Dictionary

All Word

87751 साँघुरिनु अ.क्रि. साँघुरो हुनु; साङ्ग्रिनु; खुम्चिनु; चाउरिनु; साँगुरिनु।
87752 साँघुरी वि. अलिअलि साँघुरिएको; थोरै साँघुरो (जस्तो- साँघुरी डाँडो, साँघुरी गढी, साँघुरी भन्ज्याङ आदि)।
87753 साँघुरो वि. १. लम्बाइ वा चौडाइ सानो भएको; फराकिलो नभएको; साङ्ग्रो; कोप्चो; साँगुरो।
87754 साँघुरो वि. २. चाहिँदो मात्रामा नअटाउने; वस्तुअनुसार सानो (ठाउँ, भाँडो, लुगा आदि)। ना.
87755 साँघुरो वि. ३. खाँचो; हर्जा।
87756 साँघुरो वि. ४. कमी; न्यूनता।
87757 साँघुऱ्याइ ना. १. साँघुरिने भाव, क्रिया वा प्रक्रिया; साँगुऱ्याइ । [√ साँघुऱ्याउ + (आइ)]
87758 साँघुऱ्याइ ना. २. साँघुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
87759 साँघुऱ्याइनु क.क्रि. साँघुरो पारिनु; साँगुऱ्याइनु।
87760 साँघुऱ्याउनु स.क्रि. साँघुरो पार्नु; साँगुऱ्याउनु।
87761 साँच्नु स.क्रि. १. खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु; सञ्चित गर्नु; बचाउनु।
87762 साँच्नु स.क्रि. २. एकत्रित गरेर राख्नु; जम्मा गर्नु; सङ्ग्रह गर्नु; सँगाल्नु।
87763 साँच्नु स.क्रि. ३. कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु।
87764 साँचासाँची वि. झुटो वा ठट्टाका रूपमा नभएको; बनावटी वा देखावटी नभएको; सत्य; यथार्थ; वास्तविक; साँचो।
87765 साँचिनु क.क्रि. १. जम्मा गरिनु; सङ्ग्रह गरिनु।
87766 साँचिनु क.क्रि. २. जोगाइनु; बचाइनु; उबारिनु। अ.क्रि.
87767 साँचिनु क.क्रि. ३. कतैबाट पनि दुःख नपाउने स्थितिमा पुगिनु; सुरक्षित होइनु; बाँचिनु।
87768 साँचिलो वि. आफूलाई निर्दोष वा साँचो भएको देखाउने; साखुल्ले; साखिलो। स्त्री. साँचिली।
87769 साँचो वि. झुटो नभएको; बनावटी वा देखावटी नभएको; जस्तो छ त्यस्तै; सत्य; वास्तविक। (उदा.- साँचो डग्दैन, झुटो तग्दैन - उखान )।
87770 साँचो ना. १. मुछेको माटो आदि गिलो पदार्थ हालेर विशेष आकारको वस्तु बनाउने साधन; गिलो पदार्थबाट कुनै रूप वा आकार आदि ढाल्ने तदाकार भाँडो।
87771 साँचो ना. २. कुनै बुट्टा वा चित्र छाप्ने साधन।
87772 साँचो ना. ३. ताल्चा खोल्ने साधन।
87773 साँचो ना. ४. जुत्ता बनाउँदा निश्चित आकारको रूप दिन प्रयोग गरिने, काठ आदिको साधन।
87774 साँचोझुटो वि. साँचो र झुटो; सत्य र मिथ्या; सत्यासत्य।
87775 साँचोमुचो ना. १. साँचाहरूका समूह; साँचाको झुत्तो।
87776 साँचोमुचो ना. २. सञ्चिता; बचत।
87777 साँच्चि वि. हे. साँच्ची।
87778 साँच्ची वि. १. जस्ताको तस्तो; साँचो; सत्य; साँच्चि। ना.
87779 साँच्ची वि. २. कुनै कुराका प्रसङ्गमा कुनै अर्को आवश्यक कुरा सम्झँदा भनिने शब्द (उदा.- साँच्ची, आजकाल उनी कहाँ छन् हँ?) क्रि.वि.
87780 साँच्ची वि. ३. साँच्चै; साँच्चीकै।
87781 साँच्चीकै क्रि.वि. साँच्चै।
87782 साँच्चै क्रि.वि. साँचो नै; साँच्चीकै; वस्तुतः।
87783 साँझ ना. १. दिन र रातको सन्धिकाल; दिनको अन्त्य र रात्रिको सुरुको समय; घाम अस्ताएपछिको केही बेरको समय; सन्ध्याकाल; सायङ्काल; बेलुका। क्रि.वि.
87784 साँझ ना. २. दिन र रातको बिचको समयमा।
87785 साँझबत्ती ना. सांस्कृतिक रीति तथा धार्मिक भावनाअनुसार साँझमा घरमा बालिने बत्ती।
87786 साँढ ना. १. साँढे।
87787 साँढ ना. २. सिङ मोटा हुने एक जातको लेकाली ठुलो भेडो; बरुवालको थुमा।
87788 साँढ ना. ३. मोटो र बलियो व्यक्ति।
87789 साँढ ना. ४. मर्यादा, अनुशासन नभएको व्यक्ति।
87790 साँढा वि. कसैका अधीनमा नबस्ने; कसैको अनुशासनमा नरहने; स्वच्छन्द; छाडा।
87791 साँढी ना. १. मानिस मरेका एघारौँ दिन वृषोत्सर्ग गर्दा डामेको बाछाका साथमा छोडिने बाछी।
87792 साँढी ना. २. कसैका नियन्त्रण, अनुशासनमा नरहेकी स्त्री; आफूखुसी आचरण गर्ने स्त्री।
87793 साँढे ना. १. वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढ।
87794 साँढे ना. २. मोटोघाटो र बलियो भईकन मनलागी व्यवहार गर्ने व्यक्ति। वि.
87795 साँढे ना. ३. उच्छृङ्खल; उद्दण्ड ( साँढेको जुधाइ, बाछाको मिचाइ- उखान )।
87796 साँदन ना. सालजस्तो, बाटुला पात र लाम्चा पात हुने दुई भेद भएको एक जातको रुख।
87797 साँध्नु स.क्रि. १. कुनै वस्तुमा नुन, खोर्सानी,अमिलो आदि हालेर मुछी अचार, चटनी आदि बनाउनु।
87798 साँध्नु स.क्रि. २. धेरै कुरा एक ठाउँमा मिलाएर मुछ्नु; रिँध्नु।
87799 साँध्नु स.क्रि. ३. कुरा काट्नु।
87800 साँध ना. हतियार उध्याउने चक्का वा मणिलाई सफा गर्ने पत्थर; सान।