Dictionary

All Word

90701 सूर्यवंशी/वंशीय वि. सूर्यवंशसँग सम्बन्धित; सूर्यवंशको।
90702 सूर्यविनायक ना. काठमाडौँ उपत्यकामा भक्तपुर नगरका दक्षिणतर्फ स्थित एक प्रसिद्ध गणेश; नेपाल खाल्टाका चार विनायकमध्ये एक।
90703 सूर्यशक्ति ना. सूर्यको तापबाट उत्पन्न हुने शक्ति; सौर इन्धनबाट प्राप्त हुने शक्ति; सौर मण्डलबाट उत्पन्न हुने बल; सौर शक्ति।
90704 सूर्यसुता ना. यमुना नदी।
90705 सूर्यस्नान ना. सूर्यका किरणले सम्पूर्ण शरीरमा छुने गरी खुला ठाउँमा बसेर घाम ताप्ने काम; आतपस्नान।
90706 सूर्यास्त ना. दिन समाप्त भएर सूर्य अस्ताउने काम; घाम डुब्ने काम; बेलबुडाइ; घामडुबाइ।
90707 सूर्योदय ना. बिहान सूर्य उदाउने काम; घामझुल्को; घामझुल्काइ।
90708 सूर्योन्मुख वि. १. सूर्यको सम्मुख खडा भएर वा सूर्यलाई हेरी अर्पण गरिने ( सामग्री, उपचार )।
90709 सूर्योन्मुख वि. २. सूर्यलाई सामु पारी बसेर सूर्यका माध्यमबाट गरिने (उपचार, स्वास्थ्योपचार )।
90710 सूर्योपासक ना. सूर्यको उपासना गर्ने भक्तजन; सूर्यपूजक व्यक्ति।
90711 सूर्योपासना ना. १. सूर्यको पूजा, जप, अर्चना, आराधना आदि; सूर्यको भक्ति।
90712 सूर्योपासना ना. २. सूर्यको पूजा गर्ने सम्प्रदाय।
90713 सूर्योपासना ना. ३. उक्त पूजाको विधि।
90714 सूल ना. १. शूल; पीडा; व्यथा।
90715 सूल ना. २. पेट दुख्ने रोग।
90716 सूली ना. हे. सुली।
90717 सूली ना. हे. सुली।
90718 सृजना ना. कुनै वस्तु वा कृतिको आविष्कार; सिर्जना; सृष्टि ;रचना।
90719 सृजनात्मक वि. रचनासम्बन्धी; रचना गर्ने; रचनाको; रचनात्मक।
90720 सृजनात्मकता ना. रचनासम्बन्धी गुण; उत्पादनक्षमता; उत्पादनशीलता।
90721 सृजनात्मक शक्ति ना. कुनै कृति वा वस्तु सिर्जना गर्न सक्ने प्रतिभा; सिर्जना गर्ने क्षमता।
90722 सृष्टि ना. १. बनाउने वा पैदा गर्ने काम; सिर्जना।
90723 सृष्टि ना. २. उत्पत्ति; जन्म; पैदा।
90724 सृष्टि ना. ३. संसारको रचना; विश्वको उत्पत्ति।
90725 सृष्टि ना. ४. सम्पूर्ण भौतिक जगत्; चराचर; विश्व; संसार; ब्रह्माण्ड।
90726 सृष्टिकर्ता ना. १. कुनै कुराको सिर्जना गर्ने तत्त्व वा व्यक्ति।
90727 सृष्टिकर्ता ना. २. संसारको सिर्जना गर्ने तत्त्व।
90728 सृष्टिकर्ता ना. ३. ब्रह्मा; प्रजापिता।
90729 सृष्टिविज्ञान ना. भौतिक जगत्का सम्पूर्ण वस्तुहरूको सृष्टि, विकास आदिको विवेचना र विश्लेषण गरिएको शास्त्र; सृष्टिसँग सम्बन्धित विद्या।
90730 सृष्टिविद्या ना. सृष्टिविज्ञान।
90731 सेँध ना. चोरले घर फोर्नका लागि घरका गारामा वा जगमा पारेको प्वाल।
90732 सेउ ना. पातले छोपिएको घुम; ओतो; छल्लो।
90733 सेउली ना. १. बिहा, व्रतबन्ध वा अन्य शुभ कार्यका निम्ति तयार गरिने पैयुँ, सिमाली, शमी आदिका पातीसहितका ससाना हाँगा।२. धामीले जोखना हेर्दा र मन्त्र पढेर झारफुक गर्दा हातमा लिने स्याउलो।
90734 सेउलो ना. छाप्रो हाल्न, सोत्तर ओछ्‌याउन वा अरू कुनै प्रयोजनले काटिएको, रुखको हरियो डालो; स्याउलो।
90735 सेक्नु स.क्रि. १. कुनै वस्तु वा शरीरको कुनै अङ्गमा आगाको तातो पर्न दिनु।
90736 सेक्नु स.क्रि. २. पोल्नु; सेकाउनु; तताउनु।
90737 सेक्नु स.क्रि. ३. एक वस्तुद्वारा अर्को वस्तुमा तापसङ्क्रमण गराउनु।
90738 सेक्नु स.क्रि. ४. सह्यारसुसार गर्नु; हेरचाह गर्नु।
90739 सेक्नु स.क्रि. ५. बदमासी गर्नेलाई पिट्नु वा ठटाउनु।
90740 सेक्नु स.क्रि. ६. घाम आदिले पोलेर कष्ट दिनु।
90741 सेक्नु स.क्रि. ७. टुट्टा वा नोक्सान पार्नु; खती गर्नु।
90742 सेक्नु स.क्रि. ८. पानी छर्कनु; अभिषेक गर्नु।
90743 सेक ना. १. सूक्ष्म रूपले जलको वा तेजको प्रभाव अङ्गमा पर्ने काम।
90744 सेक ना. २. आगो, हावा, घाम आदिमा कुनै वस्तु तताउने वा पकाउने काम; सेक्ने काम।
90745 सेक ना. ३. कुनै तातो वस्तुद्वारा कुनै अङ्गलाई सेकताप गर्ने काम; सेकाइ।
90746 सेकताप ना. १. सेकेर तातो पार्ने काम; तताउने काम।
90747 सेकताप ना. २. सेक्ने र तताउने काम; घाम, आगो आदिका तापबाट सेकाउने काम।
90748 सेकताप ना. ३. सह्यारसम्भार; सेवाटहल।
90749 सेकसाक ना. सेक्नेवर्ने काम।
90750 सेकरिन ना. चिनी जस्तै गुलियो तर मधुमेहका रोगीले खाँदा केही बिगार नगर्ने एक पदार्थ।