Dictionary

All Word

55601 पैले क्रि.वि. पहिले; अघि।
55602 पैलो वि. पहिलो; प्रथम।
55603 पैशाच वि. पिशाचसम्बन्धी; पिशाचजस्तो।
55604 पैशाच विवाह ना. निद्रामा परेकी वा होस नभएकी कन्याको अपहरण गरी वा त्यस्तीका साथ सम्भोग गरी गरिने विवाह; सनातनी विधिअनुसार आठ प्रकारका विवाहमध्ये एक प्रकारको विवाह।
55605 पैशाचिक वि. १. पिशाचको; पिशाचसम्बन्धी।
55606 पैशाचिक वि. २. दानवीय; क्रूरतापूर्ण।
55607 पैशाची ना. १. प्राकृत भाषाको एक भेद; एक प्रकारको प्राकृत।
55608 पैशाची ना. २. पिशाच महिला।
55609 पैसा ना. १. मूल्यमानमा रुपियाँका सय खण्डको एक खण्ड मूल्यको तामा, पित्तल, आलमोनियम आदि धातुको सिक्का।
55610 पैसा ना. २. नगद धन; सम्पत्ति।
55611 पैसावाल वि. धेरै धन भएको; प्रशस्त पैसा भएको; धनी।
55612 पैसे वि. १. पैसा पर्ने; एक पैसाको। प्रत्य.
55613 पैसे वि. २. सङ्ख्यावाची शब्दको अन्त्यमा जोरिएर पैसा बराबरको भन्ने अर्थ जाहेर गर्ने प्रत्ययधर्मी शब्द (जस्तो- एकपैसे, दुईपैसे, तीनपैसे आदि)।
55614 पैह्रनु स.क्रि. हे. पहिरनु।
55615 पैह्राइ ना. पैह्रने क्रिया वा प्रक्रिया।
55616 पैह्राइनु क.क्रि. पैह्रन लाइनु।
55617 पैह्राउनु स.क्रि. पैराइदिनु।
55618 पैह्राउनु प्रे.क्रि. पैह्रन लाउनु।
55619 पैह्रो ना. पहिरो; पैरो।
55620 पो निपा. कुनै शब्द वा वाक्यमा जोड दिँदा, निश्चयात्मक रूपले भन्दा वा ठम्याउँदा वाक्यका बिचमा वा अन्त्यमा आउने शब्द। (उदा.- को रहेछ भनेको त तिमी पो रहेछौ। डाक्न त डाकुँला, तर उनी आए पो)।
55621 पोइ ना. पति; लोग्ने।
55622 पोइल ना. १. आफ्ना संरक्षकहरूद्वारा विधिपूर्वक कुनै वरसँग विवाह गर्नुभन्दा पहिले र विधिपूर्वक विवाहपछि पनि विवाहित पतिलाई छोडी आफूखुसी अर्कै लोग्नेमान्छेकी स्वास्नी बन्ने कार्य; आफ्नो पोइ आफैँले खोजेर जाने काम।
55623 पोइल ना. २. आफूखुसी खोजेर गएको पोइको घर।
55624 पोइल ना. ३. पतिगृह।
55625 पोइले वि. बिहे नगरी ल्याइएकी; ल्याइते।
55626 पोका ना. हे. पोको।
55627 पोकापोकी ना. साना-ठुला धेरै पोका; साना-ठुला धेरै पोकाहरूको समूह।
55628 पोके वि. १. पोको बोक्ने।
55629 पोके वि. २. पोकाको; पोकोसम्बन्धी।
55630 पोके वि. ३. शरीरमा पोकोजस्तो देखिने फुकुन्डो भएको; पोको निस्केको; फोके।
55631 पोके कोसेली ना. पोको पारेर ल्याएको कोसेली; साधारण कोसेली।
55632 पोके रोग ना. १. मकै आदिमा लाग्ने रोग; कालीपोके।
55633 पोके रोग ना. २. गाँड।
55634 पोके रोग ना. ३. ट्युमर।
55635 पोके वैद्य ना. साथमा जडीबुटीबाट बनेका औषधीहरूको पोको वा पुडिया बोकेर आफूलाई डाक्ने रोगीका घरमा गई औषधी दिने वैद्य; केही तल्लो तहको वैद्य।
55636 पोके फाइल ना. लिखतहरूको पोको।
55637 पोको ना. कुनै वस्तुहरू भित्रपट्टि हाली झुन्ड्याउन हुने पारी कागत वा कपडा बेरेर बनाइएको सानो कुम्लो; सानो गठरी।
55638 पोको पन्तरो ना. सानाठुला पोकाहरूको समूह; सानाठुला धेरै पोका।
55639 पोको पुन्तरो ना. पोकोपन्तरो।
55640 पोक्किनु अ.क्रि. १. गाला फुलाउनु।
55641 पोक्किनु अ.क्रि. २. घमन्डले फुल्नु।
55642 पोक्ती ना. एक प्रकारको बिर्कोवाल ढक्की; पौँती।
55643 पोख्नु स.क्रि. पानी, अनाज आदि तरल वा चूर्ण वस्तु भुईंमा झर्ने गरी खन्याउनु; छर्नु; पसारो पार्नु; छिरलो पार्नु।
55644 पोख ना. १. पोख्ने काम; ओइराइ। [पोचो] वि.
55645 पोख ना. २. रद्दी। ना.
55646 पोख ना. ३. नुनिलो माटो भएकोले बोटबिरुवाहरू नउम्रने जमिन; ऊषर जमिन।
55647 पोख ढोल ना. १. पोख्ने र ढोल्ने काम। वि.
55648 पोख ढोल ना. २. पोखिएको; ढोलिएको।
55649 पोखनढोलन ना. पोखिएको वस्तु।
55650 पोखर ना. १. पोखरी (समासको पूर्वपदका रूपमा प्रयुक्त, जस्तै- पोखरमूल, पोखरपाने आदि)।