Dictionary

All Word

54951 पुहुनी दस्तुर ना. सामाजिक नियमअनुसार पुहुनीले पाउने दस्तुर।
54952 पुहुनी भाग ना. १. पुहुनीले चाडपर्व आदिमा पाउने भाग।
54953 पुहुनी भाग ना. २. पुहुनीले नयाँ बाली पाकेपछि पाउने खलेपाथी, मुरीबाली आदि भाग।
54954 पुहुन्की ना. १. घरमा आई काम गरेर जाँदा पुहुनीले पाउने दस्तुर वा भाग; पुहुनी।
54955 पुहुन्की ना. २. पुहुनी-भाग पाउने अधिकार वा वृत्ति।
54956 पुहुन्की पात ना. पुहुन्कीका रूपमा पाउने चिज वा वस्तु।
54957 पूगी ना. सुपारीको बोट वा फल।
54958 पूगीफल ना. सुपारी।
54959 पूछ ना. हे. पुछ।
54960 पूछताछ ना. हे. पुछताछ।
54961 पूछपाछ ना. हे. पुछपाछ।
54962 पूजक वि. १. देवीदेवता वा पूजनीय व्यक्तिलाई पूजा गर्ने; पुज्ने। ना.
54963 पूजक वि. २. पुजारी।
54964 पूजन ना. १. देवीदेवता वा पूजनीय व्यक्तिको पूजा; पुज्ने काम; अर्चना।
54965 पूजन ना. २. कसैको आदरसत्कार।
54966 पूजनीय वि. १. पूजा गर्नुपर्ने; सम्मान गर्नुपर्ने; पूजा गर्न योग्य; पूजा गर्न लायक; पूज्य।
54967 पूजनीय वि. २. सम्माननीय।
54968 पूजनीय वि. ३. माननीय।
54969 पूजनीय वि. ४. आदरणीय।
54970 पूजा ना. १. देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्तिपूर्वक गरिने कार्य।
54971 पूजा ना. २. देवदेवी आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाएर गरिने धार्मिक कार्य; अर्चा; अर्चना।
54972 पूजा ना. ३. आदरसत्कार; मानसम्मान।
54973 पूजा ना. ४. कसैलाई प्रसन्न वा अनुकूल पार्नका निम्ति केही वस्तु दिने काम।
54974 पूजा ना. ५. (व्यङ्ग्यार्थमा) पिट्ने काम; पिटाइ (उदा.- प्रहरीले उसको राम्ररी पूजा गऱ्यो।)
54975 पूजाआजा ना. पूजापाठ।
54976 पूजाकोठा ना. देवी-देवताको पूजा गर्न घरभित्र बनाइएको कोठा; घरभित्र पूजा गर्ने गरिएको एउटा कोठा।
54977 पूजाकोठी ना. सानो पूजाकोठा।
54978 पूजाकोठे ना. पूजाकोठामा काम गर्ने व्यक्ति; पुजारी।
54979 पूजागृह ना. पूजाका निमित्त बनाइएको घर वा घरभित्रै पूजाका निम्ति बनाइएको छुट्टै कोठा।
54980 पूजापाठ ना. देवदेवीलाई प्रसन्न पार्न र पुण्यार्जन गर्नाका निम्ति गरिने पूजा, स्तोत्रादिको पाठ।
54981 पूजासामा ना. पूजाका निम्ति चाहिने सरसामान; पूजाका उपकरण; पूजोपकरण; पूजासामग्री।
54982 पूजाहारी ना. हे. पुजारी।
54983 पूजित वि. १. पूजा गर्दै आएको; पुजिएको; पूजा गरिएको।
54984 पूजित वि. २. आदरसत्कार गरिएको; मानसम्मान गरिएको।
54985 पूजोपकरण ना. पूजासामा।
54986 पूज्य वि. हे. पूजनीय।
54987 पूज्यपाद ना. १. पूजा गर्न लायक व्यक्ति (आमा, बाबु, गुरु आदि)।
54988 पूज्यपाद ना. २. पूजा गर्न लायकको पाउ।
54989 पूज्यमान वि. १. पूजा गरिएको; पूजित।
54990 पूज्यमान वि. २. सम्मान गरिएको; सम्मानित।
54991 पूठ ना. १. समर्थन; ओड।
54992 पूठ ना. २. संस्कार।
54993 पूत१ वि. १. पवित्र; शुद्ध। ना.
54994 पूत१ वि. २. साँचोपन; सत्य।
54995 पूत२ ना. छोरो; पुता; पुतो।
54996 पूतकर ना. १. आफ्ना घरमा कुनै छोरो मान्छे नभएर वा भएर पनि अरू मान्छेलाई छोरासरह पाल्ने र हक दिने थारूहरूको चलन।
54997 पूतकर ना. २. त्यसरी पालिएको व्यक्ति; पुत्रक।
54998 पूतना ना. १. बालक कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुराणप्रसिद्ध एक राक्षसी; कृष्णद्वारा मारिएकी कंसकी एक गुप्तचरी।
54999 पूतना ना. २. नरराक्षसी। वि.
55000 पूतना ना. ३. दुष्ट (आइमाई); दुष्टा।