Dictionary

All Word

87651 सहस्राब्दी ना. २. एक हजार वर्ष वा दश शताब्दीको समूह।
87652 सहस्रार्जुन ना. कृतवीर्यका छोरा, पुराणप्रसिद्ध बलिष्ठ राजा; कार्तवीर्य; सहस्रबाहु।
87653 सहस्रौँ वि. हजारौँ।
87654 सहाइ ना. सहने भाव, क्रिया वा प्रक्रिया।
87655 सहाइनु क.क्रि. सहन लाइनु वा सहने पारिनु।
87656 सहाउनु प्रे. क्रि. सहन लाउनु वा सहने पार्नु।
87657 सहाध्यायी वि. १. सँगै अध्ययन गर्ने; सहपाठी। ना.
87658 सहाध्यायी वि. २. त्यस्तो व्यक्ति वा विद्यार्थी।
87659 सहानुभूति ना. अरूको मनमा भएको दुःखको अनुभूतिबाट संवेदित भई आफूलाई हुने अनुभूति; अर्काको दुःख, वेदना आदिमा हुने समान अनुभूति; अरूको दुःख देखेर वा सुनेर आफ्ना मनमा हुने सहानुभव।
87660 सहापराधी ना. सामाजिक, नैतिक वा कानुनी दृष्टिले अपराधपूर्ण काम गर्ने अपराधीलाई साथ दिने व्यक्ति; अपराधीसँग सरिक हुने वा मिलेमतो गर्ने व्यक्ति; मतियार।
87661 सहाय ना. १. सहायता; आड; मदत।
87662 सहाय ना. २. सहायक; मदतगार।
87663 सहाय ना. ३. मित्र; साथी; दौँतर।
87664 सहायक ना. १. कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक गर्न मद्दत गर्ने व्यक्ति' सहायता गर्ने व्यक्ति; लागिमेली गर्ने वा सघाउने व्यक्ति।
87665 सहायक ना. २. आफ्ना अधीनमा रहेर काम गर्ने वा आफूलाई गर्न लागेको काममा सहयोग गर्ने व्यक्ति; सहकारी; सहयोगी।
87666 सहायक ना. ३. मित्र; साथी। वि.
87667 सहायक ना. ४. सहायता गर्ने; सघाउने।
87668 सहायक अनुदान ना. १. कुनै सङ्घ-संस्था तथा स्थानीय तहका अड्डाहरूलाई सहायताका रूपमा वा अन्य प्रयोजनका निम्ति दिइने आर्थिक सहयोग वा चन्दा।
87669 सहायक अनुदान ना. २. आफ्ना साधन र शक्तिले मात्र स्वावलम्बी हुन नसक्ने खालका संस्था वा उद्यमले सहायताका रूपमा सरकारबाट पाउने एकमुस्ट रकम।
87670 सहायक आजीविका ना. मुख्य पेसा वा कामबाट हुने आम्दानीले आफ्नो वा आफूमाथि आश्रित, परिवारका सदस्यहरूको भरणपोषण हुन नसक्ने देखेर केही अतिरिक्त आयका लागि गरिने कामधन्दा; गौण व्यवसाय।
87671 सहायक क्याम्पस प्रमुख ना. विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा क्याम्पसप्रमुखलाई प्रशासनकार्यमा सहायता गर्ने अधिकारी; क्याम्पस प्रमुखभन्दा मुनिको प्रशासनिक अधिकारी।
87672 सहायक ग्रन्थसूची ना. कुनै अनुसन्धानात्मक लेख, पुस्तक आदि लेख्दा सहायता लिइएका पुस्तक, पत्रपत्रिकाहरूको सूची।
87673 सहायक डिन ना. विश्वविद्यालयअन्तर्गतका कुनै अध्ययनसंस्थानमा त्यस अध्ययनसंस्थानका डिनलाई प्रशासनसम्बन्धी काममा सहयोग गर्ने अधिकारी; डिनभन्दा मुनिको प्रशासनिक अधिकारी।
87674 सहायक नदी ना. अर्को ठुलो नदीमा पुगी मिसिएर बग्ने नदी।
87675 सहायक प्रशासक ना. विश्वविद्यालयअन्तर्गत विभिन्न निकायहरूमा प्रशासनिक काम गर्ने तृतीय श्रेणीको अधिकृत कर्मचारी।
87676 सहायक प्रशिक्षक ना. विश्वविद्यालयका क्याम्पसहरूमा प्रशिक्षकभन्दा तल्लो दर्जाको शिक्षक।
87677 सहायक प्राध्यापक ना. विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा अध्यापनकार्य गर्ने, प्रशिक्षकभन्दा माथिल्लो दर्जाको र उपप्राध्यापकभन्दा तल्लो दर्जाको शिक्षक।
87678 सहायक मन्त्री ना. कुनै मन्त्रालयमा मन्त्री वा राज्यमन्त्रीलाई मन्त्रालयसँग सम्बन्धित काममा सहायता पुऱ्याउने मन्त्री।
87679 सहायक मार्ग ना. १. ठुलो राजमार्गमा जोडिने शाखामार्ग।
87680 सहायक मार्ग ना. २. मूल बाटोमा जोडिने गाउँले बाटो वा सानो बाटो।
87681 सहायक रथी ना. शाही सैनिकमा ब्रिगेड वा वाहिनीको एक दर्जा; सेनाको एक उच्च पद (ब्रिगेडियर जनरल )।
87682 सहायक विषय ना. पढाइ हुने विषयहरूमा मूल र अनिवार्य विषयबाहेकको अतिरिक्त विषय।२. शिक्षार्थीले छानेर आफ्नो अध्ययनको मूलविषय नबनाउने अथवा मूलविषयभन्दा कम पाठ्यांशहरू अध्ययन गरिने ऐच्छिक विषय।
87683 सहायता ना. १. कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक सम्पन्न गर्न दिइने आर्थिक, प्राविधिक, शारीरिक आदि मद्दत; सहयोग।
87684 सहायता ना. २. आडभरोसा; आश्रय।
87685 सहायता गृह ना. आपत्ति वा सङ्कटमा परेका मानिसको सहायताका लागि स्थापना गरिएको घर।
87686 सहारा ना. १. सहायता; मदत।
87687 सहारा ना. २. आड; भरोसा।
87688 सहारा ना. ३. आधार; आश्रय।
87689 सहिद ना. आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति।
87690 सहिद दिवस ना. सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली प्रकट गरिने विशेष दिन।
87691 सहिद सप्ताह ना. १. सहिदहरूको अमर सम्झनामा श्रद्धाञ्जली प्रकट गरिने सप्ताहव्यापी कार्यक्रम।
87692 सहिद सप्ताह ना. २. नेपालमा प्रत्येक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने एक साता।
87693 सहिद स्मारक ना. सहिदहरूको अमर सम्झनामा स्थापित वा निर्मित चिह्न सालिक, कुञ्ज, द्वार आदि।
87694 सहिष्णु वि. कष्ट वा पीडा सहन सक्ने; सहनशील।
87695 सहिष्णुता ना. सहिष्णु हुनाको भाव, गुण वा अवस्था; सहनशीलता।
87696 सही ना. १. कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे आदि लगाउने काम; कुनै लिखित कुरामा स्वीकृति वा मन्जुरी दिने काम।
87697 सही ना. २. हस्ताक्षर; दस्तखत।
87698 सही ना. ३. मन्जुरी; स्वीकार। वि.
87699 सही ना. ४. सत्य; साँचो।
87700 सही ना. ५. यथार्थ; उचित; ठिक; मनासिब।