Dictionary

All Word

87451 ससीम वि. १. सीमा भएको; सीमित।
87452 ससीम वि. २. साँधसिमाना छुट्टिएको; हदभित्रको (जग्गा आदि)।
87453 ससुराल ना. पत्नीको माइतघर; ससुराली।
87454 ससुराली ना. पत्नीका बाबुआमाको घर; पत्नीको माइती; ससुराको घर वा कुल; ससुराल।
87455 ससुरो ना. १. पत्नीका बाबु।
87456 ससुरो ना. २. पतिका बाबु।
87457 ससुरो ना. ३. श्वसुर। आद. ससुरा।
87458 सस्तो वि. १. थोरै मोलमा पाइने; कम मूल्यको।
87459 सस्तो वि. २. चलनचल्तीको मोल वा निर्धारित मोलभन्दा कम मूल्यको।
87460 सस्तो वि. ३. कम महत्त्वको; सामान्य; साधारण; मामुली।
87461 सस्तो वि. ४. मनग्यै पाइने; छेलोखेलो भएको।
87462 सस्तो बजार ना. विशेष चाडबाड, पर्व आदिमा जनसाधारणलाई सस्तो मोलमा खाद्यान्न तथा उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले लागेको वा खुलेको बजार।
87463 सस्त्रीक वि. पत्नी भएको; पत्नीसहितको; सपत्नीक।
87464 सस्मित वि. १. मुसुक्क हाँसेको; मुस्कुराएको। क्रि.वि.
87465 सस्मित वि. २. मुसुक्क हाँसेर; मुस्कुराउँदै।
87466 सस्य ना. १. धान।
87467 सस्य ना. २. बालीनाली।
87468 सस्वर वि. १. स्वर वा आवाज निकालिएको; भाका हालिएको।
87469 सस्वर वि. २. मुखले स्पष्ट उच्चारण गरिएको; बोलिएको।
87470 सस्वर आवृत्ति ना. खास पद्यांश वा गद्यांशको भावानुकूल तथा हावभावपूर्ण आवृत्ति।
87471 सस्वर पाठ ना. कुनै धार्मिक ग्रन्थ, गेयात्मक रचना आदिको अरूले सुन्ने किसिमले गरिने पाठ; सस्वर वाचन।
87472 सस्वर वाचन ना. बोलेर पढ्ने प्रक्रिया; स्वर झिकेर पढ्ने काम।
87473 सहनु स.क्रि. १. शारीरिक वा मानसिक पीडा वा कुनै प्रकारको आपत्ति खप्नु; सहन गर्नु।
87474 सहनु स.क्रि. २. धैर्यधारण गर्नु; खामोस खानु।
87475 सह ना. बुद्धिचालको खेलमा बादशाहलाई दिइने किस्त।
87476 सह ना. यो. १. साथ; सित; सँग।
87477 सह ना. यो. २. सहित; समेत।
87478 सह ना. यो. ३. सँगसँगै; साथसाथै।
87479 सह ना. यो. ४. कुनै नामिक पदमा उपसर्ग जस्तै भई लागेर कसैका साथमा रहने भन्ने अर्थ बुझाउने शब्द (जस्तै- सहगामी, सहचरी, सहजात आदि)।
87480 सह ना. यो. ५. थोरै वस्तुले धेरै काम दिने स्थिति वा प्रक्रिया; फारु; फारो।
87481 सह ना. यो. ६. छेलोखेलो हुने काम; पउल अवस्था।
87482 सह अभियुक्त वि. एकै कसुरमा मुख्य अभियुक्तका साथ फौजदारी अभियोग लागेको; सहअपराधी।
87483 सह अस्तित्व ना. व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रमा परस्पर एकअर्काको हक, हित वा मानमर्यादाको ख्याल गर्दै शान्तिका साथ रहौँ र बाँचौँ भन्ने विचार; पञ्चशीलका पाँच सिद्धान्तमध्ये एक।
87484 सह उत्पादन ना. १. कुनै एउटा उद्योगबाट पैदा हुने मुख्य उत्पादनका साथ पैदा हुने अन्य उत्पादन।
87485 सह उत्पादन ना. २. एउटा वस्तु उत्पादन गरिने क्षेत्रबाट अन्य वस्तु पनि उब्जाउने काम।
87486 सहकर्मी वि. साथमा रहेर काम गर्ने; सँगसँगै मिलेर काम गर्ने; समान व्यवसायमा काम गर्ने (व्यक्ति)।
87487 सहयोद्धा वि. कुनै आन्दोलन वा युद्धमा सँगसँगै सङ्घर्ष वा युद्ध गर्ने।
87488 सहकार ना. १. दुई वा दुईभन्दा बढी व्यक्तिसँगै बसेर काम गर्ने वृत्ति वा क्रिया; पारस्परिक सहयोग वा सहायता।
87489 सहकार ना. २. आँपको वृक्ष।
87490 सहकार पाक ना. आदिमा साधारण र अन्तमा मधुर हुने वा भएको काव्यरचना।
87491 सहकारिता ना. १. धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना; सामूहिक रूपले काम गर्ने प्रवृत्ति।
87492 सहकारिता ना. २. उपभोक्ता वा व्यवसायीहरू मिलेर सबैको हितका निम्ति कुनै माल बनाउने वा बिक्री गर्ने काम।
87493 सहकारी वि. १. एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने। ना.
87494 सहकारी वि. २. सहयोगी; साथी।
87495 सहकारी वि. ३. सहायक व्यक्ति; मदतगार।
87496 सहकारी गोदाम ना. सहकारी संस्थाको गोदाम वा मालसमान रहने घर।
87497 सहकारी निरीक्षक ना. सहकारी संस्थामा काम गर्ने कर्मचारी।
87498 सहकारी पसल ना. सहकारी संस्थाद्वारा सञ्चालित साझा पसल।
87499 सहकारी ब्याङ्क ना. सहकारी कामविशेषमा वा एकसाथ मिलीजुली काम गर्ने प्रवृत्तिलाई प्रोत्साहनस्वरूप सहायता दिन पुँजी उपलब्ध गराउने ब्याङ्क।
87500 सहकारी संस्था / समिति ना. सामान्यतः किसान, मजदुर वा साना पुँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको कल्याणका निम्ति उपभोग्य वस्तुको उत्पादन वा वितरण आदिको प्रबन्ध गर्ने र पुँजी तथा श्रमअनुसार मुनाफा बाँडिने एक संस्था।