Dictionary

All Word

52301 पाको वि. ३. प्रौढ; अनुभवी; जानिफकार; परिपक्व।
52302 पाको इँट ना. पोलेको इँट।
52303 पाको तेल ना. भुटेको वा पकाएको खाने तेल।
52304 पाकोपचार ना. पाकस्थलीसम्बन्धी रोगको उपचारक्रिया।
52305 पाक्कपुक्क ना. / क्रि.वि. पाकपुक।
52306 पाक्के ना. पाकेको वा पकाएको खानेकुरो (दाल-भात आदि)।
52307 पाक्य वि. १. पकाउन योग्य; पकाउनुपर्ने। ना.
52308 पाक्य वि. २. पकाएको कुरो; पाक्के।
52309 पाक्षिक वि. १. पक्षसम्बन्धी; पक्षको।
52310 पाक्षिक वि. २. प्रत्येक पन्ध्र दिनमा हुने वा प्रकाशित गरिने।
52311 पाखण्ड ना. १. वेदविरुद्ध आचरण गर्ने व्यक्ति; सम्प्रदाय वा मत।
52312 पाखण्ड ना. २. देखावटी भक्ति; पाठपूजा आदिको आडम्बर; ढोँग।
52313 पाखण्ड ना. ३. छल; धोका।
52314 पाखण्ड ना. ४. धूर्तता; चिप्ल्याइँ।
52315 पाखण्ड ना. ५. नैसर्गिक धर्मका विपरीत धर्म।
52316 पाखण्ड ना. ६. भगवान् र भक्तका बिचमा महात्माले मध्यस्थता गर्ने कुनै पनि धर्म; अप्रत्यक्ष ईश्वर-उपासना।
52317 पाखण्ड मत ना. पाखण्डहरूले चलाएको वेदविरुद्ध नीति।
52318 पाखण्डी वि. १. पाखण्डधर्ममा वा कर्ममा लागेको।
52319 पाखण्डी वि. २. कुमार्गमा चल्ने।
52320 पाखण्डी वि. ३. धूर्त।
52321 पाखनभेद ना. हे. पाषाणभेद।
52322 पाखरी ना. कलेजी रङका तरवारे फल फल्ने, सेता वा राता रङका फूल फुल्ने र चाँपका ढबका पात हुने एक जातको सदाबहार वृक्ष; पाडरी।
52323 पाखा ना. पाखो।
52324 पाखाबारी ना. १. मकै, भटमास आदि हुने पाखो जग्गा।
52325 पाखाबारी ना. २. पानी नलाग्ने भिरालो परेको बारी; भित्ते जग्गा।
52326 पाखाबिर्ता ना. वि. सं. १८६२ मा सरकारबाट हरण गरी बाँकी रहेको बिर्ता; बासट्ठीहरणपछि बाँकी रहेको बिर्ता।
52327 पाखाबाली ना. १. पाखामा हुने बालीनाली (मकै, कोदो आदि)।
52328 पाखाबाली ना. २. नगदीबाली।
52329 पाखाबेत ना. पाखामा हुने बेत; महागौरी बेत।
52330 पाखाभित्ता ना. १. घाँच; पहाडको फेदी।
52331 पाखाभित्ता ना. २. डाँडाको छेउछाउ।
52332 पाखाभित्ता ना. ३. भिरालो परेको गोरु नलागेर मुस्किलले अडिएर कुटो-कोदालाले खन्नुपर्ने जमिन।
52333 पाखाभित्ता ना. ४. पाखोपखेरो; पखेरो।
52334 पाखी ना. धेरै भुवा भएको बाक्लो, मोटो र खस्रो ऊनीको ओढ्ने; धुस्सा।
52335 पाखुरी ना. १. सानो पाखुरो।
52336 पाखुरी ना. २. पाखुरो (गीत, कविता आदिमा)।
52337 पाखुरी ना. ३. रोटे पिङमा दुईतिर दुई हातले समाउने ठाडा काठ।
52338 पाखुरे वि. १. आफ्नै हातले काम गर्ने; आफ्ना बाहुबलले जीविका गर्ने।
52339 पाखुरे वि. २. बलिया पाखुरा हुने; मर्द; लाठे। ना.
52340 पाखुरे वि. ३. मोहीले पनि खेती गर्न दिएको अर्को मोही; पाखुरे मोही; मोही।
52341 पाखुरे तमसुक ना. कपाली तमसुकभन्दा अलिक साधारण किसिमको तमसुक।
52342 पाखुरे दाउरा ना. झन्डै पाखुराजत्रा गोलमिल्दा दाउरा।
52343 पाखुरे माछो ना. पाखुरा जस्तै वा पाखुराका आकारको माछो।
52344 पाखुरे मोही ना. मोहीको पनि मोही; पाखुरे।
52345 पाखुरो ना. हर्थुङ्गामाथिदेखि कुमसम्मको हातको भाग; कुहिनादेखि उँभो र काँधदेखि तलतिरको हातको भाग; बाहु।
52346 पाखे वि. १. पाखामा हुने।
52347 पाखे वि. २. पाखामा बस्ने।
52348 पाखे वि. ३. असभ्य; ग्वाँजे।
52349 पाखे वि. ४. पाखावाल (घर)।
52350 पाखे खिचुवा ना. बार्दली र दलानको छानो र मूल छानो एउटै भएको बार्दलीसहितको घर।