Dictionary

All Word

55751 पोथरो ना. १. मान्छे चढ्दा थाम्न नसक्ने अवस्थाको सल्लो आदि रुखको सानो बोट वा लङ्गुरो।
55752 पोथरो ना. २. पोथ्रो।
55753 पोथी१ ना. पुस्तक; किताब।
55754 पोथी२ ना. १. पशु वा पक्षीका स्त्रीजाति; स्त्री पशु-पक्षी।
55755 पोथी२ ना. २. स्त्री-जाति। वि.
55756 पोथी२ ना. ३. माता हुने जातकी।
55757 पोथी२ ना. ४. फल लाग्ने जातको (काफल, ओखर, मेवा आदि)।
55758 पोथी चाँप ना. ठुलो रुख, लाम्चा पात हुने र गेडा फल्ने चाँपको एक जात; एक प्रकारको चाँप।
55759 पोथी दमाहा ना. बजाउँदा केही सानो आवाज निस्कने एक किसिमको दमाहा; सानो नगरा।
55760 पोथी बाँस ना. गोलाइको फेरो मोटो हुने तर भित्रको प्वालदेखि बाहिरको मोटाइ बाक्लो हुने, वंशलोचन रहने, हरियोमा पाटेपाटे खैरोपन मिसिएका पात हुने एक जातको बाँस; बाँसको एक भेद।
55761 पोथी माछो ना. कत्ले माछो; पोठी।
55762 पोथी मादल ना. बजाउँदा तिखो स्वर निस्कने सानो छरितो मादल; पश्चिमे मादल।
55763 पोथी बास्नु टु. स्त्रीको हैकम चल्नु।
55764 पोथ्रा ना. १. सन्तान।
55765 पोथ्रा ना. २. सानो रुख; पोथ्रो।
55766 पोथ्रापोथ्री ना. १. साना-ठुला धेरै पोथ्राको समूह; बुट्यान।
55767 पोथ्रापोथ्री ना. २. केटाकेटी।
55768 पोथ्रो ना. सानो, मान्छे चढ्दा थाम्न नसक्नेजस्तो रुखको लिङ्गुरो; सानो रुख।
55769 पोन ना. हिमाल र भोटमा बौद्ध धर्मले प्रवेश गर्नुभन्दा पूर्व तन्त्र-मन्त्र, झारफुक आदिमा आश्रित एक आदिम धर्म; बोन।
55770 पोप ना. इसाई धर्मका प्रधान गुरु; क्रिस्चियन धर्मका मुख्य आचार्य।
55771 पोपतिया ना. हिउँ पग्लेका मौसममा भोट र नेपालका बिच आवागमन गर्ने एक बाटो; अरुण-प्रवेश मार्ग।
55772 पोयेभाउ ना. गोठालाहरूले वा घाँस, दाउरा काट्न जाने ठिटाहरूले सवालजबाफका रूपमा गर्ने अश्लील ठट्टा। (उदा.- वारको ढुङ्गो पारि पुऱ्याई, तेरो बाबुलाई जोगी तुल्याई)।
55773 पोयो ना. हे. पयो।
55774 पोरो ना. १. चारपाटा परेको, मथ्ने, मधानीको तल्लो भाग।
55775 पोरो ना. २. नाकका दायाँ-बायाँका प्वाल; नाकका दुई प्वाल; फोरो।
55776 पोर्तगाल ना. युरोपमा रहेको एक देश।
55777 पोर्तगाली वि. १. पोर्तगालसम्बन्धी; पोर्तगालको। ना.
55778 पोर्तगाली वि. २. पोर्तगालको जाति वा भाषा।
55779 पोर्सो ना. मल; पुर्सी; गोबर।
55780 पोल्नु स.क्रि. १. कुनै व्यक्ति वा वस्तुलाई आगो, घाम आदिले जलाउनु; डढाउनु।
55781 पोल्नु स.क्रि. २. आगोमा हालेर पकाउनु।
55782 पोल्नु स.क्रि. ३. अर्काको गोप्य कुरा खोल्नु।
55783 पोल्नु स.क्रि. ४. कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदारहरूलाई वा बेकसुरका मान्छेहरूलाई समेत अपराधी देखाउनु; अपराधमा मुछ्नु।
55784 पोल्नु स.क्रि. ५. अरूको चुक्ली लगाउनु। अ.क्रि.
55785 पोल्नु स.क्रि. ६. पिरो वा त्यस्तै ज्वलनशील पदार्थ परी शरीरको कुनै भागमा पीडा उत्पन्न हुनु; भबाउनु; टट्टाउनु।
55786 पोल्नु स.क्रि. ७. ज्वरो आदिले शरीरमा ताप अनुभव हुनु।
55787 पोल्नु स.क्रि. ८. मनमा चिन्ता पर्नु।
55788 पोल१ ना. टेलिफोन, बिजुली आदिको तार राख्नका लागि गाडिएको खम्बा।
55789 पोल२ ना. धार्नीका नापको सबैभन्दा तलको तौल; एक धार्नीको चौसट्ठी भाग लगाउँदा हुने एक भाग बराबरको परिमाण।
55790 पोल३ ना. १. कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदार वा बेकसुर व्यक्तिलाई देखाउने काम।
55791 पोल३ ना. २. अर्काको भित्री कुरा खोल्ने काम।
55792 पोल३ ना. ३. चुक्ली लाउने काम; चुक्ली।
55793 पोलपाल ना. १. कुनै वस्तुलाई आगोमा पोल्ने काम; डढाउने काम।
55794 पोलपाल ना. २. अर्काको पोल लगाउने काम।
55795 पोला१ ना. ओखरको भित्रपट्टिको भाग; ओखरको गुदी।
55796 पोला२ ना. १. माहुरी, अरिँगाल आदिको बथान।
55797 पोला२ ना. २. माहुरी आदिको गोलो वा गुँड।
55798 पोलाइ ना. पोल्ने भाव वा क्रियाप्रक्रिया।
55799 पोलाइनु क.क्रि. पोलिने तुल्याइनु।
55800 पोलाउनु प्रे.क्रि. पोल्न लाउनु।