Dictionary

All Word

90301 सुऱ्याउनु स.क्रि./प्रे.क्रि. १. कुनै कामकुरामा उत्तेजित गर्नु; तम्साउनु।
90302 सुऱ्याउनु स.क्रि./प्रे.क्रि. २. शूरो गराउनु; आँटिलो पार्नु।
90303 सुर्र क्रि.वि. १. वेगसित पानी वा धुवाँ एकै सासले तान्ने गरी।
90304 सुर्र क्रि.वि. २. अतालिएर दौडने चालले।
90305 सुल्नु अ.क्रि. असुल हुनु; लेनदेन चुक्ती हुनु; फच्चे हुनु।
90306 सुल ना. कसैसँग लिनुपर्ने पैसा वा जिन्सी लिने काम; असुल; फच्चे।
90307 सुलक्षण वि. १. राम्रो लक्षणको; लच्छिन भएको।
90308 सुलक्षण वि. २. भाग्यमानी। ना.
90309 सुलक्षण वि. ३. राम्रो लच्छिन; शुभ लक्षण।
90310 सुलक्षणा वि. राम्रो लक्षण भएकी (स्त्री)।
90311 सुलच्छिन ना. राम्रो लच्छिन; सुलक्षण।
90312 सुलतान ना. बादशाह; सम्राट्; राजा।
90313 सुलताना ना. बेगम; सम्राज्ञी।
90314 सुलतानी वि. सुलतानसम्बन्धी; सुलतानको।
90315 सुलभ / सुलभ्य वि. १. सजिलैसित पाइने; प्राप्त गर्न कठिनाइ वा परिश्रम नपर्ने; सुलभ्य।
90316 सुलभ / सुलभ्य वि. २. सहज; सुगम; सजिलो।
90317 सुलभ मुद्रा ना. अर्थशास्त्रमा, अर्को देशबाट माल झिकाउनका निम्ति सहजै प्राप्त हुन सक्ने कुनै देशको मुद्रा।
90318 सुलभ मुद्रादेश ना. सुलभ मुद्राप्रसार भएको देशको क्षेत्र।
90319 सुलसाल ना. छिनाफाना; लेनदेनको हिसाब चुक्तिने काम।
90320 सुलसुल क्रि.वि. १. घाउखटिरा आदिमा मसिना किरा हिँड्ने गरी; सगसग।
90321 सुलसुल क्रि.वि. २. बिस्तारै पानी बग्ने चालले।
90322 सुलसुल क्रि.वि. ३. पातलो झाडा नथामिईकन भए झैँ ।
90323 सुलसुल क्रि.वि. ४. सर्प आदि जन्तु घस्रेर हिँड्ने गरी।
90324 सुलसुलती / सुलसुली क्रि.वि. अझै सुलसुल हुने गरी।
90325 सुलसुले ना. १. कुखुरा, हाँस, परेवा आदिका शरीरमा लाग्ने एक जातको मसिनो किरो; ग्वामे।
90326 सुलसुले ना. २. कागत, किताब आदिमा लाग्ने सेतो टल्कने किरो।
90327 सुलसुले ना. ३. ढुसी किरो।
90328 सुलसुले ना. ४. सर्प, गड्यौँलो आदि घस्रेर हिँड्ने किरो।
90329 सुलसुले ना. ५. पातलो झाडा नथामिई भइरहने चाल।
90330 सुलह ना. दुई विरोधी पक्षमा झगडा वा लडाइँपछि भएको मेलमिलाप; सम्झौता; सन्धि।
90331 सुलहनामा ना. सुलह वा सम्झौताका सर्तहरू लेखी सम्बद्ध व्यक्तिहरूद्वारा हस्ताक्षर गरिएको कागत; सन्धिपत्र।
90332 सुलिनु अ.क्रि. १. लेनदेनको हिसाब चुक्ती हुनु; फच्चे हुनु; सुल्नु।
90333 सुलिनु अ.क्रि. २. चुक्ती होइनु; तिरिनु।
90334 सुली ना. परेवा, कुखुरा, हाँस आदि पक्षीको बिष्टा।
90335 सुली ना. लिच्छविकालको आर्थिक प्रशासनमा कर उठाएर सङ्कलन गर्ने अड्डा; लिच्छविकालको कर अड्डा।
90336 सुली ना. भालाका छाँटको तिखो टुप्पो भएको हतियार; शूली; बातो।
90337 सुली चढाउनु / हाल्नु टु. सूलीमा उन्नु; त्यसरी अनिष्ट गर्नु वा बिताउनु।
90338 सुलुक्क क्रि.वि. १. चिप्लो नरम पदार्थ दाँतले नचपाईकन एकै खेपमा निले झैँ गरी; सलक्क।
90339 सुलुक्क क्रि.वि. २. छरितो र लम्स्याइलो छाँट परेको चालमा।
90340 सुलुत्त क्रि.वि. १. सानो दुलामा एक्कासि पसे झैँ गरी; सुत्त।
90341 सुलुत्त क्रि.वि. २. सानो ठाउँबाट छिर्ने चालले।
90342 सुलेख ना. १. राम्रो र उम्दा लेखावटको लिपि।
90343 सुलेख ना. २. सुन्दर वा उत्तम लेख।
90344 सुलोचना वि. १. सुन्दर आँखा भएकी। ना.
90345 सुलोचना वि. २. वासुकिकी एक कन्या।
90346 सुलोचना वि. ३. सुलोचना महाकाव्यकी नायिका।
90347 सुल्कनु अ.क्रि. सुलुक्क चालसित बगेर जानु।
90348 सुल्किनु अ.क्रि. सुल्ल बग्नु; चिप्लिनु।
90349 सुल्क्याइ ना. सुल्किने भाव, क्रिया वा प्रक्रिया।
90350 सुल्क्याइनु अ.क्रि. सुल्किने पारिनु; सुल्ल बगाइनु।