Dictionary

All Word

55101 पूर्वकालिक वि. ३. व्याकरणका अनुसार एर, ई, ईकन आदि प्रत्ययद्वारा व्यक्त (क्रिया, जस्तै- गरेर, गरी, गरीकन आदि)।
55102 पूर्वकालीन वि. पूर्वकालिक।
55103 पूर्वकृत वि. पहिले गरिएको; अगावै गरिएको।
55104 पूर्वगामी वि. १. अगाडि जाने; पहिले जाने; अगि हिँड्ने।
55105 पूर्वगामी वि. २. पहिलेको; अगाडिको।
55106 पूर्वगामी वि. ३. पूर्व दिशातिर जाने।
55107 पूर्व चार नम्बर ना. पूर्व तीन नम्बरदेखि पूर्वपट्टिका भोजपुर, खोटाङ, दिङ्ला आदि बस्तीहरूसहितको हाल केही सगरमाथा र केही कोसी अञ्चलमा पर्ने, पहिलेको प्रशासनिक इलाका।
55108 पूर्वज ना. १. जाति वा वस्तुको अंश वा आदिम स्वरूप।
55109 पूर्वज ना. २. पुर्खा; जिजुबाजे। वि.
55110 पूर्वज ना. ३. पहिले नै जन्मिएको; जेठो।
55111 पूर्वजन्म ना. यो जन्मभन्दा पहिलेको जन्म; अघिल्लो जन्म; ऊन्जुनी।
55112 पूर्वजन्मा ना. १. आफूभन्दा पहिले जन्मेको व्यक्ति।
55113 पूर्वजन्मा ना. २. अग्रज; दाजु।
55114 पूर्वजन्मा ना. ३. मनुष्य-जातिमध्ये प्रथम उत्पन्न भनी परम्पराअनुसार मानिएको जाति; ब्राह्मण जाति।
55115 पूर्वजा ना. १. दिदी; अग्रजा। वि. जन्मले जेठी।
55116 पूर्वज्ञान ना. पूर्वजन्मको यस जन्ममा हुने आभास; पूर्वजन्मको ज्ञान।
55117 पूर्वतः क्रि.वि. १. पूर्व दिशातिर।
55118 पूर्वतः क्रि.वि. २. सामुन्नेमा।
55119 पूर्वतः क्रि.वि. ३. उहिले।
55120 पूर्वतः क्रि.वि. ४. पहिले।
55121 पूर्वतर्फ क्रि.वि. पूर्वपट्टि; पूर्वतिर।
55122 पूर्वका कम्यान्डिङ जनरल ना. राणाशासनमा काठमाडौँ उपत्यकादेखि पूर्वतर्फको पहाड़ी इलाकाको शासन-प्रबन्धको अधिकार पाएको व्यक्ति; कम्यान्डिङ जर्नेल; जङ्गी लाठपछिको रोलवाला व्यक्ति।
55123 पूर्वतालिम ना. खेल, नाटक, युद्ध आदिका लागि पहिले नै दिइने तालिम; रिहर्सल।
55124 पूर्वतिथीय वि. १. जुन दिन लेखिएको हो त्यसभन्दा पहिलेकै तिथि-मिति दिइएको; वास्तविकभन्दा अगाडिको मिति जनाइएको (लेख, प्रलेख आदि)।
55125 पूर्वतिथीय वि. २. अघिल्लो मितिदेखि लागु हुने गरी निर्धारित गरिएको।
55126 पूर्व तीन नम्बर ना. पूर्व दुई नम्बर र चार नम्बरका बिचमा पर्ने ओखलढुङ्गा, चिसङ्खु, ऐँसेलुखर्क, मानेभन्ज्याङ आदि बस्तीहरूसहितको एक इलाका।
55127 पूर्वदिन ना. १. बितेको दिन; हिजोको दिन।
55128 पूर्वदिन ना. २. कुनै दिनको दिउँसो बाह्र बजेभन्दा पहिलेको अंश; पूर्वाह्ण।
55129 पूर्व दुई नम्बर ना. पूर्व एक नम्बर र तीन नम्बरका बिचमा पर्ने रामेछाप, चरीकोट, मेलुङ, दोलखा आदि (हाल जनकपुर अञ्चलमा पर्ने) पहाडी बस्तीसहितको एक इलाका।
55130 पूर्वदूत ना. पहिलो दूत; अग्रदूत; प्रथम चर।
55131 पूर्वदूत नरवानर ना. अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको किनिया (पूर्वी अफ्रिका)-को मानवजस्तो देखिने वानर (प्रोकन्सल)।
55132 पूर्वधारणा ना. १. कुनै तर्क, वादविवाद आदिमा वा कुनै समस्या आदिका सम्बन्धमा पक्ष वा विपक्षका सम्बन्धमा, कसैले पहिलेदेखि नै स्थिर गरेको धारणा; पूर्वनिश्चित धारणा वा विचार।
55133 पूर्वधारणा ना. २. पूर्वाग्रह।
55134 पूर्वधारणायुक्त वि. १. कुनै तर्क, वादविवाद आदिमा कुनै एक पक्ष अर्को पक्षका सम्बन्धमा पहिलेदेखि नै एउटा धारणा वा विचार स्थिर गरिसकेको; पहिलेदेखि नै बनाएको धारणा वा विचार लिएर हिँड्ने।
55135 पूर्वधारणायुक्त वि. २. पूर्वाग्रहग्रस्त।
55136 पूर्वनिश्चित वि. पहिलेदेखि नै निश्चय गरिएको; अघिबाट नै टुङ्गो लागिसकेको; पूर्वनिर्धारित।
55137 पूर्वनिश्चितता ना. पूर्वनिश्चित हुनाको भाव वा स्थिति; पहिलेकै पक्कापक्की।
55138 पूर्वपक्ष ना. १. कुनै कुराको पहिलो भाग; पूर्व भाग।
55139 पूर्वपक्ष ना. २. कुनै वादविवाद वा झगडा आदिमा पहिलो पक्षको भनाइ वा तर्क।
55140 पूर्वपक्ष ना. ३. शास्त्रीय चर्चापरिचर्चामा पहिले उठाइएको प्रश्न।
55141 पूर्वपक्ष ना. ४. पुर्पच्छे।
55142 पूर्वपक्ष ना. ५. कृष्णपक्ष; अँधेरीपक्ष।
55143 पूर्वपक्षी वि. १. वादविवादमा, शास्त्रीय चर्चापरिचर्चामा पूर्वपक्ष उपस्थित गर्ने; प्रश्न गर्ने।
55144 पूर्वपक्षी वि. २. नालिस दिने; बादी दिने।
55145 पूर्वपक्षीय वि. पूर्वपक्षसम्बन्धी; पूर्वपक्षको।
55146 पूर्वपद ना. १. समासद्वारा निर्माण भएका पदमा रहेको पहिलो शब्दतत्त्व; दुई वा दुईभन्दा बढी पदहरू मिलेर बनेका शब्दको पहिलो पद।
55147 पूर्वपद ना. २. पहिले आउने पद।
55148 पूर्वपद ना. ३. पहिलो स्थान।
55149 पूर्वपीठिका ना. भूमिका; पृष्ठभूमि।
55150 पूर्वपुरुष ना. हे. पुर्खा।