Dictionary

All Word

52751 पाद२ ना. २. श्लोक वा पद्यको पाउ; चरण; पद।
52752 पाद२ ना. ३. कुनै वस्तुको चौथो भाग; चतुर्थांश।
52753 पाद२ ना. ४. पुस्तकको प्रकरण।
52754 पाद२ ना. ५. कुनै वस्तुको तल्लो भाग; पिँध।
52755 पाद२ ना. ६. जरो; जड; मूल।
52756 पादकटक ना. पाउजेब।
52757 पादकमल ना. १. कमलजस्ता नरम र राता पाउ; चरणकमल।
52758 पादकमल ना. २. गोडा; पाउ (आदरार्थमा)।
52759 पादक्षेप ना. १. टेकाइ; टेक्ने काम।
52760 पादक्षेप ना. २. हिँडाइ।
52761 पादक्षेप ना. ३. लात।
52762 पादचाप ना. खुट्टाले टेक्दा हुने थर्कन; टेकाइ; कुल्चाइ।
52763 पादचार ना. पैदल जाने काम; पैदल हिँडाइ।
52764 पादचारी वि. १. पैदल यात्री; पैदल हिँड्ने। ना.
52765 पादचारी वि. २. पैदल सेना; पदाति।
52766 पादजल ना. देवता वा मान्य जनका पाउ धोएको जल; चरणोदक; चरणामृत।
52767 पादटिप्पणी ना. पृष्ठका पुछारमा राखिने कुनै विषयको प्रमाण वा पुष्टिका निम्तिको टिप्पणी; खुरेटिपोट।
52768 पादटीका ना. कुनै ग्रन्थमा पृष्ठका पुछारमा सूचना, निर्देश, व्याख्या आदिका निम्ति लेखिएको टिप्पणी।
52769 पादतल ना. पैतालो; तलुवा।
52770 पादत्राण ना. जुत्ता; उपानह; पाउलो।
52771 पाददलित वि. १. गोडाले कुल्चिएको; खुट्टाले टेकिएको।
52772 पाददलित वि. २. थिचिएको; दबाइएको।
52773 पाददलित वि. ३. पराजित; अपमानित।
52774 पादन्यास ना. पाइलो राख्ने वा टेक्ने काम; टेकाइ; कुल्चाइ।
52775 पादपङ्कज ना. पादकमल।
52776 पादपथ ना. पैदल हिँड्नुपर्ने बाटो; गोरेटो; डोरेटो।
52777 पादपद्म ना. पादकमल।
52778 पादपीठ ना. १. राजसिंहासनमुन्तिर पाउ राख्न बनाइएको सानो चौकी; उपधानी।
52779 पादपीठ ना. २. अग्ला आसनको तल खुट्टा राख्न बनाइएको चौकी।
52780 पादपीडा ना. काँडो आदि बिझ्दा वा घाउ हुँदा खुट्टामा हुने पीडा।
52781 पादपूरण/पूर्ति ना. १. कुनै अपूरो श्लोकको पाउ पूरा गर्ने काम।
52782 पादपूरण/पूर्ति ना. २. निरर्थक वा अनावश्यक शब्दहरू राखेर भए पनि छन्दको पूर्ति गर्ने काम।
52783 पादप्रणाम ना. साष्टाङ्ग दण्डवत् गर्ने काम; पाउमा प्रणाम गर्ने काम; ढोग्ने काम; ढोग।
52784 पादरज्जु ना. पशुहरूको खुट्टो बाँध्ने डोरी; खुट्टे डोरी; खुट्टे।
52785 पादलग्न वि. १. पाउमा लागेको; गोडामा परेको।
52786 पादलग्न वि. २. शरणमा आएको; शरणार्थी।
52787 पादवन्दन/वन्दना ना. पाउ छोएर नमस्कार गर्ने काम; दण्डवत् गर्ने काम।
52788 पादवल्मीक ना. खुट्टा सुन्निने एक किसिमको रोग; थामखुट्टे रोग; हात्तीपाइले रोग; फाइलेरिया।
52789 पादविन्यास ना. १. पाउ राख्ने काम; पाइलो राख्ने काम; खुट्टो टेकाइ; कुल्चाइ।
52790 पादविन्यास ना. २. पदविन्यास।
52791 पादविराम ना. वाक्यमा पद वा वाक्यांशलाई छुट्ट्याउने र विश्राम दिने चिह्न; अल्पविराम; कमा (, ) ।
52792 पादसेवन ना. १. पाउको सेवा गर्ने काम; पाउ छुने काम।
52793 पादसेवन ना. २. सेवाशुश्रूषा।
52794 पादसेवन ना. ३. कमार्तन।
52795 पादसेवा ना. पादसेवन।
52796 पादहत वि. १. लत्याइएको; लात मारिएको।
52797 पादहत वि. २. हेला गरिएको; उपेक्षित।
52798 पादहीन वि. १. खुट्टो नभएको; लँगडो; खोरन्डो।
52799 पादहीन वि. २. श्लोकको कुनै पाउ वा चरण नभएको।
52800 पादाति ना. पैदल सिपाही; पदाति। पादान्त- ना. श्लोक वा पद्यका पाउ वा चरणको अन्त।