Dictionary

All Word

52451 पाट१ ना. १. सन, ओदाल, अर्गेली आदिबाट निकालिएको सुत।
52452 पाट१ ना. २. रेसम; रेसमको सुत।
52453 पाट१ ना. ३. रेसमी कपडा।
52454 पाट२ ना. फैलावट; विस्तार; व्याप्ति; फिँजाइ।
52455 पाटन ना. १. अग्ला-अग्ला पहाडबिचका उचाइमा रहेको सम र अर्धसम मैदान।
52456 पाटन ना. २. नेपालको राजधानीमा रहेका तीन सहरमध्ये एक; ललितपत्तन; ललितपुर।
52457 पाटन जिरा ना. हिमाली लेकतिर पाइने एक बुटी।
52458 पाटपिट ना. हल्का किसिमको पिटाइ; पिटपाट; पाकपुक।
52459 पाटपिटे वि. अरूलाई पाटपिट गर्ने; प्याट्टपुट्ट पिटिरहने।
52460 पाटपुट ना. १. पिटपाट। क्रि.वि.
52461 पाटपुट ना. २. पिटपाटका साथमा।
52462 पाटल ना. १. गुलाफी रङ्ग।
52463 पाटल ना. २. पाखरीको रुख वा त्यसैको फूल। वि.
52464 पाटल ना. ३. लाल; गुलाफी।
52465 पाटला ना. १. पाडरीको रुख।
52466 पाटला ना. २. दुर्गाको एक रूप।
52467 पाटली ना. पाटला।
52468 पाटलीपुत्र ना. १. भारतको पटना सहर।
52469 पाटलीपुत्र ना. २. प्राचीन मगधसाम्राज्यको राजधानी।
52470 पाटव ना. चतुऱ्याइँ; कौशल; पटुता; दक्षता; चलाखी।
52471 पाटविक वि. चलाख; चतुरो; बाठो।
52472 पाटा१ ना. धोती वा धोतीको साटो फेर्ने कुनै वस्त्र (पटुका, गम्छा, रुमाल इ.)।
52473 पाटा२ ना. १. धातुका भाँडाहरूमा घनले पिट्दा बसेको डाम।
52474 पाटा२ ना. २. दुई कुनाका बिचको सोझो रेखा वा विस्तार।
52475 पाटा२ ना. ३. चेप्टो वस्तुको एकातिरको भाग।
52476 पाटा२ ना. ४. एक प्रकारको रङको भुईँमा दोस्रो रङको धर्सा वा चारपाटे बुट्टा।
52477 पाटाको भतेर ना. उघारो ठाउँ तथा अरक्षित अवस्थाको भतेर।
52478 पाटिनु अ.क्रि. १. पाट्ने होइनु। क.क्रि.
52479 पाटिनु अ.क्रि. २. पाट्ने काम गरिनु।
52480 पाटी१ ना. १. केटाकेटीलाई अक्षर लेखाउने काठ, ढुङ्गा आदिको फल्याक; काठ वा ढुङ्गाको सिलोट।
52481 पाटी१ ना. २. दौराका फेरका बिब्ल्याँटापट्टि गाँसिने कपडाको धरो।
52482 पाटी१ ना. ३. हलो बाँध्दा हरिस मिलाउन ठोकिने काठको च्याप्टो चोइटो।
52483 पाटी१ ना. ४. आराले चिर्दै गरेका काठको चिरिएको भागतिर चिर्न सजिलो पार्न ठोकिने काठको टुक्रो।
52484 पाटी१ ना. ५. कुनै दुलो परेको ठाउँ बुच्याउन ठोकिने काठको ठेडी।
52485 पाटी२ ना. १. कुनै काम वा निर्माण तथा रचना आदिको पद्धति; शैली; तरिका।
52486 पाटी२ ना. २. परिपाटी; रीति; शैली।
52487 पाटी२ ना. ३. पाटीगणित; अङ्कगणित।
52488 पाटी३ ना. १. बटुवाहरूलाई विश्राम गर्न एवं वास बस्नका निम्ति बनाइएको घर; धर्मशाला; टौवा; ठाँटी।
52489 पाटी३ ना. २. खाटका लम्बाइ वा चौडाइतिरका चार थान बला।
52490 पाटीको वास ना. घरद्वार नभई पाटीमा बस्नुपर्ने अवस्था।
52491 पाटी गणित ना. १. गणितशास्त्र।
52492 पाटी गणित ना. २. धुलौटोमा कोरिएको हिसाब।
52493 पाटीपौवा ना. १. बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पानीको समेत व्यवस्था भएको पाटी; पाटी र धारा; पाटी र पौवा।
52494 पाटीपौवा ना. २. खाट वा चौकीका चार थान पाटी र चार थान पौवा (खुट्टा); फलेक वा डन्डीबाहेक खाटका अन्य उपकरण।
52495 पाटीबिर्ता ना. पाटी-पौवाको रेखदेख गर्ने व्यक्तिले पाएको बिर्ता; पौवालीको बिर्ता।
52496 पाटु वि. धानी रङ वा वर्णको (गाई)।
52497 पाटे वि. १. पाटैपाटा परेको; पाटा भएको; पाटावाल।
52498 पाटे वि. २. अत्यधिक; ज्यादै; धेर; पट्ट।
52499 पाटे वि. ३. बारीको पाटामा पाइने; पाटामा हुने।
52500 पाटे अल्सी वि. ज्यादै अल्छी; अल्छीको राजा; पट्ट अल्छी।