Dictionary

All Word

90051 सुभिनु अ.क्रि. सुम्ने होइनु; फापिनु।
90052 सुभो वि. १. भलो; कल्याणकारी; शुभ।
90053 सुभो वि. २. आफूलाई फाइदा गर्ने; फाप्ने।
90054 सुमङ्गल वि. १. ज्यादै मङ्गल गर्ने; कल्याणकारी। ना.
90055 सुमङ्गल वि. २. शुभ लक्षणको वस्तु।
90056 सुमङ्गली ना. १. विवाहमा गरिने मङ्गलकार्य।
90057 सुमङ्गली ना. २. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा पढिने मन्त्र।
90058 सुमडी वि. १. अशुभ, कृपण।
90059 सुमडी वि. २. अल्छी र लोसे।
90060 सुमडी वि. ३. कुनै कुराको वास्ता नगर्ने।
90061 सुमति ना. १. असल मति; सुबुद्धि। वि.
90062 सुमति ना. २. ज्यादै बाठो; चतुर; बुद्धिमान्।
90063 सुमन ना. १. फूल; पुष्प।
90064 सुमन ना. २. राम्रो मन; प्रसन्न मन।
90065 सुमन्त्र ना. १. राम्रो वा असल मन्त्र।
90066 सुमन्त्र ना. २. राजा दशरथका मन्त्री; बग्गी हाँक्ने सारथि।
90067 सुमन्त्र ना. ३. राम्रो सल्लाह; असल सुझाउ।
90068 सुमन्त्रित वि. १. मन्त्रले राम्ररी फुकफाक गरिएको।
90069 सुमन्त्रित वि. २. राम्रो सल्लाहद्वारा तयार गरिएको।
90070 सुमर्नु स.क्रि. १. भाले पशुहरूलाई खसी पार्नु; अण्डकोष निष्कृय बनाउनु।
90071 सुमर्नु स.क्रि. २. कुनै मालमत्ताको उपभोग गर्नु;भोगचलन गर्नु।
90072 सुमर्नु स.क्रि. ३. छोरीबुहारीलाई खुबसँग काममा जोत्नु।
90073 सुमराइ ना. सुमर्ने भाव, क्रिया वा प्रक्रिया।
90074 सुमराइनु क.क्रि. सुमर्न लाइनु।
90075 सुमरिनु क.क्रि. सुमर्ने काम गरिनु; खसी पारिनु।
90076 सुमसुम क्रि.वि. १. बिस्तारै छाम्ने वा सुमसुम्याउने गरी।
90077 सुमसुम क्रि.वि. २. कामगराइमा ढिलो चालसँग।
90078 सुमसुम्याइ ना. सुमसुम्याउने भाव, क्रिया वा प्रक्रिया।
90079 सुमसुम्याइनु क.क्रि. सुमसुम्याउन लाइनु; मुसारिनु।
90080 सुमसुम्याउनु स.क्रि. १. बिस्तारै हातले प्रेम वा माया गरेर छुनु; मुसार्नु।
90081 सुमसुम्याउनु स.क्रि. २. हल्का किसिमले हातगोडा आदि मिच्नु; हल्का मर्दन गर्नु।
90082 सुमसुम्याहट ना. सुमसुम्याउने भाव, गुण वा क्रिया; सुमसुम्याइ।
90083 सुमान्य वि. विशेष रूपले मान्नुपर्ने; प्रतिष्ठित।
90084 सुमार्ग ना. १. राम्रो वा असल बाटो; सुपथ।
90085 सुमार्ग ना. २. राम्रो बानीबेहोरा; सदाचार।
90086 सुमित्रा ना. लक्ष्मण र शत्रुघ्नकी आमा; राजा दशरथकी रानी।
90087 सुमुख वि. १. राम्रो मुख भएको; सुन्दर अनुहारको।
90088 सुमुख वि. २. राम्रो ढोका भएको; दक्षिणतिर मुख फर्केको ( द्वार)।
90089 सुमुख वि. ३. प्रफुल्ल ।ना.
90090 सुमुख वि. ४. राम्रो मुख।
90091 सुमुख वि. ५. मिठो बोली।
90092 सुमुख वि. ६. शिव।
90093 सुमुख वि. ७. गणेश।
90094 सुमुखी वि. १. राम्रो मुख भएकी (स्त्री)। ना.
90095 सुमुखी वि. २. प्रत्येक पाउमा क्रमश: सात जगण, एक लघु र एक गुरु हुने वार्णिक छन्द।
90096 सुमुखी वि. ३. सुन्दरी स्त्री।
90097 सुमेरु ना. १. पुराणअनुसार पर्वतहरूको राजा मानिएको देवताहरूले सभा गर्ने सुनको पर्वत।
90098 सुमेरु ना. २. उत्तरी ध्रुव।
90099 सुमेरु ना. ३. जपमालाको जोर्नीको बिचमा राखिने रुद्राक्ष वा तुलसी काठको ठुलो दाना; सुमेर्नी।
90100 सुमेरु ना. ४. हुक्काको चिलिम राख्ने ठाउँ, चिलिम अड्याउने हुक्काको ठाडो सोतो।