Dictionary

All Word

53401 पास४ भन्ज्याङ (खैवर पास, नाथुला पास)।
53402 पासलपुसल/पासलीपोसली ना. नेपालमा चलेको एक प्रकारको बालखेल।
53403 पास हुवाइ अ.क्रि. १. छात्रछात्राहरू जाँचमा सफल हुने क्रियाप्रक्रिया।
53404 पास हुवाइ अ.क्रि. २. कुनै सभा, बैठक आदिमा पेस गरिएका प्रस्तावहरू पारित हुने क्रियाप्रक्रिया।
53405 पास हुवाइ अ.क्रि. ३. एकातिरबाट अर्कातिरको छिराइ, उम्काइ वा पारहुवाइ।
53406 पासा ना. १. पच्चिस खेलमा झैँ थर्कीको प्रयोग हुने तर कौडीको साटो छ, पाँच, दुई र एक बिन्दु हुने लाम्चो र चारपाटे टुक्रो गुडाएर खेलिने खेल।
53407 पासा ना. २. सो खेलमा गुडाइने तीनमध्ये कुनै एक टुक्रो वा गुड्को।
53408 पासो१ ना. बन्चरो, कोदालो आदिको बिँड घुसार्ने भाग।
53409 पासो२ ना. गाईबस्तुका दायाँ र बायाँतिरका दुई थुनको समूह; फाँचाको दायाँ वा बायाँ भाग।
53410 पासो३ ना. १. पशुपक्षी वा मानिसलाई फसाउने सुर्काउनी पारेको डोरी; पाश; जाल।
53411 पासो३ ना. २. बाघ, भालु आदि जन्तुलाई थुन्ने खोर; धराप।
53412 पासो३ ना. ३. अल्झो; झन्झट।
53413 पासो३ ना. ४. आत्महत्या गर्नेले झुन्डिने डोरी।
53414 पास्नी ना. बालकहरूलाई पहिलोपल्ट अन्न खुवाउने संस्कार; अन्नप्राशन।
53415 पाहाँचरे ना. काठमाडौँ जिल्लाका नेवारहरूले घोडेजात्राका दिन मनाउने पाहुनाचाड।
53416 पाहा ना. १. ठुलो जातको पानीभ्यागुतो; ब्याङ। वि.
53417 पाहा ना. २. पाहा जस्तै गरेर सुत्ने; सुताहा; सुतुवा।
53418 पाहा ना. ३. राम्रो हिँड्न नसक्ने; घस्रिए झैँ गरेर हिँड्ने।
53419 पाहा ना. ४. फुर्ती नभएको; जुम्सो।
53420 पाहार ना. पहार।
53421 पाहारिलो वि. पहारिलो; घमाइलो।
53422 पाहि वि.बो. आफ्नो रक्षाका निमित्त अरूसित मद्दत माग्दा प्रयोग गरिने शब्द; गुहार।
53423 पाहिक/पाही वि. पायक; पाइक।
53424 पाहुना ना. अतिथि; पाहुनु।
53425 पाहुना घर ना. पाहुनाहरूलाई बस्न बनाइएको घर; अतिथिनिवास।
53426 पाहुनाचाड/पर्व ना. पाहाँचरे।
53427 पाहुनापाछा ना. पाहुना र पाहुनासमानका मानिसहरूको समूह।
53428 पाहुनु/पाहुनो ना. घरमा बास बस्ने गरी वा केही दिन रहने गरी आएको सत्कार गर्न योग्य इष्टमित्र वा अन्य व्यक्ति; अतिथि; अभ्यागत।
53429 पाहुर१ ना. कसैकहाँ जाँदा सम्मानका निम्ति लगिने वा ल्याइने कोसेली; सौगात; नजराना; पाउर।
53430 पाहुर२ ना. हे. पागुर; उग्राइ।
53431 पिँजडा/पिँजरा ना. चराचुरुङ्गी आदिलाई थुनेर पाल्नाका निम्ति बाँसका छेस्का, तार आदिले बनाइएको खोर।
53432 पिँडालु ना. उत्तानु परेका ठुला, नरम पात हुने; जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक वनस्पति; कर्कला वा त्यसको जराको गानु; कलिलो पात गाभाको रूपमा र जरामा फल्ने गानु; उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष।
53433 पिँडाल्ने ना. सिमसारमा हुने, लामा डाँठ तथा ठुलठुला चिल्ला, हरिया, पानी नअडिने मुटुका आकारका पात हुने सानो जातको जलकुम्भी; त्यसैका फेदमा हुने कोक्याउने कन्दविशेष।
53434 पिँडी ना. १. पेटी; पिँढी।
53435 पिँडी ना. २. डोरीले बनेको खाट; डोको खाट; चारपाई; पिँडी वा पेटीमा ओछ्‌याइने खाट।
53436 पिँडी साँढे ना. आफ्नो गाउँ वा घरमा मात्रै फुर्तीफार्ती गर्ने तर बाहिर गएपछि लुरुक्क पर्ने व्यक्ति; घरसाँढा।
53437 पिँडुली ना. पिँडुलोको सानो रूप। (कविता, गीत र लोकगीतमा प्रयोग)।
53438 पिँडुले वि. ठुलठुला मोटा पिँडुला हुने।
53439 पिँडुलो ना. कुर्कुच्चो र घुँडीखोप्रीका बिचको भुक्क उठेको अवयव; घुँडा र नलीखुट्टाबिचको कसिलो मासु भएको छेपारी।
53440 पिँडे वि. ठुलठुला पिँडा वा फिला हुने (खसी, भेडा आदि)।
53441 पिँडो ना. १. गाई-गोरुलाई खुवाउन पिठो र सखर मिलाई डल्लो पारिएको दाना; पिठो र सखर मिलाई डल्लो पारिएको, गाई-गोरुले खाने दाना।
53442 पिँडो ना. २. खान भनी काटेका पशुको पिँडुलो वा पिँडुलाको मासु।
53443 पिँडौला/पिँडौलो ना. घुँडादेखि मुनि नलीखुट्टाको पछिल्तिर भुक्क उठेको मांसल भाग; पिँडुलो।
53444 पिँढिया ना. धानको दाइँ गरेपछि मनाइने उत्सव; थारु-जातिको भूमे पूजा र त्यससम्बन्धी उत्सव।
53445 पिँढी ना. १. बस्न र केही राख्न हुने गरी गाराको सट्टा थामहरू हाली बनाइएको, घरको गाराबाहिरको भाग; दलान; पिँडी।
53446 पिँढी ना. २. बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंशपरम्परा; पुस्ता (जस्तो-सातौँ पिँढी, आठौँ पिँढी आदि)।
53447 पिँढी ना. ३. उमेर अवस्थाका आधारमा निर्धारित मानिसहरूको जमात। (उदा.- बाल पिँढी, युवा पिँढी, नयाँ पिँढी, भोको पिँढी आदि)।
53448 पिँढी साँढे ना. आफ्ना गाउँ वा घरमा फुर्ती देखाउने तर अन्यत्र केही बोल्न-गर्न नसक्ने व्यक्ति; आफ्नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिँडीसाँढे।
53449 पिँद्नु स.क्रि. चूर्ण पार्नु; धुलो पार्नु; पिन्नु; पिँध्नु।
53450 पिँदाइ ना. पिँधाइ।