Dictionary

All Word

90651 सूत्र ना. ५. सुराक, ठुलो घटना, षड्यन्त्र आदि कुराहरू पत्ता लगाउने सहायक साधन; सुइँको।
90652 सूत्र ना. ६. कुनै उपाय; जुक्ती; किल्ली; कडी।
90653 सूत्र ना. ७. कुनै विषयको दफा वा आधारभूत बुँदा।
90654 सूत्र ना. ८. वास्तु तथा मूर्तिकलाअनुसार अङ्गुलको नौ गुना बराबरको नापो; नौ इन्चको नापो।
90655 सूत्रकार ना. १. सङ्क्षिप्त तर सारगर्भित वाक्यहरूको सूत्र तयार गर्ने आचार्य; सूत्रका प्रणेता।
90656 सूत्रकार ना. २. सुत वा धागो तयार गर्ने व्यक्ति।
90657 सूत्रण ना. सूत्र तयार गर्ने काम; सूत्र बाँध्ने काम।
90658 सूत्रधार ना. १. शास्त्रीय नाटकहरूमा रङ्गमञ्चको आन्तरिक व्यवस्था मिलाउने प्रधान नट।
90659 सूत्रधार ना. २. प्राचीन नेपालको न्याय- प्रशासनअन्तर्गत न्यायविभागको हालीमुहाली आफ्नै हातमा राख्ने मुख्य व्यक्ति; न्यायिक अधिकृत।
90660 सूत्रपात ना. १. कार्यको वा घटनाको प्रारम्भिक थालनी।
90661 सूत्रपात ना. २. घर, बङ्गला आदि बनाउँदा जग्गाको नापनक्सा तयार गर्नका निम्ति नाप्ने टेप, फित्ता वा डोरी जमिनमा फैलाउने काम।
90662 सूत्रपात ना. ३. प्रारम्भ; मूल; उठान।
90663 सूत्रपात ना. ४. प्रादुर्भाव।
90664 सूत्रपिटक ना. बुद्ध धर्मका दीर्घ, मध्यम, संयुक्त, एकोत्तर र क्षुद्रकसमेत पाँच निकायका सूत्रहरूको सङ्कलन; सूत्रहरूको पेटारो।
90665 सूत्र सञ्चालक ना. गुप्त रूपले घटना, कार्य आदिका सूत्र र युक्तिहरूको सञ्चालन गर्ने राजनीतिक व्यक्ति; दुरभिसन्धिक।
90666 सूत्री वि. सङ्ख्या, नाम, विशेषण आदि शब्दका सूत्रसम्बन्धी अर्थ जनाउने शब्द (जस्तै- दीर्घसूत्री, पञ्चसूत्री इ.)।
90667 सूत्रीय वि. १. सङ्ख्यावाचक शब्दका उत्तरपदस्वरूप प्रयोग भई विशेषण जनाउने शब्द; सूत्रसम्बन्धी (जस्तै- दश सूत्रीय, चौध सूत्रीय आदि)।
90668 सूत्रीय वि. २. कुनै विद्वान्‌ले प्रणयन गरेका सूत्रसँग सम्बन्धित।
90669 सूधो वि. हे. सुधो।
90670 सूनसान ना. हे. सुनसान।
90671 सूप ना. १. पकाएर खान तयार पारिएको दाल।
90672 सूप ना. २. दाल, तरकारी, मास, गेडागुडी आदि खानेकुराको झोल; रस।
90673 सूपकार ना. भान्छे; पाचक।
90674 सूपकारिता ना. १. पाकशिल्प; पकाउने गुण; भान्सेको विशेषता।
90675 सूपकारिता ना. २. सूप बनाउने शिल्प।
90676 सूपशास्त्र ना. पाकशास्त्र।
90677 सूपो ना. हे. सुपो।
90678 सूरो वि. हे. सुरो।
90679 सूर्य ना. १. दिनमा आकाशमा देखिएर प्रकाश र ताप दिने; ज्योतिषशास्त्रले ग्रह तर ज्योतिषविज्ञानले तारा मानेको, बाह्य अन्तरिक्षको एक बल्दो लोक; घाम; बेला; सुर्जे।
90680 सूर्य ना. २. ज्योतिषशास्त्रअनुसार नौवटा ग्रहमध्येको पहिलो ग्रह।
90681 सूर्य ना. ३. पृथ्वी,मङ्गल, बुध आदि ग्रहहरूद्वारा परिक्रमा गरिने एक विशाल तेजपुञ्ज।
90682 सूर्यकपाली ना. दिनमा घाम छउन्जेल दाहिनेपट्टिको आधा कपाल दुख्ने रोग; अधकपाली; अधाहा।
90683 सूर्यकान्त १. किरण छिर्दा एकै ठाउँमा केन्द्रीभूत हुन जाने हुनाले सो किरण कुनै वस्तुमा पर्दा आगोसमेत पैदा हुन सक्ने, काँचको साधन।
90684 सूर्यकान्त २. स्फटिक।
90685 सूर्यग्रह ना. १. ज्योतिषशास्त्रका अनुसार सूर्य।
90686 सूर्यग्रह ना. २. सूर्य अनिष्टकारी हुँदा लाग्ने ग्रहदशा।
90687 सूर्यग्रहण ना. १. औँसीका दिनमा सूर्यमा चन्द्रमाले ढाक्दा देखिने अँध्यारो टाटो; सूर्यकै रेखामनि चन्द्रमा र चन्द्रमाका मनि राहु (छाया वा टाटो) पर्न गई सूर्यमा सो छाया परेको समय; सूर्यखग्रास।
90688 सूर्यग्रहण ना. २. उक्त समयमा गरिने धार्मिक विधि।
90689 सूर्यनारायण ना. घाम; घामदेउता; सूर्यदेव।
90690 सूर्यपथ ना. पृथ्वीको घुमाइले गर्दा सूर्य हिँडे झैँ देखिने मकररेखाबिचको मार्ग।
90691 सूर्यपाक वि. घाममा सुकाएर तयार पारिएको (औषधी इ.)।
90692 सूर्यपुराण ना. सूर्यको महात्म्यको वर्णन गर्ने पुस्तक।
90693 सूर्यफूल ना. घाम लाग्दा फुल्ने र घाम अस्ताउँदा लुत्रुक्क परेर खुम्चने, रातो डाँठ र अमलाका जत्रा मसिना पात हुने रातो, प्याजी, पहेँलो आदि रङको फूल।
90694 सूर्यमणि ना. ज्यादै टल्कने, एक पुराकथात्मक मणि।
90695 सूर्यमण्डल ना. १. सूर्यको वरिपरि देखिने तेजिलो बिम्ब वा घेरो।
90696 सूर्यमण्डल ना. २. सूर्य, तारा र ग्रहहरूको परिवार।
90697 सूर्यमुखी ना. १. सूर्यतिर फर्केर फुल्ने, सूर्य छेकिँदा ओइलाएजस्तो भई खुम्चिने एक जातको फूल; अजम्बरी।
90698 सूर्यमुखी ना. २. घामको किरणमा आगो पार्ने एक प्रकारको काँच।
90699 सूर्यमुखी ना. ३. सूर्यकान्त मणि।
90700 सूर्यवंश ना. पुराण आदिका अनुसार विवस्वान् नामका सूर्य र तिनकी पत्नी संज्ञाद्वारा उत्पन्न वैवस्वत मनुले पत्नी श्रद्धातिरबाट जन्माएका सन्तानको वंश; इक्ष्वाकु, निमि आदि राजकुल।