Dictionary

All Word

55501 पेसावाल वि. पेसेवर; पेसेवार।
55502 पेसिनु क.क्रि. १. पेस गरिनु। अ.क्रि.
55503 पेसिनु क.क्रि. २. पेस हुनु।
55504 पेसी ना. १. निर्णयका लागि अदालतसम्मुख मुद्दामामिला आदि प्रस्तुत गर्ने काम; अदालतमा सुनुवाइका लागि दिएको तारिखअनुसार मुद्दा छिन्न न्यायाधीशसमक्ष पेस गर्न लैजाने कार्य।
55505 पेसी ना. २. कुनै कार्यालयका उच्चाधिकारी कुनै सेनाका अध्यक्ष वा सभामुख आदिका समक्ष कुनै समस्या वा प्रस्ताव लिखित रूपमा पेस गर्ने काम; प्रस्तुतीकरण; अभिमुखीकरण; सम्मुखीकरण।
55506 पेसुवा वि. १. पेस गरिएको।
55507 पेसुवा वि. २. जबर्जस्तीसँग जिउमा लगाइएको; भिडाइएको।
55508 पेसुवा वि. ३. बलजफतीसँग समावेश; प्रवेश वा सम्मिलित गरे-गराइएको।
55509 पेसेवर/पेसेवार वि. कुनै पेसामा लागेको; कुनै कामलाई पक्षका रूपमा अँगाल्ने; कुनै व्यवसायमा संलग्न; व्यावसायिक।
55510 पेस्की ना. १. कसैलाई कुनै काम गर्न लगाउँदा वा कुनै वस्तु किन्न निश्चय गर्दा अग्रिम रूपमा दिइने पारिश्रमिक वा मूल्यको केही अंश; अग्रिम भुक्तानी; अग्रिम रकम; बैना।
55511 पेस्की ना. २. नियमित कर्मचारीका रूपमा वा अन्य प्रकारले काम गर्ने व्यक्तिलाई निर्धारित समयभन्दा पहिले वा काम सकिनुभन्दा पहिले उसले पछि पाउने तलब वा पारिश्रमिकको अङ्कबाट कट्टा गर्ने सर्तमा दिइने अग्रिम रकम।
55512 पेस्की ना. ३. बसेको वा भएको ठाउँभन्दा अन्यत्र भ्रमणमा जाँदा प्रस्थान गर्नुभन्दा पहिले पठाइने मालसामान, कर्मचारी आदि।
55513 पेस्की खर्च ना. पछि काम परेका बेलामा खर्च गर्नका निम्ति पहिले नै छुट्ट्याइएको वा दिइएको खर्च; पेस्कीका रूपमा स्वीकृत गरिएको खर्च।
55514 पेस्केल ना. सरकारी वा गैरसरकारी सेवामा संलग्न कर्मचारीहरूले निर्धारित रूपमा पाउने तलबको परिमाण; कर्मचारीले तलबका रूपमा पाउने रकमको परिमाण; वेतनक्रम।
55515 पेस्ट ना. सानो ट्युबमा राखिएको, दाँत माझ्ने वा अन्य वस्तु सफा गर्ने गिलो वस्तु।
55516 पेस्ता ना. हरियो रङको साना दाना हुने खाने मसला।
55517 पैँच ना. फित्ता, बाकल आदिको सुइरो छिराउन छालामा प्वाल पार्ने, फुली भएको वा नभएको एक हतियार।
55518 पैँचो ना. दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छरछिमेकीबाट कुनै वस्तु, धन, माल, श्रम आदि लिने काम; पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम; ऐँचोपैँचो; सापटी।
55519 पैँडा ना. बाटो; पथ।
55520 पैँता ना. तामाको अन्दाजी तीन फिटजति लामो बाजा।
55521 पैँतालिस ना. १. चालिस र पाँचको जोडबाट बनेको सङ्ख्या; ४५-को अङ्क। वि.
55522 पैँतालिस ना. २. चालिस र पाँचको जोड बराबरको।
55523 पैँतालिसौँ वि. पैँतालिसका सङ्ख्याको क्रम बुझाउने; क्रमअनुसार पैँतालिस सङ्ख्याको।
55524 पैँतालीस ना. हे. पैँतालिस।
55525 पैँतालीसौँ वि. हे. पैँतालिसौं।
55526 पैँतिस ना. १. तिस र पाँचको योगबाट बन्ने सङ्ख्या। वि.
55527 पैँतिस ना. २. सो सङ्ख्या बराबरको।
55528 पैँतिसौँ पैँतिसका सङ्ख्याको क्रम बुझाउने; क्रमअनुसार पैँतिस सङ्ख्याको।
55529 पैँतीस ना. हे. पैँतिस।
55530 पैँतीसौँ वि. हे. पैँतिसौं।
55531 पैँलेटी ना. झन्डै नीलकाँडाका जत्रै तर काँडाविहीन बोटमा काँडाका जत्रै निला दाना फल्ने एक पोथ्रो।
55532 पैँसट्ठिऔँ/पैसट्ठियौँ वि. पैँसट्ठी सङ्ख्याको; पैँसट्ठी सङ्ख्यामा पर्ने।
55533 पैँसट्ठी ना. १. साठी र पाँचबाट बन्ने सङ्ख्या; ६५- को सङ्ख्या। वि.
55534 पैँसट्ठी ना. २. उक्त सङ्ख्या बराबरको।
55535 पैँसट्ठीऔँ / पैसट्ठीयौँ वि. हे. पैँसट्ठिऔँ पर्ने।
55536 पैका ना. युद्धमा ठुलो पराक्रम देखाउने व्यक्ति; महान् योद्धा; पैकालो।
55537 पैकार ना. १. नाफा कमाउने उद्देश्यले सानोतिनो व्यापारमा धन लगाउने काम; सानोतिनो खेलो गर्ने काम; सानोतिनो व्यापार; गाउँघर वा उत्पादनस्थलमै पुगी व्यापारको माल किनेर सहरबजारमा लगी नाफा गर्ने खुजुरा व्यापार; बनियाँगिरी; खेपुवा व्यापार।
55538 पैकार ना. २. अन्न वा रुपियाँ-पैसा सापटी लगेर जाँड-रक्सी व्यापार गरी नाफा कमाउने र साउँ तिर्ने काम।
55539 पैकारी वि. सानोतिनो व्यापारी; सानोतिनो खेलो गर्ने; पैकार गर्ने।
55540 पैकालो/पैकेलो ना. पराक्रमी व्यक्ति; शूर।
55541 पैचान ना. चिनारी; ठम्याइ।
55542 पैजनी ना. स्त्रीजातिले पाउमा लगाउने सुन, चाँदी आदिको गहना; आइमाईले गोडामा लगाउने एक प्रकारको सिक्री; नूपुर; पैरा; पाउजेब।
55543 पैटिनु अ.क्रि. १. थन्क्याइराखेको भकारी, कुन्यू, भाँडा आदिबाट धान, मकै वा अचार आदि वस्तु पहिलो पटक झिकिनु; नचलाई राखेको ठाउँबाट पैसा आदि पहिलो पटक खर्च गर्न निकालिनु वा खर्च गर्न सुरु हुनु। क.क्रि.
55544 पैटिनु अ.क्रि. २. थालिनु।
55545 पैट्याइ ना. पैटिने क्रिया वा प्रक्रिया।
55546 पैट्याइनु क.क्रि. पैट्याउने काम गरिनु; सुरु गरिनु।
55547 पैट्याउनु अ.क्रि. १. खर्च गर्न थाल्नु; उपयोगमा आउनु। प्रे. क्रि.
55548 पैट्याउनु अ.क्रि. २. थाल्न लाउनु; सुरु गराउनु; उठान गराउनु।
55549 पैठ ना. १. कुनै गह्रौँ वस्तु बोक्ता, तान्दा वा थाप्नुपर्दा लिइने आवश्यक आड।
55550 पैठ ना. २. बलपूर्वक प्रवेश गर्ने काम (जस्तो- घुसपैठ)।