Dictionary

All Word

90001 सुफल ना. ५. राजवृक्ष; अमलतास। वि.
90002 सुफल ना. ६. सुन्दर फल भएको।
90003 सुफल ना. ७. सफल; सिद्ध।
90004 सुफला वि. १. राम्रा र धेरै फल फल्ने। ना.
90005 सुफला वि. २. इन्द्राणी।
90006 सुफला वि. ३. कुभिन्डो।
90007 सुफला वि. ४. केरा।
90008 सुफला वि. ५. दाख।
90009 सुफी वि. पवित्र तथा स्वच्छ रहेर साधना र तपस्याद्वारा नै ईश्वरलाई पाउन सकिन्छ भनी मान्ने, मुस्लिम धर्मावलम्बीहरूको एक उदारवादी सम्प्रदाय।
90010 सुबन्त वि. सुप् विभक्ति अर्थात् ले, लाई, देखि आदि विभक्ति प्रत्ययले युक्त (दबिएको वा नदबिएको पद)।
90011 सुबा ना. कुनै देश; कुनै विशिष्ट भाग वा खण्ड; प्रदेश; प्रान्त; अञ्चल।
90012 सुबान ना. राम्रो बानीबेहोरा; सत्सङ्गबाट मिलेको काइदा, कदर आदिको ज्ञान।
90013 सुबानको वि. राम्रो बानीबेहोर भएको; असल स्वभावको।
90014 सुबिदार ना. हे. सुबेदार।
90015 सुबिदारी ना. हे. सुबेदारी।
90016 सुबिस्ता ना. १. अनुकूल र उपयुक्त अवसर वा स्थिति; सुविधा; सुगमता।
90017 सुबिस्ता ना. २. आराम; चैन; आनन्द।
90018 सुबिस्ता ना. ३. शान्ति।
90019 सुबुद्धि ना. १. असल बुद्धि; राम्रो सोचाइ। वि.
90020 सुबुद्धि ना. २. सद्बुद्धि भएको; बुद्धिमान्; समझदार।
90021 सुबेदार ना. सेनामा झन्डै सय जना सैनिक आफ्ना अधीनमा रहने एक अधिकृत; सुबिदार।
90022 सुबेदारी ना. सुबेदारको पद वा दर्जा; सुबेदारले गर्ने काम; सुबिदारी।
90023 सुबोध वि. १. सजिलैसित बुझ्न सकिने; बोधगम्य; सुगम। ना.
90024 सुबोध वि. २. राम्रो बोध वा ज्ञान।
90025 सुबोल ना. राम्रो बोलीवचन; असल वा हितकारी कुरो।
90026 सुब्बा ना. १. नायब सुब्बाभन्दा माथि र मीर सुब्बाभन्दा तलको एक निजामती दर्जा (हाल सरकारी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणीमा नायब सुब्बाको पद मात्र प्रचलित )।
90027 सुब्बा ना. २. लिम्बू जातिको मानबोधक शब्द।
90028 सुब्बाङ्गी ना. १. सुब्बाको दर्जा वा काम।
90029 सुब्बाङ्गी ना. २. सुब्बाको मानपदवी।
90030 सुब्बिनी ना. सुब्बाकी पत्नी; सुब्बेनी।
90031 सुब्बेनी ना. सुब्बिनी।
90032 सुभ्नु अ.क्रि. १. राम्रो फलिफाप हुनु; शुभ हुनु; फाप्नु।
90033 सुभ्नु अ.क्रि. २. ओखतीले फाइदा गर्नु।
90034 सुभग वि. १. सुन्दर; प्यारो।
90035 सुभग वि. २. भाग्यवान्; असल भाग्य भएको।
90036 सुभगा वि. १. पति भएकी; सुहागिनी; सौभाग्यवती (स्त्री)।
90037 सुभगा वि. २. सुन्दरी।
90038 सुभट ना. महान् योद्धा वा वीर; ठुलो लडाका।
90039 सुभद्रा ना. १. कृष्णकी बहिनी; अर्जुनकी पत्नी।
90040 सुभद्रा ना. २. दुर्गाको मूर्ति वा रूप।
90041 सुभा ना. शङ्का; सन्देह।
90042 सुभावना ना. राम्रो भावना; असल विचार।
90043 सुभाशङ्का ना. अनिष्ट हुने त्रास; कुनै खराबीको आशङ्का।
90044 सुभाषिणी वि. राम्रो बोली भएकी; सुरिलो गला भएकी (स्त्री)।
90045 सुभाषित ना. १. सारगर्भित सुन्दर उक्ति; राम्रो कथन; सूक्ति। वि.
90046 सुभाषित ना. २. राम्रोसँग सोचिएको वा भनिएको।
90047 सुभाषित ना. ३. राम्रो भाषण गर्ने; वाग्मी।
90048 सुभाषी वि. १. मिठो बोली वचन भएको; मधुरभाषी।
90049 सुभाषी वि. २. राम्ररी भाषण गर्ने; वाग्मी।
90050 सुभिक्ष ना. कथ्य. सुभिच्छे। अन्नबाली राम्रो भएको समय; सहकाल।