Dictionary

All Word

55251 पूर्वी गोलार्द्ध ना. प्रधान मध्याह्नरेखादेखि पूर्वपट्टिको भूभाग।
55252 पूर्वी मादल ना. नेपालको पूर्वी भेकमा प्रचलित मादल; ठुलो किसिमको मादल।
55253 पूर्वीय ना. १. पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको।
55254 पूर्वीय ना. २. एसियाको; एसियाली।
55255 पूर्वीय ना. ३. भारतीय; भारतेली।
55256 पूर्वीय दर्शन ना. भारतीय दर्शन।
55257 पूर्वीय संसार ना. एसियाली वा भारतीय संसार।
55258 पूर्वीय संस्कार ना. एसियाली या भारतीय संस्कार।
55259 पूर्वीय संस्कृति ना. एसियाली वा भारतीय संस्कृति।
55260 पूर्वीय सभ्यता ना. एसियाली वा भारतीय सभ्यता।
55261 पूर्वेतर वि. १. पूर्वभन्दा भिन्न किसिमको; पूर्वभन्दा बाहेकको।
55262 पूर्वेतर वि. २. पश्चिमी।
55263 पूर्वोक्त वि. पहिले भनिसकेको; पहिले उल्लेख भइसकेको; पूर्वकथित।
55264 पूर्वोत्तर वि. १. पूर्व र उत्तरको; पूर्व र उत्तरका बिचको। ना.
55265 पूर्वोत्तर वि. २. पूर्व र उत्तरका बिचको दिशा; ईशानकोण।
55266 पूर्वोत्तरा ना. ईशानकोण।
55267 पूर्वोदाहरण ना. १. कुनै मुद्दामामिलाका सम्बन्धमा दिइएको वा अँगालिएको र पछिसम्म उदाहरण वा दृष्टान्तका रूपमा प्रस्तुत गरिने सर्वोच्च अदालतको निर्णय वा कार्यविधि; नजिर।
55268 पूर्वोदाहरण ना. २. पछिका कुनै घटना, समस्या आदिमा उदाहरणका रूपमा प्रस्तुत गरिने पहिलेको कुनै घटना वा समस्या आदि।
55269 पूर्वोदित वि. १. पूर्वतर्फ उदाएको।
55270 पूर्वोदित वि. २. पहिले उदाएको।
55271 पूर्वोपाय ना. सम्भावित हानिनोक्सानीको रोकथामका लागि पहिलेदेखि नै गरिने उपाय; कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै रोकथामका लागि गरिने उपाय।
55272 पूस ना. हे. पुस।
55273 पृच्छक वि. जिज्ञासा वा उत्सुकता मेट्नका लागि कुनै प्रश्न सोध्ने; प्रश्नकर्ता; प्राश्निक।
55274 पृच्छा ना. १. प्रश्न सोध्ने इच्छा; जिज्ञासा।
55275 पृच्छा ना. २. प्रश्न; सबाल।
55276 पृतना ना. सेना; फौज।
55277 पृथक् क्रि.वि. १. भिन्न हुने किसिमले; अलग्ग; छुट्टै। वि.
55278 पृथक् क्रि.वि. २. भिन्न; अलग; छुट्टो।
55279 पृथक्करण ना. १. मिलेका व्यक्ति, वस्तु आदिलाई छुट्ट्याउने काम; अलगअलग बनाउने काम; बिछोड्याइ; विखण्डन।
55280 पृथक्करण ना. २. विश्लेषण।
55281 पृथक्ता ना. पृथक् वा अलग्ग रहने स्थिति, गुण वा प्रक्रिया; भिन्नता; बेग्ल्याइँ।
55282 पृथक्तावाद ना. १. कुनै उपजाति र मूलजातिका बिच पाइने समानतालाई उपेक्षा गरी भिन्न गुणलाई महत्त्व दिएर उक्त उपजाति नै मूलजाति भएको कुरामा जोड दिने सिद्धान्त।
55283 पृथक्तावाद ना. २. मूलधर्मदेखि भिन्न केही गुणका आधारमा उपधर्मलाई भिन्नै मान्यता दिनुपर्छ भन्ने मत।
55284 पृथक्तावाद ना. ३. कुनै पनि क्षेत्रमा पृथक् हुन चाहने मत।
55285 पृथक्तावादी वि. १. मिलेर बसेकालाई फुटाउन चाहने; अलग्याउन चाहने।
55286 पृथक्तावादी वि. २. समूहबाट फुट्न चाहने; अलग्गिन चाहने; सगोलदेखि फुटेर भिन्नै रहन चाहने; भिन्नतावादी।
55287 पृथा ना. १. पाण्डुकी पत्नी; पाँच पाण्डवकी आमा; कुन्ती। वि.
55288 पृथा ना. २. ठुलो जिउ भएकी।
55289 पृथु वि. १. प्रशस्त फैलिएको; फराकिलो; विस्तृत। ना.
55290 पृथु वि. २. इक्ष्वाकुवंशका एक राजा।
55291 पृथु वि. ३. पृथ्वीको मालिक; राजा।
55292 पृथुकीर्ति वि. ठुलो कीर्ति भएको।
55293 पृथुपर्ण ना. ठुला पात हुने एक वनस्पति।
55294 पृथुमुण्ड वि. १. ठुलो टाउको भएको; घनटाउके। ना.
55295 पृथुमुण्ड वि. २. ठुलो टाउको।
55296 पृथुल वि. १. पृथु; ठुलो।
55297 पृथुल वि. २. स्थूल; मोटो।
55298 पृथुलतर वि. ठुलोभन्दा पनि ठुलो; झन् ठुलो।
55299 पृथुलतम वि. ज्यादै ठुलो; पृथुतम:; झन् ठुलोभन्दा पनि ठुलो; अझ झन् ठुलो।
55300 पृथुलाधीश ना. १. ठुला राज्यका राजा; ठुला राजा।