Dictionary

All Word

55401 पेटफाऱ्यो ना. नेपाली वर्णमालाको 'फ' वर्णको नाम; पेटफाऱ्यो फ।
55402 पेटबोली ना. निवेदनपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र आदिको मूल बेहोरामा लेखिएको कुरा।
55403 पेटमारा ना. नखाईकन पनि धन जम्मा गर्ने; पेट भोकै राखेर पनि धन जम्मा गर्ने; कृपण; द्रव्यपिशाच।
55404 पेटवाक्य ना. पेटबोली।
55405 पेटाङे ना. पेट मात्र ढाक्ने भोटो; पेटेभोटो।
55406 पेटानी ना. गुनिउँ।
55407 पेटारी ना. बाँस बेत आदिका चोयाले बनेको एक प्रकारको सानो सन्दुस।
55408 पेटारे वि. शरीर एक रङको र पेट मात्र अर्को रङको हुने (बाख्रो, पाठो) आदि।
55409 पेटारो ना. बाँस, बेत, निगालो आदिका चोयाले बुनेको ठुलो किसिमको पेटारी।
55410 पेटाहा वि. १. आफ्ना कुरा नभन्ने स्वभावको; पेटमा कुरा राख्न सक्ने; घुसघुसे।
55411 पेटाहा वि. २. मुखले स्पष्ट केही नभने पनि अर्काको कुभलो चिताउने वा गर्न खोज्ने।
55412 पेटाहा वि. ३. ठुलो पेट भएको; भुँडीवाल; भुँडे।
55413 पेटिका ना. एक प्रकारको सानो सन्दुस।
55414 पेटिया ना. कुनै भारदार वा कुलीन व्यक्तिको परिवार जीवन धान्न असमर्थ भएमा जीवननिर्वाहका लागि दिइने सरकारी जग्गाजमिन; खुवाबिर्ता।
55415 पेटी ना. १. एक प्रकारको सानो सन्दुस; सानो पेटारो; पेटारी; पेटिका।[सं. पट+ई]
55416 पेटी ना. २. जगमा पानी नबसोस् भन्ने उद्देश्यले र गाराका सुरक्षाका लागि समेत घरका वरिपरि बलियोसँग बनाइएको आड; बलेनीभित्र उठाइएको डिल।
55417 पेटी ना. ३. मानिसहरू पैदल हिँडून् भन्नाका लागि सडकका छेउमा केही अग्ला पारेर बनाएको डिल; फुटपाथ।[पेट+ई]
55418 पेटी ना. ४. कमरमा बाँध्ने छाला आदिको फित्ता; कमरपेटी; कमरबन्दी।
55419 पेटी ना. ५. पातलो, चेप्टो, बाक्लो वस्तु; फित्ता।
55420 पेटी ना. ६. घर आदिको भित्तामा तल-माथि अलगअलग रङ लगाउँदा देखिने पाटा।
55421 पेटी ना. ७. मिलका चक्कालाई इन्जिनसँग जोडी घुमाउने काममा प्रयोग गरिने साधन; मिलको फित्ता (अङ्. बेल्ट)।
55422 पेटीकोट ना. शरीरका भित्रपट्टि लगाइने जामाजस्तो जनाना पोसाक।
55423 पेटीघर ना. गर्भनिरोधका निम्ति स्त्रीको गुप्ताङ्गमा राखिने वस्तु; टेपलुप्स; लुप।
55424 पेटीवाल/पेटीवाला वि. १. पेटी अड्काउने सुविधा भएको (प्यान्ट, फ्रक इ.)।
55425 पेटीवाल/पेटीवाला वि. २. कुनै पनि प्रकारको पेटी भएको।
55426 पेटीवाल/पेटीवाला वि. ३. पेटी लाएको वा बाँधेको।
55427 पेटुवा/पेटु वि. खुब खानुपर्ने; खन्चुवा; घिचासे; घिचुवा।
55428 पेटे वि. १. पेटको; पेटसम्बन्धी।
55429 पेटे वि. २. पेटसम्म मात्र आइपुग्ने (लुगा आदि)।
55430 पेटे कुरा ना. गोप्य कुरा।
55431 पेटेन्ट ना. १. कुनै नयाँ वस्तुको उत्पादन वा बिक्री गर्नका लागि सरकारद्वारा प्राप्त हुने एकाधिकारको स्वीकृति। वि.
55432 पेटेन्ट ना. २. त्यस्तो एकाधिकार प्राप्त वा रजिस्टर्ड (वस्तु)।
55433 पेटे भोटो ना. बाहुला, फेर आदि नभएको, कुममा तना बाँधिने बालकहरूले लगाउने लुगा।
55434 पेट्रोम्याक्स ना. मैन्टोल; मैन्टुल।
55435 पेट्रोल ना. १. उज्यालोका निम्ति र मोटर तथा यन्त्र चलाउन आवश्यक शक्तिका लागि प्रयोग हुने, चट्टानहरूमा वा पानीका सतहमा पाइने, प्रशोधित खनिज तेल; यान्त्रिक उपकरण चलाउन जमिनभित्रबाट निकालिएको प्रशोधित तेल।
55436 पेट्रोल ना. २. सैनिक वा प्रहरीले यताउति घुमीघुमीकन दिने पहरा; गस्ती।
55437 पेट्रोल ना. ३. त्यसरी दिइने सैनिक वा प्रहरी-गस्ती।
55438 पेटे पम्प ना. बिक्रीवितरणका लागि पम्पमा डिजेल, पेट्रोल आदि राखिएको स्थल।
55439 पेट्रोलियम ना. १. अप्रशोधित तेल। वि.
55440 पेट्रोलियम ना. २. खनिज, तेलसम्बन्धी।
55441 पेठो ना. १. कुभिन्डाको भुजुरी आदि।
55442 पेठो ना. २. कुभिन्डो।
55443 पेडा ना. भुटेको खुवामा चिनी मिलाई बनाइने थेप्चो र बाटुलो आकारको प्रसिद्ध मिठाई।
55444 पेदू वि. धेरै हिँडेर थाकेको।
55445 पेनी ना. कम दामको एक बेलाइती मुद्रा; पेन्स।
55446 पेनी पोस्टेज ना. १. बेलाइतमा पुरानो जमानामा एक पेनी तिरी चिठी पठाउने सुविधा।
55447 पेनी पोस्टेज ना. २. सो समयमा बेलाइतमा भएको एक हुलाकप्रणाली।
55448 पेनु/पेनो ना. मेचमा बसी दुई हातले बजाइने हारमोनियमजस्तो तार-बाजा।
55449 पेन्चिस ना. कुनै वस्तुलाई समात्ने, समातेर तान्ने, कस्ने र सानातिना तार काट्ने सनासोका आकारको एक ज्याबल।
55450 पेन्ट ना. कमरमुनिको अवयव र गोडा ढाक्ने सुरुवालजस्तो लुगा; पाइन्ट।