Dictionary

All Word

89851 सुधोसादो वि. सुधो।
89852 सुध्याइ ना. सुध्याउने भाव, क्रिया वा प्रक्रिया।
89853 सुध्याइनु क.क्रि. सोधनी गरिनु।
89854 सुध्याउनु स.क्रि. सोधनी गर्नु।
89855 सुध्रनु अ.क्रि. १. नराम्रो अवस्थाबाट क्रमशः राम्रो अवस्थातिर लाग्दै जानु; सप्रनु; बन्नु।
89856 सुध्रनु अ.क्रि. २. गल्ती नहुनु; भुलसुधार हुनु; सच्चिनु।
89857 सुध्रनु अ.क्रि. ३. सँभालिनु; तर लाग्नु।
89858 सुध्राइ ना. सुध्रने भाव, क्रिया वा प्रक्रिया।
89859 सुध्रिनु अ.क्रि. १. सुध्रने होइनु; सप्रिनु।
89860 सुध्रिनु अ.क्रि. २. सुध्रनु।
89861 सुध्य्राइ ना. सुध्रिने भाव, क्रिया वा प्रक्रिया।
89862 सुन्नु स.क्रि. १. अर्काले भनेको कुरो वा कुनै आवाज कानले थाहा पाउनु; श्रवणेन्द्रियबाट कुनै स्पष्ट वा अस्पष्ट ध्वनि ग्रहण गर्नु।
89863 सुन्नु स.क्रि. २. अरूले भनेको कुरामा ध्यान दिनु।
89864 सुन ना. १. खिया नपर्ने, नखिइने र पग्लने, पहेँलो रङको बहुमूल्य उज्ज्वल धातु; गहनागुरिया बनाइने सोही प्रसिद्ध मूल्यवान् धातु; सुवर्ण।
89865 सुन ना. २. प्रायः मगरजातिका नारीहरूले कानको लोतीमा लगाउने थेप्चो गोलाकार गहना।
89866 सुनकल्छे वि. सुनको कलशजस्तो; सुनको कलश भएको (घडा) आदि।
89867 सुनकिरी ना. सुनको रङको झल्कने किरो।
89868 सुन कुखुरो ना. ढाँडखेतमा हुने, कालो जिउ र छिरबिरे रङ भएको कुखुराको जातको चरो।
89869 सुन केवँरा ना. पहेँलो खालको केवँरा फूल।
89870 सुनकोसी ना. नेपालको पूर्वी प्रदेशमा बहने एक प्रसिद्ध नदी; सप्तकोशीमध्ये एक।
89871 सुनगाभा ना. जङ्गली रुखका कापमा उम्रने, लाम्चा पात हुने, जमाने मान्द्राका आकारको फूल फुल्ने एक जातको घाँस वा त्यसैको फूल।
89872 सुनचाँदी ना. सुन र चाँदी; मूल्यवान् धातुहरू।
89873 सुनचाँप ना. पहेँलो अतिसुगन्धी फूल फुल्ने, भित्र मुगाजस्तो बियाँ हुने, झुप्पादार फल फल्ने र पहेँलो काठ हुने एक जातको रुख।
89874 सुनटालो ना. पहेँलो रङको एक जातको चरा।
89875 सुनटिकी ना. पहेँलो फूल फुल्ने र जराबाट घाउको औषधी हुने एक लहरो।
89876 सुनपङ्खी ना. कुखुरो (तागाधारीले कुखुरो खान थालेपछि राखेको नाम); घडीचरो।
89877 सुनपाती ना. १. मसिना धेरै टीका हुने पात र कलेजी रङका फूल हुने, हिमालयका आसपासमा पाइने एक रुख; त्यसैको पत्र।
89878 सुनपाती ना. २. त्यसैको फूल।
89879 सुनपानी ना. चोख्याउनका लागि सुन चोपेको पानी।
89880 सुनबारुलो ना. पहेँलो रङको एक जातको बारुलो।
89881 सुनबुढी ना. धनी आइमाई।
89882 सुनमा सुगन्ध वि. अति उत्तम।
89883 सुनलहरो ना. आकाशबेली लहरो, पहेँलो रङ्गको परजीवी लहरो।
89884 सुनवाइ ना. हे. सुनुवाइ।
89885 सुनसरी ना. कोसी अञ्चलको तराई प्रदेशमा पर्ने एक जिल्ला।
89886 सुनसान ना. १. कुनै आवाज वा हल्ला नभएको स्थिति; सन्नाटा; चकमन्न। वि.
89887 सुनसान ना. २. कोही नभएको; एकान्त।
89888 सुनाइ ना. १. सुन्ने भाव, क्रिया वा प्रक्रिया।
89889 सुनाइ ना. २. अरूको पिरमर्का सुन्ने र त्यसमा ध्यान दिने काम; सुनुवाइ। [सुनाउ+आइ]
89890 सुनाइ ना. ३. सुनाउने भाव, क्रिया वा प्रक्रिया।
89891 सुनाइनु क.क्रि. सुन्न लाइनु।
89892 सुनाउनु स.क्रि. / प्रे.क्रि. १. कुनै कुरो वा आवाज कानद्वारा अवगत गराउनु; श्रवण गराउनु।
89893 सुनाउनु स.क्रि. / प्रे.क्रि. २. अनुरोध वा निवेदन गर्नु।
89894 सुनाखरी ना. १. पहेँलो र सानो जातको खरीझार।
89895 सुनाखरी ना. २. रुखको कापमा उम्रेर अनेक रङका फूल हुने वनस्पति।
89896 सुनाखरी ना. घैयाको रङको एक प्रकारको मसिनो धान।
89897 सुनाझाक्री ना. माथिल्लो तहको झाँक्री; जान्ने झाँक्री।
89898 सुनाबिर्ता ना. १. मालपोत तिर्नुपर्ने बिर्ता जग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता।
89899 सुनाबिर्ता ना. २. खरिद गरिएको बिर्ता जग्गा।
89900 सुनाम ना. असल नाम; सुकीर्ति; जस।