Dictionary

All Word

87401 सवाई ना. २. चरणमा प्रायः चौध अक्षर र बाह्रतेह्र अक्षरका पनि हुने एक नेपाली प्रसिद्ध लोकलय र त्यसै लयमा रचित गीत वा कविता।
87402 सवार ना. १. सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी।
87403 सवार ना. २. बग्गी, घोडा आदि हाँक्ने व्यक्ति; सारथि।
87404 सवारी ना. १. घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीँ जाने काम।
87405 सवारी ना. २. कहीँ जानाका लागि वाहनका रूपमा प्रयोग गरिने साधन; यान।
87406 सवारी ना. ३. राजा वा प्रतिष्ठित व्यक्तिको कुनै यात्राका निम्ति प्रस्थान वा यात्राबाट हुने फिर्ती आगमन।
87407 सवारी कर ना. सवारीसाधनमाथि लगाइने कर; सवारीदस्तुर।
87408 सवारी चालक ना. सवारी चलाउने व्यक्ति (ड्राइभर, पाइलट आदि)।
87409 सवारी दर्ता ना. कुनै व्यक्ति वा संस्थाले प्रयोग गर्ने सवारीसाधनलाई सम्बन्धित कार्यालयमा दर्ता गराउने काम।
87410 सवारी दुर्घटना ना. सवारीसाधनमा उत्पन्न खराबीका कारणबाट पर्न सक्ने घटना (मोटर पल्टिनु वा जुध्नु, हवाईजहाज खस्नु, जहाज डुब्नु आदि)।
87411 सवारी साधन ना. सवारीका निम्ति प्रयोग गरिने साधन (घोडा, हात्ती, रेल, मोटर, हवाईजहाज, पानीजहाज आदि)।
87412 सवारी सुविधा ना. १. सवारीका निम्ति प्राप्त हुने घोडा, हात्ती, मोटर, रेल, आदिद्वारा आवागमन गर्न पाइने सुविधा।
87413 सवारी सुविधा ना. २. त्यस्तो सुविधाका निम्ति प्राप्त हुने रकम वा साधन।
87414 सवाल ना. १. कसैसँग कुनै कुरा सोधपुछ गर्ने काम; सोधाइ; प्रश्न।
87415 सवाल ना. २. सजिलै समाधान गर्न नसकिने अप्ठ्यारो विषय; समस्या।
87416 सवाल ना. ३. अड्डाअदालतको कार्य सुचारु रूपले सञ्चालन होस् भन्नाका लागि सम्बन्धित ऐनकानुनअन्तर्गत बनेको नियम।
87417 सवाल जबाफ ना. १. सवाल र जवाफ; प्रश्नोत्तर।
87418 सवाल जबाफ ना. २. तर्कवितर्क; वादविवाद।
87419 सवाल जबाफ ना. ३. घर, कोठा आदिका झ्यालढोकाहरू एकसँग अर्को मिल्ने गरी जोडा मिलाएर राख्ने वा हाल्ने काम।
87420 सविकल्प वि. १. एउटै मात्र नभएर विकल्प वा अर्को पक्ष नि भएको।
87421 सविकल्प वि. २. यही हो भनेर अठोट गर्न नसकिने; सन्दिग्ध। ना.
87422 सविकल्प वि. ३. कुनै आलम्बनको सहायताबाट हुने समाधि।
87423 सविकल्प वि. ४. वेदान्तमा ज्ञाता र ज्ञेयका अन्तरको ज्ञान।
87424 सविता ना. १. सूर्य; दिवाकर।
87425 सविता ना. २. पैदा गर्ने व्यक्ति; सृष्टिकर्ता; उत्पादक।
87426 सविनय क्रि.वि. १. नम्र बनेर; विनयका साथ; विनयपूर्वक। वि.
87427 सविनय क्रि.वि. २. नम्रता भएको; शिष्टता भएको; विनम्र; शिष्ट।
87428 सविस्तार क्रि.वि. कुनै कुरा नछोडीकन; विस्तारका साथ; खुलस्त हुने गरी।
87429 सव्य वि. १. दाहिने; दायाँ।
87430 सव्य वि. २. अनुकूल; सर्दो।
87431 सव्य वि. ३. देब्रे; बायाँ।
87432 सव्य वि. ४. प्रतिकूल; उल्टो। ना.
87433 सव्य वि. ५. दाहिने काँधमा राखिएको जनै फेरि बायाँ काँधमा सार्ने काम।
87434 सव्य वि. ६. यज्ञोपवीत; जनै।
87435 सव्य वि. ७. अङ्गिराका पुत्र मन्त्रद्रष्टा एक ऋषि।
87436 सव्यसाची ना. १. दायाँबायाँ दुवै हातले हतियार चलाउन सक्ने व्यक्ति।
87437 सव्यसाची ना. २. पाँच पाण्डवमध्ये तेस्रा; अर्जुन।
87438 सशक्त वि. शक्तिले युक्त; शक्तिशाली।
87439 सशक्तता ना. सशक्त हुनाको भाव वा अवस्था; शक्तियुक्त स्थिति; शक्तिमत्ता।
87440 सशङ्क वि. १. शङ्का भएको; सन्देहयुक्त; सन्देहास्पद।
87441 सशङ्क वि. २. सतर्क; सावधान।
87442 सशस्त्र वि. साथमा हातहतियार भएको; हतियारयुक्त।
87443 सशस्त्र प्रहरी ना. शस्त्रयुक्त प्रहरी; हातहतियारले सुसज्जित प्रहरी।
87444 सशस्त्र प्रहरी चौकी ना. शस्त्रयुक्त प्रहरी रहने चौकी।
87445 ससल्काइ ना. ससल्काउने क्रिया वा प्रक्रिया।
87446 ससल्काइनु अ.क्रि. ससल्काउने होइनु।
87447 ससल्काउनु अ.क्रि. कुनै काम गर्न उत्सुकता वा चटरपटर देखाउने हुनु; तत्परिनु।
87448 ससल्को ना. कुनै काम गर्न तरखराउने चासो; तत्परता।
87449 ससानु / ससानो वि. १. सानुसानु; सानोसानो; सानो खालको।
87450 ससानु / ससानो वि. २. केही वा थोरै सानो।