग्रहण ना. १. कसैद्वारा धर्मार्थ दिइएको वस्तु; दानस्वरूप दिइएको वस्तु।
56498 प्रतिग्रह/प्रतिग्रहण ना. २. अर्काले दिएको वस्तु ग्रहण गर्ने काम; दान लिने काम।
56499 प्रतिग्रह/प्रतिग्रहण ना. ३. दान।
56500 प्रतिग्रही/ प्रतिग्राहक/प्रतिग्राही वि. / ना. प्रतिग्रहण गर्ने व्यक्ति।