Dictionary

All Word

54351 पुण्यकीर्ति ना. २. पुण्य दिन सक्ने कीर्ति भएको श्रेष्ठ पुरुष (राम, कृष्ण, बुद्ध आदि)। वि.
54352 पुण्यकीर्ति ना. ३. पुण्य हुने कीर्ति भएको।
54353 पुण्यक्षेत्र ना. पवित्र मानिएको स्थान; पुण्य प्राप्त हुने स्थान; धार्मिक दृष्टिले उत्तम मानिएको स्थान; तीर्थस्थल।
54354 पुण्यतिथि ना. दानपुण्यादि धार्मिक कार्य र अन्य पवित्र कार्य गर्ने दिन; धार्मिक दृष्टिले शुभ कार्य गर्ने दिन।
54355 पुण्यदिन ना. पुण्यतिथि।
54356 पुण्यफल ना. पुण्य गर्नेले पाउने राम्रो फल वा परिणाम।
54357 पुण्यभूमि ना. पुण्यक्षेत्र।
54358 पुण्ययोग ना. पूर्वजन्ममा गरिएको पुण्यको फल; पूर्वजन्मका शुभकर्मको प्रभाव।
54359 पुण्यलोक ना. पुण्यबाट प्राप्त हुने लोक; स्वर्ग, वैकुण्ठ आदि लोक।
54360 पुण्यशिला ना. पूजा गर्न लायकको पवित्र ढुङ्ग्रो।
54361 पुण्यशील वि. पुण्य गर्ने स्वभावको।
54362 पुण्यशीला वि. पुण्य गर्ने स्वभावकी।
54363 पुण्यश्लोक वि. १. पुण्य कीर्ति भएको; पवित्र चरित्र वा आचरण भएको (व्यक्ति)। ना.
54364 पुण्यश्लोक वि. २. युधिष्ठिर, नल वा विष्णु।
54365 पुण्यसलिला वि. १. पवित्र जल भएकी; जलमा स्नान गर्दा पुण्य प्राप्त हुने (नदी)। ना.
54366 पुण्यसलिला वि. २. गङ्गा।
54367 पुण्यस्थान ना. देवस्थल; तीर्थस्थल।
54368 पुण्यात्मा वि. पवित्र वा शुद्ध मन भएको; चोखो मन भएको; धर्ममा मन दिने; धर्मात्मा।
54369 पुण्यार्थ वि. १. पुण्य चिताएर गरिएको। ना.
54370 पुण्यार्थ वि. २. पुण्यका हेतुले गरिएको कार्य; धर्मार्थ।
54371 पुण्यार्थ निधि ना. पुण्यकार्यका लागि छुट्ट्याइएको वा जम्मा गरिएको सम्पत्ति; पवित्र वा धार्मिक कार्यका निम्ति सञ्चित धनराशि।
54372 पुण्योदय ना. पुण्यको कारणले गर्दा जीवनमा हुने राम्रो स्थितिको उदय।
54373 पुतपुत क्रि.वि. १. कुनै वस्तुमा आगो लाग्दा आरम्भमा सानो धुवाँको मुस्लो निस्के झैँ निस्कने किसिमले; कुनै वस्तु राम्ररी बल्न नसकी अलिअलि धुवाँ आउने गरी बले झैँ भएर। ना.
54374 पुतपुत क्रि.वि. २. त्यसरी धुवाँ छुट्ने अवस्था, क्रिया वा प्रक्रिया।
54375 पुतपुताइ ना. पुतपुताउने किसिम, क्रिया वा भाव।
54376 पुतपुताइनु अ.क्रि. पुतपुत धुवाँ छोड्ने वा धुवाँ छोडेर बल्ने तुल्याइनु।
54377 पुतपुताउनु अ.क्रि. पुतपुत धुवाँ छाडेर बल्नु।
54378 पुतपुताहट ना. पुतपुताइ।
54379 पुतपुतिनु अ.क्रि. पुतपुताउनु।
54380 पुतपुती क्रि.वि. अझै पुतपुत हुने गरी।
54381 पुतपुते वि. पुतपुत धुवाँ आउने; पुतपुत धुवाँ छोडेर बल्ने।
54382 पुतपुत्याइ/पुतपुत्याहट ना. पुतपुतिने भाव स्थिति वा क्रियाप्रक्रिया।
54383 पुतला ना. १. घाँस, पराल, कुश आदिबाट बनेको मनुष्यको आकृति।
54384 पुतला ना. २. पञ्चकमा मर्नेका साथमा वा विदेशमा मर्ने व्यक्तिका प्रतीकका रूपमा दाह गरिने कुश आदिबाट बनेको मनुष्याकृति।
54385 पुतला ना. ३. विरोधका निम्ति कपडा आदिबाट तयार गरिएको कसैको व्यङ्ग्य-चित्र; कार्टुन।
54386 पुतला ना. ४. आत्मा।
54387 पुतला ना. ५. जीवतत्त्व; प्राणतत्त्व; पुत्लो।
54388 पुतली ना. १. अनेक किसिमका र रङका हुने, शरीरको मूल भाग भन्दा पखेटा ठुला हुने, उड्ने र फूलहरूमा बस्दै रसपान गर्दै गर्ने किराहरूको जाति।
54389 पुतली ना. २. धानमा लाग्ने सेतो जातको किरो।
54390 पुतली ना. ३. काठ, धातु, कपडा आदिबाट बनाइएको, मनुष्य आदिका आकारको खेलौना।
54391 पुतली ना. ४. आँखाका बिचमा हुने कालो भाग; नानी।
54392 पुतली ना. ५. डाँठसहित धानका बालाको विभिन्न आकारमा बनाइएको झुप्पो।
54393 पुतली ना. ६. पुतली फूल।
54394 पुतली कट ना. पुतलीको आकार झैँ पारेर काटिएको जुँघा।
54395 पुतली झ्याल ना. चुलीगारोमा राखिने झ्याल; बुट्टेझ्याल; आँखीझ्याल।
54396 पुतली फूल ना. १. उड्ने पुतलीका पखेटा जस्तै छिरबिरे रङ्गका पात हुने फूल।
54397 पुतली फूल ना. २. विभिन्न रङका फूल फुल्ने एक जातको फूल; बर्खेफूल।
54398 पुतली बिहा/ बिहे ना. १. उमेर नपुगेका केटाकेटीको पुतलीको बिहे गरे झैँ गरिने बिहे।
54399 पुतली बिहा/ बिहे ना. २. पुतलीको बिहे गरेर खेल्ने बाल्यक्रीडा।
54400 पुतली बुट्टा ना. पुतली जस्तै देखिने पारेर बनाइएको बुट्टा।