Dictionary

All Word

52101 पहेँलपित्त ना. पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग; कमलपित्त; कामला; जन्डिस; गायो; पहेँले।
52102 पहेँलपुर वि. सर्वत्र पहेँलो भएको; पहेँलै भएर रहने; पहेँलाम्मे।
52103 पहेँला ना. धानमा बाला निस्कने बेलामा र मकैमा घोगा पसाउने बेलामा पातमा देखिने पहेँलोपन।
52104 पहेँलाम्मे वि. पहेँलपुर, पीतमय।
52105 पहेँल्याइ ना. पहेँला दृष्टिगोचर हुने कार्य।
52106 पहेँलिनु अ.क्रि. पहेँलो हुनु; पीत रङ्गको बन्नु।
52107 पहेँली वि. १. पहेँलो वर्णको; पहेँलो रङ हुने।
52108 पहेँली वि. २. पहेँलो वर्णकी (नारी)।
52109 पहेँली काठ ना. पहेँलो काठ हुने एक जातको रुख।
52110 पहेँली पात ना. मकै पाक्नलाई खोस्टो पहेँलो हुने अवस्था; पहेँला।
52111 पहेँली मकै ना. पहेँला गेडा हुने एक जातको लेकाली मकै।
52112 पहेँले वि. १. पहेँलो भएको; पहेँलो वर्णको। ना.
52113 पहेँले वि. २. पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग; कमलपित्त; गायो; पित्तव्याधि।
52114 पहेँले वि. ३. अदुवाको जस्तो बोट हुने, सखरखण्डका ढबको पहेँला सेला फल्ने र औषधीका रूपमा काम लाग्ने एक कन्द।
52115 पहेँलो ना. १. सुन, बेसार आदिको जस्तो रङ; पीत। वि.
52116 पहेँलो ना. २. त्यस्तो रङको।
52117 पहेँलो अगरु ना. पहेँलो काठ हुने एक जातको अगरु।
52118 पहेँलो केवँरा ना. पहेँलो फूल र डाँठ हुने एक जातको केवँरा।
52119 पहेँलो घाम ना. सायङ्कालको तापहीन सूर्यको प्रकाश; सूर्य डुब्नुभन्दा अगाडिको घाम। (यस्तो घाम भएको बेला केटाकेटीलाई भूत लाग्छ भन्ने अन्धविश्वास छ।)
52120 पहेँलो चना ना. पहेँलो वर्णको एक जातको चना; गौरचणक; काबुलीचना।
52121 पहेँलो बलु ना. किनारामा दाँती परेका ससाना पात हुने पहेँलो फूल र ससाना हरिया फल लाग्ने एक किसिमको झारविशेष (यसलाई आयुर्वेदमा बलवीर्यवर्द्धक, धातुको रोग विनाश गर्ने र रगत बढाउने भनिएको छ)।
52122 पहेँलो मार्सी ना. पहेँला बोक्रा हुने उत्तम जातको धान।
52123 पहेँलो मुगी ना. शरत्कालमा पाक्ने एक जातको मुगी।
52124 पहेँलो सहचर ना. पहेँलो फूल फुल्ने एक जातको सहचर बुटी।
52125 पहेँलो सूर्यभक्ति ना. पहेँलो फूल फुल्ने एक जातको सूर्यभक्ति फूल।
52126 पहेँल्याइ ना. पहेँलिने भाव, क्रिया वा प्रक्रिया।
52127 पहेँल्याइनु क.क्रि. पहेँलो तुल्याइनु।
52128 पहेँल्याउनु प्रे. क्रि. पहेँलो पार्नु वा पार्न लाउनु।
52129 पहेली ना. १. भ्रमात्मक वा घुमाउरो किसिमले दिएको लक्षणका आधारमा कुनै वस्तुको नाउँ वा उत्तर दिनुपर्ने जटिल शब्द वा वाक्य; उत्तर लुकेको प्रश्न; अत्तो; कूट; प्रहेलिका; अड्को।
52130 पहेली ना. २. हत्तपत्त बुझ्न नसकिने जटिल कुरो; कठिन समस्या।
52131 पहेली ना. ३. गम्भीर रहस्य।
52132 पाँ ना. पानी।
52133 पाँक/ पाँको ना. हिलो; लेदो; पाँगो।
52134 पाँगा ना. स्वास्नीमान्छेले लगाउने स्वदेशी घरबुनाको लुगा (दिव्य.)।
52135 पाँगे वि. १. पाँगो भएको; लेदो । ना.
52136 पाँगे वि. २. पाँगे नुन।
52137 पाँगे नुन ना. समुद्रका छेउको लेदो खारी बनाइएको खाने नुन।
52138 पाँगो ना. नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो; मदम।
52139 पाँगो भूमि ना. नदीले थुपारेको पाँगो माटाले बनेको जमिन।
52140 पाँगो माटो ना. नदीले बगाएर ल्याउने, उब्जाउका निम्ति उपयोगी मिहिन र लस्सादार मलिलो माटो।
52141 पाँच ना. १. चार र एकका योगको सङ्ख्या; पाँचको अङ्क।
52142 पाँच ना. २. वि. चार र एकका योगको।
52143 पाँच अङ्गुले ना. १. हर्थुङ्गाका आकारको एक बुटी; करज्योडी। वि.
52144 पाँच अङ्गुले ना. २. पाँच अङ्गुलका परिमाणको।
52145 पाँच अङ्गुले ना. ३. पाँचवटा औँला हुने।
52146 पाँच औँले ना. पहेँलो फूलको भागमा गुलाबी टिकटिके भएको पाँच औँलाका आकारको कन्द हुने, (आयुर्वेदमा यसका जरालाई पौष्टिक र रुचिकारक भनिएको) बुटीविशेष; पाँच अङ्गुल।
52147 पाँचखाल ना. काभ्रे जिल्लाको धुलिखेल पूर्वोत्तरको एक रमणीय उपत्यका।
52148 पाँचतीन ना. एक पासामा पन्जा, अर्कोमा दुवा र अर्कोमा पोट मात्र पर्दा हुने पासाको एक दाउ।
52149 पाँचथर ना. नेपालको पूर्वाञ्चलअन्तर्गत मेची अञ्चलमा पर्ने एक जिल्ला।
52150 पाँचपाते ना. पाँचचोसे आकारको मझौला खालको डाले घाँस।