Dictionary

All Word

85951 सन्देहवाद ना. वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधुरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त।
85952 सन्देहवादी वि. १. सन्देहवादमा लाग्ने; सन्देहवादको अनुयायी।
85953 सन्देहवादी वि. २. सन्देह गर्ने; शङ्का लिने।
85954 सन्देहात्मक वि. सन्देहले भरिएको; सन्देहपूर्ण; शङ्का हुने सन्दिग्ध।
85955 सन्देहास्पद वि. सन्देहात्मक; सन्दिग्ध।
85956 सन्धान ना. १. जोर्ने वा मिलाउने काम; सम्बन्ध, मेल।
85957 सन्धान ना. २. मिसाइने वस्तु,काम वा कुरो; मिसावट; मिश्रण।
85958 सन्धान ना. ३. खोज्ने, पत्ता लाउने काम; खोजी; अन्वेषण।
85959 सन्धान ना. ४. हतियार आदिको ताकिने वा हिर्काइने साधन (काँड, घुयेँत्रो, मट्याङ्ग्रो,गोली आदि)।
85960 सन्धान ना. ५. खान रुचि जगाउने चखिलो स्वादिलो वस्तु; अचार।
85961 सन्धान ना. ६. जोर्नी; सन्धि।
85962 सन्धान ना. ७. एकाग्रता।
85963 सन्धान ना. ८. स्वर आदिको साधन।
85964 सन्धान ना. ९. आसव झिक्ने काम।
85965 सन्धि ना. १. परस्परमा मिल्ने काम; मेलमिलाप; मित्रता; मैत्री।
85966 सन्धि ना. २. दुई वस्तुका माझको खाली ठाउँ; अन्तर।
85967 सन्धि ना. ३. दुई वा त्यसभन्दा बढी वस्तु वा अवयव जोडिएको ठाउँ;जोर्नी; गाँस।
85968 सन्धि ना. ४. मर्मस्थल; जननेन्द्रिय आदि।
85969 सन्धि ना. ५. परस्परको विरोध हटाई मेलमिलापसँग रहन तथा सहयोगी हुन दुई राष्ट्र वा समूहका बिचमा गरिएको मैत्रीपूर्ण वाचा-बन्धन; सम्झौता।
85970 सन्धि ना. ६. एक अवस्था वा युगको समाप्ति भई अर्को अवस्था वा युगको प्रारम्भ हुने समय।
85971 सन्धि ना. ७. व्याकरणमा नियमले उच्चारण गरिने ठाउँका अघिल्लो शब्दको अन्त्य वर्ण र पछिल्लो शब्दको आदि वर्ण केही परिवर्तित भई एकरूप भएर मिल्ने काम वा नियम।
85972 सन्धि ना. ८. नाटकमा प्रधान कुरासँग सम्बन्धित कथाको पाँच अवान्तर सम्बन्ध (मुख, प्रतिमुख, गर्म, विमर्श, र निर्वहण )।
85973 सन्धि ना. ९. चोरले घरमा घुस्नका निम्ति खनेको सुरुङ वा प्वाल; सेँध।
85974 सन्धिपत्र ना. दुई देशका बिचमा रक्षा, वाणिज्य, संस्कृति आदि विषयमा मेलमिलापको वार्ता टुङ्गिएपछि लेखिने त्यससम्बन्धी सर्तसहितको कागत।
85975 सन्धिबन्धन ना. स्नायु; शिरा।
85976 सन्धिबाथ ना. शरीरका जोर्नीजोर्नीमा हुने बाथको रोग।
85977 सन्धिभङ्ग ना. १. सन्धिमा लेखिएका सर्तअनुसार कामकारबाई नभएको वा नहुने स्थिति; सन्धिपत्रको उल्लङ्घन वा टुटाइ।
85978 सन्धिभङ्ग ना. २. वैद्यशास्त्रका अनुसार, हातगोडा आदिको जोर्नीको हाड भाँचिनेफुट्ने क्रिया वा अवस्था।
85979 सन्धिविच्छेद ना. १. परस्परमा भएको सन्धि वा सम्झौता टुट्ने वा टुटाउने काम; सन्धिभङ्ग।
85980 सन्धिविच्छेद ना. २. व्याकरणका अनुसार सन्धि भएका शब्दहरूलाई टुक्रयाई पूर्वरूप देखाउने काम। (जस्तो- शिक्षालय =शिक्षा + आलय, गणेश= गण+ईश)।
85981 सन्धिसर्पन ना. नजिकका घरलाई साँध र त्यसको छेउछाउमा रहेको जग्गाजमिन, बाटोघाटो, तागोतगारो, पानीपँधेरो, वन-जङ्गल आदिबाट हुने असजिलो अवस्था वा ती कुनै वा सबै नभई नहुने मर्का।
85982 सन्धिस्थल ना. १. शरीरको जोर्नी वा मर्मस्थल।
85983 सन्धिस्थल ना. २. केन्द्रीय भाग; बिचको ठाउँ।
85984 सन्धेय वि. सन्धि गर्न योग्य; खोज्न लायक।
85985 सन्ध्यक्षर ना. सन्धि भई बन्ने ऐ, औ स्वरवर्ण।
85986 सन्ध्या ना. १. अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय; साँझ।
85987 सन्ध्या ना. २. साँझमा उपासना गरिने देवी (प्रातःसन्ध्या, मध्याह्नसन्ध्या र सायं-सन्ध्या)।
85988 सन्ध्या ना. ३. सन्ध्यादेवीको उपासनामा जपिने मन्त्र; गायत्रीजप; सन्जे।
85989 सन्ध्या ना. ४. ब्रह्माकी पत्नीको नाम।
85990 सन्ध्या ना. ५. दुई युगका बिचको समय; सन्धिकाल।
85991 सन्ध्याकाल ना. सन्ध्याको समय; साँझको बेला; सन्जेकाल।
85992 सन्ध्योपासना ना. १. सन्ध्याका समयमा गरिने उपासना (गायत्रीको जप, पाठपूजा आदि)।
85993 सन्ध्योपासना ना. २. गुरुबाट पाएका मन्त्रको बिहानबेलुकी गरिने जप।
85994 सन्न क्रि.वि. १. रिसाउने, तात्ने वा सन्कने जस्तै गरी।२. गोली, बाण आदि वेगसित आउने किसिमले।
85995 सन्न क्रि.वि. ३. तरल पदार्थ आदि नरोकिईकन एक खेप पिएर वा खाएर।
85996 सन्न क्रि.वि. ४. घबराउने कुरो सुन्दा मन र मस्तिष्क झस्कने छाँटसित।
85997 सन्नति ना. १. अभिवादन; सादर प्रणाम।
85998 सन्नति ना. २. विनम्रता।
85999 सन्नति ना. ३. मोडदार पर्वतको तलतिर मोडिएको खण्ड।
86000 सन्नद्ध वि. १. ठिकठाक भएको; तयार; कटिबद्ध।