Dictionary

All Word

54501 पुनरुत्थान ना. २. एकपल्ट निम्न तहमा झरेर फेरि माथिल्लो तहमा पुग्ने काम।
54502 पुनरुत्थान ना. ३. एकपल्ट अवनति भइसकेकाको फेरि उन्नति हुने काम।
54503 पुनरुत्पत्ति ना. फेरि उत्पत्ति हुने काम; पुनर्जन्म।
54504 पुनरुत्पन्न वि. फेरि उत्पन्न भएको वा पुनः जन्मिएको।
54505 पुनरुत्पादन ना. एकपल्ट उत्पादन भएर रोकिएको वस्तुको फेरि उत्पादन-आरम्भ।
54506 पुनरुद्धार ना. १. एकपल्ट बनाई वा उद्धार गरिसकिएको वस्तु बिग्रँदा फेरि उद्धार गर्ने काम; जीर्णोद्धार।
54507 पुनरुद्धार ना. २. एकपल्ट उद्धार गरेको वस्तु वा व्यक्तिलाई गरिएको नयाँ उद्धार।
54508 पुनर्गठन ना. १. भइरहेको प्रशासनिक व्यवस्थामा छिटो-छरितोपन ल्याउन कर्मचारीहरूको सरुवा, बढुवा वा खोसुवा गरी नयाँ तरिकाले व्यवस्था गर्ने काम; कर्मचारीहरूको नयाँ बन्दोबस्त; पजनी।
54509 पुनर्गठन ना. २. भइरहेको मन्त्रिमण्डल आदिलाई विघटित गरी आवश्यक परिवर्तनका साथ फेरि गठन गर्ने काम।
54510 पुनर्गठन ना. ३. एक पटक विघटित भइसकेको सङ्घ, संस्था, परिषद् आदिको फेरि गठन गर्ने काम।
54511 पुनर्गठित वि. पुनर्गठन भएको।
54512 पुनर्जन्म ना. १. एक पटक जन्मेर मरिसकेको प्राणीले फेरि जन्म लिने काम।
54513 पुनर्जन्म ना. २. एकपल्ट नाश भएर पुनः भएको उत्पत्ति; पुनरुत्पत्ति।
54514 पुनर्जन्मवाद ना. प्राणीको मृत्युपछि पुनर्जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्ने मत वा सिद्धान्त; जन्मान्तरमा पनि विश्वास गर्ने सिद्धान्त; जन्मान्तरवाद।
54515 पुनर्जन्मवादी वि. पुनर्जन्मवादमा विश्वास गर्ने; पुनर्जन्मवादलाई मान्ने।
54516 पुनर्जल ना. जल आदिको कमी पूरा गर्नका लागि रक्तवाहिनी नलीबाट सुईमार्फत शरीरमा पसाइने जल; सेलाइन।
54517 पुनर्जलीयता ना. शरीरबाट निक्लिएका तरल पदार्थको सन्तुलन राख्न शरीरमा तरल पदार्थ दिने काम; सेलाइन दिने क्रिया।
54518 पुनर्जागरण ना. १. साहित्य, संस्कृति, कलाकौशल आदिको पुनरुत्थान।
54519 पुनर्जागरण ना. २. त्यस्ता कुराको पुनरुत्थानको समय।
54520 पुनर्जागृत वि. फेरि जागेको।
54521 पुनर्जागृति ना. पुनर्जागरण।
54522 पुनर्जीवन ना. १. मृतप्रायः प्राणीलाई कुनै उपायले फेरि जीवन दिने काम।
54523 पुनर्जीवन ना. २. सामाजिक, आर्थिक आदि दृष्टिले बरबाद भइसकेका व्यक्तिलाई फेरि सपार्ने काम।
54524 पुनर्जीवित वि. फेरि जिउँदो भएको; मरेर बाँचेको; पुनर्जीवनप्राप्त।
54525 पुनर्नव वि. फेरि नयाँ भएको; पुनर्नवीन।
54526 पुनर्नवा ना. १. लाम्चा पात हुने, सानासाना डाँठको रङअनुसार तीन किसिमको (रातो डाँठ भए रातो, सेतो डाँठ भए सेतो र निलो डाँठ भए निलो) फूल फुल्ने र तरकारीका रूपमा समेत खाइने एक झार; पिसाब, दिसा, दम, कफ, पेट आदि रोगमा फलामको कमीसम्बन्धी रोगमा र पहेँलो ज्वर, बाथ, नेत्रविकार आदि रोगमा समेत हितकर मानिएको जरा हुने वनस्पतिविशेष।
54527 पुनर्नवा ना. २. फेरिफेरि जन्मने वस्तु; नङ।
54528 पुनर्नवीकरण ना. १. एकपल्ट बिग्रिएको, भत्किएको वा कुनै कारणले मैलो भएको वस्तु वा कुनै मालसामानलाई फेरि नयाँ बनाउने काम।
54529 पुनर्नवीकरण ना. २. म्याद सिद्धिन लागेको वा सिद्धिसकेको सन्धि, सम्झौता आदिलाई फेरि पहिलेको जस्तै रूप वा नयाँ रूप दिने काम।
54530 पुनर्नवीकरण ना. ३. संविधानका कुनै धारा वा ऐननियमका कुनै दफामा तोकेको म्याद सकिएर निष्क्रिय भएपछि फेरि घोषणाद्वारा सक्रिय पार्ने काम।
54531 पुनर्नवीकरण ना. ४. परिस्थितिवश धमिलिएको वा रोकिएको काम- कुरोलाई नयाँ रूप दिने वा फेरि सुरु गर्ने काम।
54532 पुनर्नवीकरण ना. ५. बन्दुक, रेडियो आदिको लाइसेन्सलाई नियमानुसार म्याद थपी फेरि नयाँ रूप दिने काम।
54533 पुनर्नवीन वि. फेरि नयाँ भएको; पुनर्नव।
54534 पुनर्नियुक्त वि. फेरि भर्ना भएको; फेरि नियुक्त भएको।
54535 पुनर्नियुक्ति ना. १. कुनै सङ्घ, संस्थामा वा पद वा काममा नियुक्ति पाएको व्यक्तिको नियुक्तिको मिति सकिएपछि उसैलाई फेरि नियुक्त गर्ने काम।
54536 पुनर्नियुक्ति ना. २. कुनै पद वा काममा पहिले कसैको नियुक्ति भएकोमा त्यसै पद वा काममा फेरि उसैलाई वा अरू कसैलाई नियुक्त गर्ने काम।
54537 पुनर्निर्माण ना. बिग्रेको, भत्केको कुनै वस्तुलाई फेरि बनाउने काम; एकपल्ट निर्मित कुनै वस्तुको फेरि निर्माण गर्ने काम; फेरि गरिएको निर्माण।
54538 पुनर्निर्मित वि. पुनः निर्माण गरिएको; बिग्रेपछि मर्मत गरिएको।
54539 पुनर्निर्वाचन ना. एकपल्ट निर्वाचन भइसकेको ठाउँमा कारणवश फेरि निर्वाचन गर्ने काम।
54540 पुनर्निर्वाचित वि. फेरि निर्वाचनमा विजयी भएको; फेरि चुनिएको वा छानिएको।
54541 पुनर्भुक्तान ना. १. एक पटक भुक्तान भइसकेको कुरामा फेरि भुक्तान दिने वा गर्ने काम। वि.
54542 पुनर्भुक्तान ना. २. पुनर्भुक्तान गरिएको।
54543 पुनर्भुक्तानी ना. पुनर्भुक्तान।
54544 पुनर्भू ना. पहिलेको लोग्ने मरी वा मन नपरी अर्कोसँग फेरि विवाह गर्ने स्त्री; पोइले; ल्याइते।
54545 पुनर्भूपति ना. १. पोइले स्त्रीको पति।
54546 पुनर्भूपति ना. २. विधवाको पति।
54547 पुनर्मिलन ना. एकपल्ट बिछोड भइसकेकाको फेरिफेरि भेट हुने क्रिया वा काम।
54548 पुनर्मिलन समारोह ना. १. विद्यालय, महाविद्यालय आदिको नयाँ सत्र सुरु भएपछि नयाँपुराना छात्रछात्राहरू भेला भई एकले अर्कोसँग परिचय गर्ने र जलपान आदि आनन्दोत्सव मनाउने कार्यक्रम।
54549 पुनर्मिलन समारोह ना. २. नाटक आदिमा भाग लिने कलाकारहरू एकत्रित भएर एकअर्कासँग भेट्ने र आनन्दोत्सव मनाउने कार्यक्रम; प्रीति-मिलनको कार्यक्रम।
54550 पुनर्मुद्रण ना. १. फेरि मुद्रित गर्ने कार्य; नयाँ छपाइ।