Dictionary

All Word

55201 पूर्वस्थिति ना. कुनै व्यक्ति, वस्तु आदिको पहिलेको स्थिति; पूर्वावस्था।
55202 पूर्वस्थिति स्थापना ना. १. असामान्य परिस्थितिको अन्त भएर पुनःपहिलेको जस्तै शान्तिपूर्ण परिस्थितिको स्थापना।
55203 पूर्वस्थिति स्थापना ना. २. रोग आदिका कारणबाट कमजोरी आदि सकिएर पहिलेको जस्तै स्वास्थ्यको प्राप्ति; पुनः स्वास्थ्यलाभ।
55204 पूर्वस्वीकृति ना. कुनै कामकुराबारे पहिले नै दिइने स्वीकृति; पहिले नै गरिएको स्वीकार।
55205 पूर्वहिमानी ना. आजभन्दा पचास लाखदेखि चालिस लाख वर्ष पहिलेसम्मको समय; हिमकल्पभन्दा पहिलेको समय।
55206 पूर्वा ना. १. पूर्वदिशा।
55207 पूर्वा ना. २. पूर्वाफाल्गुनी नक्षत्र।
55208 पूर्वा ना. ३. पूर्वाभाद्रपदा नक्षत्र।
55209 पूर्वाग्रह ना. कुनै विषय, समस्या आदिमाथि तर्क, वादविवाद वा विचार गर्दा कसैले नयाँ सोचाइ वा सिद्धान्त ग्रहण नगरी आफ्नो पूर्वनिश्चित धारणानुरूप नै लिने अड्डी; परिवर्तित समय वा परिस्थितिका कुरा नबुझी आफ्ना कुरालाई नै बढी महत्त्व दिने जिद्दीवाल प्रवृत्ति; एकोहोरो हठ; लिँडेढिपी।
55210 पूर्वाङ्ग ना. यज्ञ-पुराणादि धार्मिक कार्य वा विवाह-व्रतबन्धादि शुभकार्य गर्दा प्रारम्भमा गरिने कृत्य; शुभकार्यमा गरिने प्रारम्भिक विधिविधान; पूर्वकर्म।
55211 पूर्वाङ्ग पूजा ना. पाठपूजा, यज्ञयागादि कार्यको प्रारम्भमा मङ्गलका लागि गरिने पूजा; पूर्व पक्षको पूजा।
55212 पूर्वाचल ना. १. पुराण आदिमा विश्वास गरिएअनुसार सूर्य उदाउने पर्वत; उदयाचल।
55213 पूर्वाचल ना. २. पूर्वाञ्चल।
55214 पूर्वाञ्चल ना. १. पूर्वपट्टिका अञ्चल; पूर्वपट्टिको क्षेत्र।
55215 पूर्वाञ्चल ना. २. पूर्वीय सिमाना; पूर्वपट्टिको किनार; पूर्वी छेउ।
55216 पूर्वाञ्चल विकासक्षेत्र ना. नेपालको सन्तुलित विकास गर्ने उद्देश्यले बाँडिएका पाँच विकासक्षेत्रमध्ये पूर्वाञ्चलसँग सम्बन्धित विकासक्षेत्र।
55217 पूर्वाधार ना. १. कुनै योजना वा उद्योगधन्दा आदि सुरु गर्नुभन्दा पहिलेको आवश्यक आधार; कुनै पनि कार्यको पहिलो आधार; मुख्य आधार।
55218 पूर्वाधार ना. २. धरातल।
55219 पूर्वाधिकरण ना. लिच्छविकालमा चार दिशामा विभाजित प्रशासनिक अड्डाहरूमध्ये पूर्वपट्टिको अड्डा।
55220 पूर्वाध्ययन ना. कुनै कुराको सम्यक् अध्ययन गर्नुभन्दा पहिले कामचलाउ किसिमले गरिने अध्ययन।
55221 पूर्वानुमान ना. कुनै समस्या, घटना आदिको सम्भावित परिणामबारे पहिलेदेखि गरिने अडकल; कुनै विषय वा कुराको परिणाम आउनुभन्दा पहिले गरिने अनुमान।
55222 पूर्वापर ना. १. अगाडि र पछाडिको भाग; कुनै कुराको आदि-अन्त; छेउटुप्पो। वि.
55223 पूर्वापर ना. २. अगाडि र पछाडिको; आदि र अन्तको।
55224 पूर्वापर ना. ३. पूर्व र पश्चिमको।
55225 पूर्वापराधी ना. पहिले पनि ऐनकानुनविपरीत वा धार्मिक दृष्टिले निषिद्ध काम गरिसकेको अपराधी; पहिले पनि कसुर गरिसकेको व्यक्ति; पटकपटक अपराध गरिसकेको व्यक्ति; पटके अपराधी।
55226 पूर्वाफाल्गुनी ना. पूर्वफाल्गुनी नक्षत्र।
55227 पूर्वाभाद्रपदा ना. पूर्वभाद्रपदा नक्षत्र।
55228 पूर्वाभास ना. पछि हुने कुनै कामकुरा आदिको पहिले नै देखिने लक्षण; पछि आउने परिस्थिति वा हुने घटनाको पूर्वलक्षण; पूर्वसङ्केत।
55229 पूर्वाभिनय ना. १. कुनै नाटकको रङ्गमञ्चमा प्रदर्शन गर्न लाग्दा हुन सक्ने कमी वा त्रुटिलाई हुन नदिन पहिले नै गरिने अभ्यासात्मक अभिनय।
55230 पूर्वाभिनय ना. २. युद्ध सुरु हुनुभन्दा पहिले युद्धका स्थितिमा गरिने आक्रमण, प्रत्याक्रमण वा आत्मसुरक्षाको अभ्यास।
55231 पूर्वाभिनय ना. ३. रिहर्सल; पूर्वतालिम।
55232 पूर्वाभिमुख वि. पूर्वतर्फ मुख फर्केको; पूर्वतिर मुख गरेको।
55233 पूर्वाभ्यास ना. १. काम गर्न थाल्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामको पूर्वतयारी; पूर्वतालिम।
55234 पूर्वाभ्यास ना. २. पूर्वाभिनय।
55235 पूर्वार्जित ना. पहिले कमाइएको; पहिले नै उपार्जन गरिएको (धनसम्पत्ति, मान-प्रतिष्ठा आदि)।
55236 पूर्वार्द्ध /पूर्वार्ध ना. १. कुनै कुराको दुई बराबर भागमध्ये पहिलो आधा भाग; पहिलो आधा।
55237 पूर्वार्द्ध /पूर्वार्ध ना. २. सङ्गीतका अनुसार गीतका स्थायी र अन्तराको पहिलो आधा भाग।
55238 पूर्वावधानता ना. १. कुनै कामकुरामा सम्भावित हानि-नोक्सानीको विचार गरी पहिलेदेखि नै लिनुपर्ने सतर्कता; पूर्व-सावधानी।
55239 पूर्वावधानता ना. २. कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै त्यसको रोकथामका लागि गर्नुपर्ने सोचविचार।
55240 पूर्वावश्यक ना. कुनै योजना वा उद्योगधन्दा सुरु गर्नुभन्दा पहिले आवश्यक; कुनै कार्य गर्नुभन्दा पहिले आवश्यक।
55241 पूर्वावस्था ना. १. पूर्वस्थिति।
55242 पूर्वावस्था ना. २. सबभन्दा पहिलो अवस्था।
55243 पूर्वावस्था ना. ३. बाल्यावस्था।
55244 पूर्वाषाढा ना. सत्ताइस नक्षत्रमध्ये एक; बिसौँ नक्षत्र।
55245 पूर्वाह्ण ना. पूर्वाह्न।
55246 पूर्वाहिणक वि. १. दिनको पहिलो भागमा गर्नुपर्ने काम; पूर्वाह्णमा गर्नुपर्ने काम।
55247 पूर्वाहिणक वि. २. पूर्वाह्णसम्बन्धी।
55248 पूर्वाह्न ना. दिनको प्रथम अर्धांश; दिनको पूर्वार्ध; पूर्वाह्ण।
55249 पूर्वी ना. १. पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको; पूर्वीय।
55250 पूर्वी ना. २. एसियाली।