Dictionary

All Word

90451 सुसज्जित वि. २. हरेक दृष्टिबाट तत्पर।
90452 सुसञ्चालन ना. जुनसुकै कार्यको पनि राम्रो प्रकारले हुने सञ्चालन; राम्रो बन्दोबस्त।
90453 सुसञ्चालित वि. राम्रो तरिकाबाट सञ्चालन गरिएको; सुचारु ढङ्गले चलाइएको।
90454 सुसमय ना. राम्रो वेला; सुअवसर।
90455 सुसमाचार ना. राम्रो समाचार; असल हालखबर; शुभ समाचार।
90456 सुसम्पन्न वि. १. आवश्यक वस्तुहरूले परिपूर्ण; सबै कुराले पूर्ण।
90457 सुसम्पन्न वि. २. राम्रो खानदानको; पुगीसरी आएको।
90458 सुसम्पन्न वि. ३. धनी; समृद्ध।
90459 सुसम्पन्नता ना. सुसम्पन्न हुनाको अवस्था वा स्थिति; धनीपना; पुगीसरी; समृद्धि।
90460 सुसाइ ना. हावा, हुरी, पानी आदि सुसाउने भाव, क्रिया वा प्रक्रिया।
90461 सुसाइनु अ.क्रि. सुसाउने काम होइनु।
90462 सुसाउनु अ.क्रि. हुरी, बतास, पानी आदिको वेगबाट घर्षण पैदा भई 'सुइँसुइँ' शब्द उत्पन्न हुनु।
90463 सुसाङ्ख्य ना. हिसाब गरेर निष्कर्ष निकाल्ने स्वचालित यन्त्र; क्यालकुलेटर।
90464 सुसाध्य वि. १. विनाप्रयास पनि सिद्ध गर्न सकिने; सजिलै सफल हुने।
90465 सुसाध्य वि. २. एकदम सरल; सजिलो।
90466 सुसार ना. बस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरिने सेवा वा टहल; सह्यारसम्भार।
90467 सुसारे वि. १. सुसार गर्ने काममा खटिएको; सुसार गर्ने।
90468 सुसारे वि. २. परिचारिकाको काममा खटिएको। ना.
90469 सुसारे वि. ३. सेविका; धाई; नर्स।
90470 सुसिक ना. १. लिम्बूजातिका संस्कारअनुसार गर्भिणी आइमाईको गर्भ तुहाउने भूत।
90471 सुसिक ना. २. अगति परेको आत्मा; दुरात्मा।
90472 सुसिद्धि ना. कुनै कुरामा राम्रो साधना; प्रवीणता; कुशलता।
90473 सुसु वि. १. अत्यन्त दुब्लो वा पातलो; कमजोर। ना.
90474 सुसु वि. २. जाडो हुँदा मुखबाट प्रकट हुने शब्द।
90475 सुसु वि. ३. पिसाब (बालबोली)।
90476 सुसुपाल वि. दुब्लाएर हाड र छाला मात्र बाँकी रहेको; अत्यन्त दुब्लो।
90477 सुसुर्को/ सुसुल्को ना. १. सह्यारसम्भार; सुसार।
90478 सुसुर्को/ सुसुल्को ना. २. घरको सानोतिनो र अलमल्याउने कामकाज; सुसेधन्दा; कोठेधन्दा।
90479 सुसे वि. १. अत्यन्त दुब्लो वा पातलो; फुकिढल; सुकुटे; सिकटे; सिकुटे।
90480 सुसे वि. २. तुच्छ; साधारण।
90481 सुसे धन्दा ना. घरको ओसारपसार, थान्कोमुन्को, राखनधरन आदि सामान्य काम; सुसुल्को।
90482 सुसे पाथी ना. १. छाप नलागेको पाथी।
90483 सुसे पाथी ना. २. कच्ची पाथी बराबरको नाप।
90484 सुसे माना ना. १. छाप नलागेको कच्ची मानु।
90485 सुसे माना ना. २. कच्ची माना बराबरको नाप।
90486 सुसेल्नु स.क्रि मुखबाट कुनै धुन आउने हिसाबले हावा निकाली सुसु पार्नु; सुसेलो निकाल्नु।
90487 सुसेलपारा वि. १. सुसेल्ने स्वभावको (व्यक्ति)। ना.
90488 सुसेलपारा वि. २. सुसेलोको धुन वा शैली।
90489 सुसेलपारे वि. सुसेलपाराको झैँ शैलीको।
90490 सुसेलाइ ना. सुसेल्ने क्रिया वा प्रक्रिया।
90491 सुसेलाइनु क.क्रि. सुसेल्न लगाइनु।
90492 सुसेलाउनु प्रे. क्रि. सुसेल्न लगाउनु।
90493 सुसेलाहट ना. सुसेलाइ।
90494 सुसेलिनु क.क्रि. १. सुसेल्ने काम गरिनु। अ.क्रि.
90495 सुसेलिनु क.क्रि. २. सुसेल्ने हुनु।
90496 सुसेली ना. १. ओठ खुम्च्याएर सास भित्रबाहिर फुक्तै निकालिने एक किसिमको आवाज।
90497 सुसेली ना. २. सल्ला, हावा, आदि सुसाउँदाको आवाज।
90498 सुसेली ना. ३. सुसेलो (गीत, लोकगीत, कविता आदिमा प्रचलित अर्थ )।
90499 सुसेलो ना. १. ओठ गोलो बनाएर पौन खिँच्दै वा सास फेर्दै निकालिने झन्डै बाँसुरी आदिको जस्तो मधुर ध्वनि।
90500 सुसेलो ना. २. सुस्केरा।