Dictionary

All Word

87301 सलज्ज वि. लाज भएको; लज्जायुक्त; लज्जालु।
87302 सलतनत ना. १. कुनै राजा वा शासकद्वारा शासित देश; राज्य; मुलुक।
87303 सलतनत ना. २. कुनै राजा वा शासकको राज्यसञ्चालन गर्ने अधिकार।
87304 सलतनत ना. ३. शासनप्रबन्ध।
87305 सलतनत ना. ४. सम्झौता; सुलह।
87306 सलबल क्रि.वि. १. सर्प, गँड्यौला, माछा, किरा आदि चल्ने वा चलमलाउने गरी; सिलिङबिलिङ भएर।
87307 सलबल क्रि.वि. २. चुलबुले तालमा यताउति गर्दै; चलबल; चलमल। वि.
87308 सलबल क्रि.वि. ३. सलबलाउँदो।
87309 सलबलाइनु अ.क्रि. सलबल गरिनु।
87310 सलबलाउँदो वि. १. सलबल गर्ने; सलबले।
87311 सलबलाउँदो वि. २. सलबल परेको; लदबदो (अचार, तरकारी आदि)।
87312 सलबलाउनु अ.क्रि. सर्प, गँड्यौला, माछा आदि बिस्तारै चल्नु; सिलिङबिलिङ गर्नु; चलमलाउनु।
87313 सलबलिनु अ.क्रि. सलबलाउनु।
87314 सलबले वि. १. सलबल गर्ने बानी भएको; सलबलाउने।
87315 सलबले वि. २. सलबलाउँदो।
87316 सलबल्याहट ना. सलबल गर्ने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
87317 सलमा ना. कपडा आदिमा किसिमकिसिमका बुट्टा आदि भर्ने काममा प्रयोग गरिने, सुनचाँदीबाट बनाइएको मसिनु बेरुवा तार।
87318 सलवार ना. मोहोतो र जाङ ठुलो भएको महिलाहरूले लगाउने एक किसिमको सुरुवाल।
87319 सलसल क्रि.वि. १. नचपाईकन धमाधम निल्ने गरी।
87320 सलसल क्रि.वि. २. सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदो जस्तो भएर।
87321 सलसल क्रि.वि. ३. पानी वा लेदो वस्तु बगे जस्तै गरी; सुलसुल।
87322 सलसलती क्रि.वि. अझै सलसल हुने गरी।
87323 सलसलाइ ना. सलसलाउने भाव, क्रिया वा प्रक्रिया।
87324 सलसलाइनु अ.क्रि. सलसल होइनु; सलबलाइनु।
87325 सलसलाउँदो वि. १. सप्रेर रहरलाग्दो भएको; सलक्क परेको।
87326 सलसलाउँदो वि. २. हलक्क बढेको वा लहलहाउँदो।
87327 सलसलाउँदो वि. 3. देख्दा राम्रो र नरम; सलसल गर्दो (खानेकुरा, वस्तु आदि)। स्त्री. सलसलाउँदी।
87328 सलसलाउनु अ.क्रि. सप्रेर हलक्क बढ्नु; लहलहाउनु; सलक्क परेको हुनु।
87329 सलसली क्रि.वि. सलसल।
87330 सलह ना. धान आदिको बाली विनाश गर्ने एक जातको पतङ्ग; बालीनाली, बोटबिरुवाको पातैसमेत खाएर नाङ्गो पार्ने फट्याङ्ग्रोजस्तो उडुवा किरो।
87331 सलहको बथान ना. १. सलहको बगाल। वि.
87332 सलहको बथान ना. २. अनगन्ती।
87333 सलाई ना. १. बट्टाको बाहिर चौडाइका दुईतर्फ टाँसिएको कागतजस्तो पदार्थमा घोट्दा बल्ने, रासायनिक पदार्थ लागेको काठको मसिनु टुक्रो; घोटेर आगो पार्ने, टुप्पामा मसला लागेको काठको छेस्को; दियासलाई।
87334 सलाई ना. २. औषधी, सुर्मा आदि लाउन बनाइएको एक किसिमको सुइरो; शलाका।
87335 सलाद ना. १. केरा, सुन्तला आदि फल र अन्य प्रकारका कन्द, मिठा मसलालाई दही आदिमा मिलाई वा नुन, खोर्सानी, अमिलो आदिसँग मिसाएर खाइने पदार्थ।
87336 सलाद ना. २. काँचै खाइने एक प्रकारको कन्दको पात।
87337 सलाम ना. १. आदरका निम्ति खुला दाहिने हत्केलो बाहिरपट्टि पर्ने गरी शिरमा राखी,औँलाले माथिल्लो निधार छोई गरिने फौजी ढाँचाको अभिवादन; प्रणाम; कुर्नेस।
87338 सलाम ना. २. राणाकालमा अन्यायमा परेकाले बिन्तीपत्र दिई वा ठाडै प्रधानमन्त्रीछेउ न्याय माग्न कराउने प्रथा।
87339 सलामी ना. १. ठुला वा उच्च पदका व्यक्तिलाई तोप पड्काएर गरिने सम्मान।
87340 सलामी ना. २. सैनिकहरूले प्रणाम गर्ने एक पद्धति।
87341 सलामी ना. ३. बाजा बजाई विशेष किसिमले अभिवादन गर्ने प्रक्रिया।
87342 सलामी ना. ४. उच्च व्यक्तिहरूलाई सलाम गर्दा चढाइने भेटी।
87343 सलामी ना. ५. मुख्य शासकले वर्षको एक पटक नजरानाका रूपमा जागिरदार, ठेकदार आदिसँग कट्टा गरी लिने रकम।
87344 सलामी ना. ६. ओरालो परेको ठाउँ; तेर्पे परेको जमिन।
87345 सलिफा ना. १. गिर्खागिर्खा परेको, हरियो बोक्रो हुने, भित्र काला, चिल्ला, लाम्चा बियाँ हुने एक प्रसिद्ध फल।
87346 सलिफा ना. २. आँट।
87347 सलिल ना. जल; पानी।
87348 सलील वि. १. लीला गर्ने; लीलारत; लीलायुक्त।
87349 सलील वि. २. क्रीडा गर्ने; क्रीडाशील; खेलबाडी।
87350 सलेदो ना. बाल्नाका निम्ति टुकी, लालटेन आदि बत्तीका भाँडाभित्र हालिने सुत्लो; फित्ता।