Dictionary

All Word

90401 सुवेश / सुवेष ना. राम्रो वेशभूषा; असल पहिरन।
90402 सुव्यवस्था ना. राम्रो बन्दोबस्त; सुन्दर व्यवस्था।
90403 सुव्यवस्थित वि. राम्रोसँग बन्दोबस्त गरिएको; सुन्दर व्यवस्थाले युक्त।
90404 सुशासन ना. उत्तम किसिमको शासन; असल राज्यव्यवस्था; कल्याणकारी शासनव्यवस्था।
90405 सुशासित वि. राम्रोसँग शासन चलाइएको; राम्ररी शासन गरिएको।
90406 सुशिक्षा ना. उत्तम खालको शिक्षा; असल शिक्षा।
90407 सुशिक्षित वि. राम्रो शिक्षा पाएको; असल शिक्षा दिइएको।
90408 सुशील वि. १. असल शीलस्वभावको; उत्तम चरित्र भएको; शीलवान्।
90409 सुशील वि. २. सज्जन तथा सरल।
90410 सुशीलता ना. सुशील हुनाको भाव, गुण वा अवस्था; राम्रो बानीबेहोरा; सच्चरित्रता।
90411 सुशीला वि. १. असल आचरण वा स्वभाव भएकी; सच्चरित्रा (नारी)। ना.
90412 सुशीला वि. २. राधाकी एक सखी।
90413 सुशोभन वि. उत्तम शोभाले युक्त; अति राम्रो।
90414 सुशोभन समारोह ना. श्री ५ बाट विशेष उपाधि, पदक आदि वितरण गरिने समारोह वा उत्सव।
90415 सुशोभित वि. १. साह्रै सुहाएको; अत्यन्त शोभायमान।
90416 सुशोभित वि. २. राम्रोसँग सजाइएको; सजिसजाउ।
90417 सुश्री ना. १. अविवाहिता नारीहरूका नामको अगाडि लेखिने आदरसूचक शब्द।
90418 सुश्री ना. २. राम्रो शोभा; कमनीय ऐश्वर्य। वि.
90419 सुश्री ना. ३. शोभाले युक्त; अति सुन्दर।
90420 सुश्रुत ना. १. आयुर्वेदको प्रसिद्ध ग्रन्थ 'सुश्रुतसंहिता'- का रचयिता सुविख्यात महर्षि। वि.
90421 सुश्रुत ना. २. राम्ररी सुनिएको; राम्ररी पढिएको।
90422 सुश्रुत ना. ३. सुविख्यात; प्रसिद्ध।
90423 सुश्रुत संहिता ना. सुश्रुत महर्षिद्वारा रचित एक प्रसिद्ध वैद्यक ग्रन्थ।
90424 सुषमा ना. १. परम शोभा; अत्यन्त सुन्दरता।
90425 सुषमा ना. २. माथिल्लो तहको विशेषतः प्राकृतिक सौन्दर्य।
90426 सुषमा ना. ३. तगण, यगण, भगण र गुरु भएको एक वार्णिक छन्द।
90427 सुषमित वि. सुषमाले युक्त।
90428 सुषुप्त वि. १. गाढा निद्रामा परेको; मस्तसँग निदाएको।
90429 सुषुप्त वि. २. निष्क्रिय अवस्थामा कुनै चिजमा अडेको (गुण वा तत्त्व)।
90430 सुषुप्त ज्वालामुखी ना. अहिलेसम्म विस्फोटन नभएको र पछि पनि छिटै विस्फोटन नहुने खालको ज्वालामुखी।
90431 सुषुप्ति ना. १. मस्तसँगको निदाइ; गाढा निद्रा।
90432 सुषुप्ति ना. २. वेदान्तअनुसार ब्रह्मको प्राप्ति हुँदा पनि जीवलाई ज्ञान नहुने अवस्था।
90433 सुषुप्ति ना. ३. जीवका तीन अवस्था- जाग्रत्, स्वप्न, सुषुप्तिमध्ये एक।
90434 सुषुम्ना ना. १. योगशास्त्रअनुसार, इडा र पिङ्गला नाडीका बिचमा रहेको नाडी; इडा, पिङ्गला र सुषुम्ना तीन प्रकारका नाडीमध्ये तेस्रो नाडी।
90435 सुषुम्ना ना. २. शरीरविज्ञानका अनुसार नाभिबाट आरम्भ भई मेरुदण्ड हुँदै ब्रह्मरन्ध्रसम्म पुग्ने नाडी।
90436 सुषुम्ना ना. ३. आयुर्वेदअनुसार अरु नाडीहरूले बेरिएको, नाभिस्थलका माझमा रहेको केन्द्रीय नाडी।
90437 सुषुम्ना शीर्ष ना. सुषुम्ना नाडीको मुख्य वा शीर्षभाग।
90438 सुष्ठु क्रि.वि. १. राम्ररी; काइदासाथ। वि.
90439 सुष्ठु क्रि.वि. २. राम्रो; सुन्दर; काइदाको।
90440 सुष्ठुता ना. सुन्दरता; सौष्ठव।
90441 सुसंस्कृत वि. १. राम्रो तबरबाट तयार पारिएको; राम्ररी संस्कार गरिएको।
90442 सुसंस्कृत वि. २. शिक्षादीक्षा, नैतिक मर्यादा, सत्सङ्ग आदि पाएर सुसभ्य भएको।
90443 सुसङ्गठित वि. १. अङ्ग-प्रत्यङ्गहरू राम्ररी मिलेको।
90444 सुसङ्गठित वि. २. राम्रो प्रकारले एकत्रित वा सुगठित भएको।
90445 सुसङ्गठित वि. ३. राम्ररी सङ्गठित तुल्याइएको।
90446 सुसङ्गत वि. १. पूर्वापर आधार मिली राम्रो सङ्गति देखिने; जुनसुकै दृष्टिले पनि युक्तिसङ्गत।
90447 सुसङ्गत वि. २. राम्रो सङ्गत, सम्पर्क आदि भएको। ना.
90448 सुसङ्गत वि. ३. राम्रो सङ्गत; सत्सङ्ग।
90449 सुसङ्गति ना. राम्रा र असल मानिसहरूसितको बसउठ; राम्रो सङ्गत; सज्जनहरूसितको घनिष्ठता।
90450 सुसज्जित वि. १. हरेक दृष्टिबाट सजिसजाउ; राम्रो हिसाबले तयार।