Dictionary

All Word

87551 सहदेवी ना. सहदेवा बुटीको एक भेद; पीतपुष्पी। (सहदेवा र सहदेवी बुटीका टुप्पा स्वतः आई जोडिएर बस्छन् भन्ने कथन छ )।
87552 सहधर्मिणी ना. भार्या; पत्नी।
87553 सहधर्मी वि. १. एउटै धर्ममा विश्वास गर्ने; एउटै धर्म मान्ने; एउटै धर्मको अनुयायी।
87554 सहधर्मी वि. २. समान गुण, धर्म वा स्वभावको। ना.
87555 सहधर्मी वि. ३. पति; लोग्ने।
87556 सहन ना. १. सहने भाव वा क्रिया।
87557 सहन ना. २. क्षमा। वि.
87558 सहन ना. ३. सहेर बस्न सक्ने; सहिष्णु।
87559 सहनशील वि. १. सहन सक्ने स्वभावको; सहिष्णु।
87560 सहनशील वि. २. क्षमाशील।
87561 सहनशील वि. ३. विपत्ति आदिमा धैर्य धारण गर्ने; धैर्यशाली।
87562 सहनशीलता ना. सहनशील हुनाको भाव, गुण वा अवस्था; सहिष्णुता।
87563 सहनायक ना. नाटक, चलचित्र, उपन्यास, काव्य आदिमा नायकको जस्तै प्रमुख भूमिका भएको पात्र; नायकको प्रमुख सहयोगी।
87564 सहनायिका ना. काव्य, नाटक, चलचित्र, उपन्यास आदिमा नायिकाको जस्तै भूमिका भएकी स्त्री पात्र; नायिकाको प्रमुख सहयोगी स्त्रीपात्र।
87565 सहनीय वि. सहन उचित वा योग्य; सहन सकिने; सद्म।
87566 सहपथिक वि. १. बाटोमा सँगसँगै हिँड्ने।
87567 सहपथिक वि. २. एउटै बाटामा हिँड्ने।
87568 सहप्रतिवादी ना. कुनै मुद्दामामिलामा मुख्य प्रतिवादीसँगै प्रतिवादीका रूपमा देखिएको गौण प्रतिवादी।
87569 सहप्रशासक ना. संस्थान आदि अर्धसरकारी वा स्वायत्त संस्थामा उपप्रशासकभन्दा माथिल्लो निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीसरहको प्रशासनिक कर्मचारी।
87570 सहप्राध्यापक ना. उपप्राध्यापकभन्दा माथिल्लो र प्राध्यापकभन्दा तल्लो तहको राजपत्राङ्कित प्रथम श्रेणीसरहको, विश्वविद्यालयमा प्राध्यापन गर्ने शिक्षक; रिडर।
87571 सहपाठी वि. एउटै कक्षामा साथसाथै पढ्ने; एउटै पाठ पढ्ने; सहाध्यायी; पाठेभाइ।
87572 सहभागिता ना. १. सहभागी हुनाको भाव; कुनै कामकुरामा अरूका साथै भाग लिने वा सहभागी भएर काम गर्ने प्रक्रिया वा अवस्था।
87573 सहभागिता ना. २. अरूका साथ मिलेर काम गर्ने अवसर वा अधिकार।
87574 सहभागी वि. १. अरुसरह कुनै कामकुरामा भाग लिने वा सरिक हुने; अरूका साथ भाग लिने।
87575 सहभागी वि. २. कुनै कामको लाभहानिमा समान भागी हुने। ना.
87576 सहभागी वि. ३. त्यस्तै व्यक्ति।
87577 सहभाव ना. एकसाथ हुने क्रिया वा अवस्था; मित्रता; बसउठ; सख्यभाव।
87578 सहभावी वि. १. साथमा रहने; साथसाथ हुने।
87579 सहभावी वि. २. सहचर; साथी।
87580 सहभावी वि. ३. मदतगार।
87581 सहभोज / सहभोजन ना. कुनै पर्व, उत्सव वा आनन्दका अवसरमा एकभन्दा बढी व्यक्ति एक साथ बसेर गरिने भोजन; धेरै जना एकसाथ बसेर खाने काम।
87582 सहभोजी वि. एकसाथ बसेर खाने; सँगसँगै भोजन गर्ने।
87583 सहमत वि. १. अरूसित राय मिलेको; एउटै राय भएको; एउटै मत वा विचार भएको।
87584 सहमत वि. २. मन्जुर भएको।
87585 सहमति ना. सहमत हुनाको भाव वा अवस्था; कुनै कामकुरामा एउटै राय हुने काम; ऐकमत्य।
87586 सहमरण ना. १. साथसाथैको मरण।
87587 सहमरण ना. २. सती जाने काम; सहगमन।
87588 सहयोग ना. १. परस्परमा एकअर्कामा गरिने मद्दत; पारस्परिक सहायता।
87589 सहयोग ना. २. परस्पर मद्दतका साथ गरिने काम।
87590 सहयोगी वि. १. सहयोग गर्ने; मद्दत दिने; मदतगार।
87591 सहयोगी वि. २. परस्परमा सहयोगका साथ वा मिलेर गरिने (कार्यक्रम आदि)।
87592 सहर ना. ठुलठुला सडक, बजार, उद्योग, कारोबार आदि साधनसम्पन्न भएको ठुलो बाक्लो बस्ती; नगर; पुर।
87593 सहर ना. एक जातको टल्कने माछो; शफर।
87594 सहराउँदो वि. १. सबै शरीर चिल्लो हुने।
87595 सहराउँदो वि. २. चिल्लो वा भुटुन पुगेको।
87596 सहरिया वि. १. सहरमा बस्ने वा हुने; सहरसम्बन्धी; सहरको। ना.
87597 सहरिया वि. २. सहरका बासिन्दा।
87598 सहरी वि. सहरमा भएको; सहरको; सहरिया।
87599 सहरीकरण ना. सहर बसाउने वा निर्माण गराउने काम।
87600 सहरी क्षेत्र ना. नगर वा नगरपालिकाको निर्धारित सीमाभित्र पर्ने सहरको क्षेत्र।