Dictionary

All Word

52801 पादारविन्द ना. पादकमल।
52802 पादिनु क.क्रि. अपानवायु छोडिनु; पाद्ने काम गरिनु।
52803 पादुक वि. पैदल जाने; खुट्टाले हिँड्ने।
52804 पादुका ना. १. खराउ।
52805 पादुका ना. २. जुत्ता।
52806 पादुकादान ना. १. जुत्ता दान दिने एक धार्मिक कार्य।
52807 पादुकादान ना. २. जुत्ता वा खराउ दिने काम।
52808 पादुकास्थान ना. दैलेख जिल्लाको दुल्लु बजारदेखि दुई कोस पश्चिमपट्टि पादुका खोलाका किनारमा रहेको एक मन्दिर। (यहाँ सतीदेवीको पाउ झरेको र परापूर्वकालदेखि एक ज्वाला बलिरहेको छ भन्ने कथन छ।)
52809 पादोदक ना. चरणोदक; खुट्टाको जल।
52810 पाद्य वि. १. गोडासम्बन्धी; चरणको।
52811 पाद्य वि. २. पूज्य व्यक्ति वा देवदेवीको पाउ धुने (पानी)। ना.
52812 पाद्य वि. ३. देवकार्यमा पूजा गर्दा चढाइने पवित्र जल; पाद्योदक।
52813 पाद्यार्घ ना. १. हातपाउ धुने पानी।
52814 पाद्यार्घ ना. २. पूजाका सामग्री; पूजासामा।
52815 पाद्यार्घ ना. ३. पूजाका निम्ति छुट्ट्याइएको कुनै वस्तु।
52816 पाद्यार्घ्य ना. हे. पाद्यार्घ।
52817 पाध्या/पाध्ये ना. ब्राह्मण। स्त्री. पाध्येनी।
52818 पान ना. १. पिउने काम; पन्यालो पदार्थ वा धुवाँ निल्ने काम।२. पिइने पदार्थ; पेय पदार्थ।
52819 पान ना. ३. चुम्बन; म्वाइँ। [पञ्च] ना. / वि.
52820 पान ना. ४. 'पाँच' शब्दको अपभ्रंश रूप। [सं. पानीय>पानी]
52821 पान ना. ५. समास भएका केही शब्दको आरम्भमा देखिने 'पानी'-को सङ्क्षिप्त रूप (जस्तै- पानढिकी, पानडोको इ.)। [सं. पर्ण (=पात)]
52822 पान ना. ६. पिपल का पातका आकारका पात हुने एक प्रसिद्ध लहरो; ताम्बुली; खयर, चुन आदि हालेर खाइने, आयुर्वेदमा रक्तवर्धक, कफनाशक, बलवर्द्धक र रुचिकारक गुण बताइएको त्यसैको पात।
52823 पान ना. ७. खयर, चुन, सुपारी आदि हाली बनाइएको सोही पातको खिली।
52824 पान ना. ८. पानकै पातका आकारका राता फुट्टी हुने तासका चक्कीको एक प्रकार।
52825 पानगोष्ठिका/गोष्ठी ना. चिया वा रक्सी आदिका साथ चमेना गर्न भेला भएको समूह।
52826 पानडोको ना. पानी बोक्ने वा पानीको गाग्रो हालेर बोक्ने सानो खालको डोको।
52827 पानढिकी ना. १. पानीको कुलाबाट वा पानीका वेगबाट चलाइने ढिकी।
52828 पानढिकी ना. २. त्यस्ता यन्त्रले एक टक मारेको मोहर।
52829 पानमोहर ना. पानीका वेगबाट चल्ने यन्त्रले टक मारेको सिक्का।
52830 पानदश ना. पाँच, दश, पन्ध्र, बिस गरी पपाँचको फरक गर्दै गनेर खेल्ने डन्डीबियाको एक खेल। (उदा.- 'पान्दस् जम्मा दण्डको चार खेल,व्यर्थै खेल्थ्याँ झल्ल भो आज बल्ल')।
52831 पानदान/दानी ना. पान र त्यसका मसलाहरू हाल्ने भाँडो।
52832 पानदुई ना. एक पासामा पन्जा र शेष दुई पासामा पोट परी जम्मा सात फुट्टी हुने पासाको दाउ।
52833 पानपाते ना. १. पानका पातका आकारका पात हुने एक जातको सानो जलकुम्भी। वि.
52834 पानपाते ना. २. पानका पातका आकारको; पानको पातजस्तो।
52835 पानपात्र ना. जाँड, रक्सी आदि मादक पेय पदार्थ पिउने भाँडो; चषक।
52836 पानफूल ना. १. सानोतिनो कोसेली; अल्प उपहार; श्रद्धासहितको सानो नजराना।
52837 पानफूल ना. २. पारिश्रमिक (शिष्टार्थमा)।
52838 पानफूल ना. ३. घुस (कूटार्थमा)।
52839 पानबट्टा ना. पान र त्यसका मरमसला हाल्ने भाँडो।
52840 पानबुट्टा ना. पानका पातका आकारका बुट्टा।
52841 पानबुट्टे वि. पानका पातका आकारको बुट्टा भएको; पानपाते बुट्टा भएको।
52842 पानभूमि ना. मदिरा पिउने ठाउँ; भट्टी।
52843 पानमण्डल ना. पियक्कडहरूको जमात; जाँडरक्सी पिउनेहरूको समूह; रक्स्याहा-मण्डली।
52844 पानरत वि. जाँडरक्सी आदि मादक पदार्थ पिउने आदत बसेको; जँड्याहा; रक्स्याहा।
52845 पानस ना. ठडौराको सिरानमा जडिएको दियोमा तेलआदि हालेर बालिने बत्ती; फानुस; साधारण कोटिको सुकुन्डो।
52846 पानसुपारी ना. मेजमान वा अतिथि आदिको सम्मानका निम्ति खुवाइने वा दिइने पान र सुपारी।
52847 पाना१ ना. १. पुस्तक, पुस्तिका आदिको पत्र; पातो; पन्ना।
52848 पाना१ ना. २. फूलका थुँगाको पत्र।
52849 पाना२ ना. एक बालीसम्म जोत्न भनी कसैबाट गोरु लिएबापत गोरुधनीलाई दिइने अन्नको दस्तुर।
52850 पानाकर ना. रुपियाँ-पैसाका आधारमा लिच्छविकालमा लगाइएको एक प्रकारको कर।