Dictionary

All Word

90251 सुरेली ना. हाँगाबिँगा नभएको अग्लो रुख, खम्बा, डोरी आदिमा दुई हात र दुई खुट्टाले च्यापी छातीले घस्रिएर चढ्ने वा ओर्लने काम।
90252 सुरेश ना. देवराज; सुरेन्द्र।
90253 सुरो वि. १. पराक्रमी; वीर; बलवान्।
90254 सुरो वि. २. साहसी; आँटिलो।
90255 सुरो ना. पन्जासहितको हातका आकारको, होम गर्दा आगामा घिउ हाल्ने खयर काठको साधन।
90256 सुरो चरु ना. होम गर्दा घिउ हाल्ने काठको साधन र होम गरिने अन्न।
90257 सुर्कनु स.क्रि. १. कपडाको दुई पाटालाई सियोधागोले सुर्काउनी पर्ने गरी जोर्नु; लामा फड्का हालेर सिउनु।
90258 सुर्कनु स.क्रि. २. एक हातले बालाको नलमा समाती अर्को हातले धान आदि तान्नु; रुहुनु।
90259 सुर्कनु स.क्रि. ३. पाखुरा दह्रो पार्नु।
90260 सुर्कनु स.क्रि. ४. बाहुला माथि सार्नु।
90261 सुर्काइ ना. सुर्कने भाव, क्रिया वा प्रक्रिया।
90262 सुर्काइनु क.क्रि. सुर्कन लाइनु।
90263 सुर्काउनी ना. डोरी वा धागाको एक छेउमा अर्को छेउ घुमाएर तान्दा सजिलैसित कसिने गरी बनाइएको एक किसिमको खुकुलो गाँठो; सुर्केनी।
90264 सुर्काउनु प्रे. क्रि. सुर्कन लाउनु; सुर्काउनी पार्नु।
90265 सुर्कासुर्की ना. सानातिना धेरै सुर्का।
90266 सुर्किनु क.क्रि./स.क्रि. १. फड्का मारेर सिइनु।
90267 सुर्किनु क.क्रि./स.क्रि. २. सुर्कनु।
90268 सुर्की ना. १. इँट कुटेर बनाइएको धुलो। ना.
90269 सुर्की ना. २. नङ काटेपछि त्यसको फेद टल्काउन घोटिने असल इँटको धुलो।
90270 सुर्के वि. १. ठाडो धर्सा पारेर लगाएको (चन्दन वा टीका)।
90271 सुर्के वि. २. निधारमा कालो वा सेतो ठाडो धर्सा भएको (पशु)।
90272 सुर्केनी ना. सुर्काउनी।
90273 सुर्को ना. १. एक सासमा पिइने तातो तरल पदार्थ।
90274 सुर्को ना. २. खेतबारीको लाम्चो गह्रो।
90275 सुर्को ना. ३. सुर्केर सिउने काम वा खेप।
90276 सुर्को ना. ४. पानी, बालुवा, रेखी आदिको धर्सो वा सोतो।
90277 सुर्को ना. ५. चन्दनको ठाडो टिको।
90278 सुर्कौनी ना. सुर्काउनी; सुर्केनी।
90279 सुक्र्यौलो ना. सुर्केनी पारेको गाँठो।
90280 सुर्ख वि. रातो रङको।
90281 सुर्खी ना. १. रातोपन; लालिमा।
90282 सुर्खी ना. २. पाको इँटको धुलो; सुर्की। वि.
90283 सुर्खी ना. ३. रातो।
90284 सुर्खेत ना. भेरी अञ्चलमा पर्ने एक जिल्ला; मध्य पश्चिमाञ्चल विकासक्षेत्रको सदर मुकाम।
90285 सुर्जे ना. सूर्य।
90286 सुर्ता ना. मनको ताप; चिन्ता; फिक्री; पिर।
90287 सुर्ताइनु क.क्रि. सुर्ता गरिनु; फिक्री वा चिन्ता लिइनु।
90288 सुर्ताउनु स.क्रि. १. सुर्ता वा फिक्री गर्नु; चिन्ता लिनु।
90289 सुर्ताउनु स.क्रि. २. पछुतो मान्नु; पछुताउनु।
90290 सुर्ती ना. १. ठुलठुला, नरम, मसिना भुवादार पात हुने, टुप्पामा सेता लाम्चा फूल फुल्ने, रायोको जस्तो एक जातको बोट वा त्यसैको पात।
90291 सुर्ती ना. २. सो पातबाट बनाइएको चुरोट, बिँडी आदिभित्र कोचिएको धुलो।
90292 सुर्ती ना. ३. मुखमा च्यापेर वा तमाखु,कक्कड, चुरोट, बिँडी आदिका रूपमा सल्काएर धुवाँ खाइने सुकाइएको काँचो पात।
90293 सुर्तीसार ना. सुर्तीमा पाइने सार; चुरोट, सुर्ती आदिबाट लाग्ने पहेँलो रङको कस; निकोटिन।
90294 सुर्मा ना. आँखाको फाइदाका निम्ति गाजल जस्तै गरी लगाइने निलो भावको कालो रङ्गको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण; सुरमा।
90295 सुऱ्याइँ ना. बहादुरी; पराक्रम; सूरोपन।
90296 सुऱ्याइ ना. १. कुनै काम गर्न तम्सिने भाव वा किसिम; आँट।
90297 सुऱ्याइ ना. २. शौर्य; वीरता।
90298 सुऱ्याइ ना. १. सुरिने भाव, क्रिया वा प्रक्रिया। [सुऱ्याउ + आइ]
90299 सुऱ्याइ ना. २. सुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
90300 सुऱ्याइनु क.क्रि. सुरिने पारिनु; तम्स्याइनु।