Dictionary

All Word

90501 सुसेलो ना. ३. हावा वेगले चल्दाको सुइँसुइँ ध्वनि।
90502 सुसेलो ना. ४. सल्ला आदिका पात हावामा बज्दाको सरसर ध्वनि।
90503 सुसेलो ना. ५. खोलो, नदी आदि बग्दाको स्वाँस्वाँ ध्वनि।
90504 सुसेलो ना. ६. गीत वा सङ्गीत (व्यङ्ग्यार्थमा)।
90505 सुस्केरा ना. १. कुनै मानसिक पीडा वा भौतिक दुःख पर्दा मान्छेका मुखबाट निस्किने लामो उच्छ्वास; सुस्केरो।
90506 सुस्केरा ना. २. ओठ बज्ने गरी नसुसेली जिब्रो र ओठको घर्षणबाट श्रम, दिग्दारी वा खेद प्रकट गर्ने उद्देश्यले निकालिने खुइय्य ध्वनिको सुसेलो।
90507 सुस्केरा ना. ३. हावा, पानी आदि सुसाएको आवाज।
90508 सुस्केरा ना. ४. सर्प आदिको स्याँकस्याँक ध्वनि।
90509 सुस्केरी ना. सुस्केरा (गीत, लोकगीत र काव्यमा प्रचलित )।
90510 सुस्केरो ना. सुस्केरा।
90511 सुस्त वि. १. शारीरिक वा मानसिक रूपमा कमजोर; दुर्बल।
90512 सुस्त वि. २. ढिलो; जुम्सो।
90513 सुस्त वि. ३. उत्साह नभएको; अल्सी। क्रि.वि.
90514 सुस्त वि. ४. सुस्तरी; बिस्तारै; मन्द गतिले।
90515 सुस्तरी क्रि.वि. बिस्तारै; सुस्त हिसाबसँग; सुस्त।
90516 सुस्तसँग क्रि.वि. बिस्तारै।
90517 सुस्तसुस्त क्रि.वि. लगातार सुस्तरी।
90518 सुस्ताइ ना. १. सुस्ताउने वा विश्राम लिने क्रिया वा प्रक्रिया।
90519 सुस्ताइ ना. २. ढिलोपन; जुम्सो चाल।
90520 सुस्ताइनु अ.क्रि. १. थकाइ मारिनु।
90521 सुस्ताइनु अ.क्रि. २. सुस्त होइनु।
90522 सुस्ताउनु अ.क्रि. १. थकाइ मार्नु, थरक मार्नु; श्रम शान्त गर्नु। [सुस्त+आ+नु]
90523 सुस्ताउनु अ.क्रि. २. ढिलो हुनु।
90524 सुस्ताउनु अ.क्रि. ३. अल्छी हुनु।
90525 सुस्ताहट ना. सुस्ताइ।
90526 सुस्ती ना. १. बल, गति आदिमा हुने दुर्बलता; कमजोरी।
90527 सुस्ती ना. २. ढिलोपन; ढिलासुस्ती; आलेटाले; अलमल।
90528 सुस्त्याइँ ना. सुस्त हुनाको भाव; सुस्तपन; सुस्ती।
90529 सुस्थ वि. स्वस्थ; सारसौँदो।
90530 सुस्थता ना. स्वस्थता; सारसौँदोपन।
90531 सुस्थित वि. १. सारसौँदो; स्वस्थ।
90532 सुस्थित वि. २. राम्ररी बसेको; राम्रोसँग रहेको।
90533 सुस्थिर वि. राम्ररी स्थायित्व प्राप्त गरेको; स्थिर भएको सुदृढ दिगो।
90534 सुस्वर ना. १. राम्रो किसिमको स्वर; सुमधुर आवाज। वि.
90535 सुस्वर ना. २. सुमधुर स्वर भएको; मिठो आवाज भएको।
90536 सुस्वरता ना. १. स्वरको मधुरता; मधुर आवाजको उपस्थिति।२. ध्वनिमाधुर्य।
90537 सुस्वाद ना. मिठो स्वाद; राम्रो स्वाद।
90538 सुस्वादु वि. खाँदा वा सुन्दा अत्यन्त मिठो लाग्ने; अत्यन्त स्वादिलो।
90539 सुस्वास्थ्य ना. स्वास्थ्य (विनय तथा शिष्ट अर्थमा)।
90540 सुस्वास्थ्य केन्द्र ना. स्वास्थ्यनिवास।
90541 सुहाइ ना. सुहाउने भाव, क्रिया वा प्रक्रिया।
90542 सुहाइनु अ.क्रि. सुशोभित होइनु।
90543 सुहाउँदो वि. शोभनीय; शोभावर्धक।
90544 सुहाउनु अ.क्रि. १. कुनै आभूषण, परिधान आदिले सुशोभित हुनु।
90545 सुहाउनु अ.क्रि. २. एक अर्कासँग बस्दा वा मिल्दा राम्रो देखिनु।
90546 सुहाउनु अ.क्रि. ३. गरेको काम, बोलेको वचन, चलेको चाल, खाएको भोजन, लाएको लुगा आदि गर्ने, बोल्ने, चल्ने, खाने, लाउने क्रिया सुहाउँदोमिल्दो हुनु।
90547 सुहाउनु अ.क्रि. ४. शोभा बढाउने खालको हुनु।
90548 सुहाग ना. १. दाम्पत्यको दीर्घताका लागि लगाइने सिन्दूर; सौभाग्य; सिन्दूर; ऐँभात; स्वाग ।
90549 सुहाग ना. २. सुहागा; स्वाग।
90550 सुहागरात ना. सौभाग्यरात्रि; मधुरात्रि पतिपत्नीले जीवनमा पहिलोपल्ट दाम्पत्यसुख प्राप्त गरेको रात; प्रेमीप्रेमिकाको प्रेमको उद्देश्य पूरा भएको प्रथम रात।