Dictionary

All Word

90351 सुल्क्याउनु स.क्रि. सुल्किने पार्नु; सुल्ल बगाउनु।
90352 सुल्टिनु अ.क्रि. १. सुल्टो हुनु; सब्ल्याँटो हुनु।
90353 सुल्टिनु अ.क्रि. २. प्रतिकूल कुरो अनुकूल हुनु; सव्य पर्नु।
90354 सुल्टो वि. १. बिब्ल्याँटो वा उल्टो नभएको; सब्ल्याँटो।
90355 सुल्टो वि. २. भनेजस्तो; अनुकूल; सव्य।
90356 सुल्टो वि. ३. क्रि.वि. नियम वा विधिअनुसार।
90357 सुल्ट्याइ ना. १. सुल्टिने भाव, क्रिया वा प्रक्रिया। [सुल्ट्याउ (+आइ)]
90358 सुल्ट्याइ ना. २. सुल्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
90359 सुल्ट्याइनु क.क्रि. सुल्टो पारिनु।
90360 सुल्ट्याउनु प्रे. क्रि. १. अनुकूल पार्नु।
90361 सुल्ट्याउनु प्रे. क्रि. २. सुल्टो वा सब्ल्याँटो पार्नु।
90362 सुल्पुङे वि. एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने (व्यक्ति); मुसुमुन्द्रे; कनसुत्ले; नारद।
90363 सुल्फा ना. १. गाँजाको चोप; चरेस।
90364 सुल्फा ना. २. सानो चिलिममा भरिएको तमाखु वा कक्कड।
90365 सुल्याइ ना. १. सुल्याउने वा चुक्त्याउने क्रिया वा प्रक्रिया।
90366 सुल्याइ ना. २. सुल्याउने वा मैथुन गराउने क्रियाप्रक्रिया।
90367 सुल्याइनु क.क्रि. १. सुल गरिनु।
90368 सुल्याइनु क.क्रि. २. मैथुन गरिनु।
90369 सुल्याउनु स.क्रि. १. स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु। [सुल्+याउ+नु]
90370 सुल्याउनु स.क्रि. २. लेनदेन चुक्ती वा फच्चे गर्नु; फच्च्याउनु।
90371 सुल्ल क्रि.वि. १. बिस्तारै पानी बग्ने गरी।
90372 सुल्ल क्रि.वि. २. सर्प, खजुरो, कन्सुत्लो आदि हिँड्ने वा बग्ने चालले।
90373 सुल्ल क्रि.वि. ३. पातलो दिसा, पिसाब आदि नरोकिई बग्ने गरी
90374 सुल्ल क्रि.वि. ४. धागो, डोरी आदि फुस्किएर वा तानिएर। सात) सुलुलुलु।
90375 सुवचन ना. राम्रो वा मिठो बोली; मधुर वचन।
90376 सुवदना ना. १. सुन्दर अनुहार भएकी स्त्री; सुन्दरी स्त्री।
90377 सुवदना ना. २. मगण, रगण, भगण, नगण, मगण र लघु-गुरु भएको, सातसात अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।
90378 सुवर्ण ना. सुन; स्वर्ण।
90379 सुवर्णकार ना. सुनको गहना बनाउने कालिगड; सुनार।
90380 सुवर्ण केतकी ना. पहेँला केवडा।
90381 सुवर्णमान जुनसुकै अवस्थामा पनि तोकिएको दरभाउअनुसार ब्याङ्कको कागजी नोट सुनका रूपमा भुक्तान गर्न सकिने मुद्राप्रणाली; सुनको मान वा दर कायम गरिएको कागजी मुद्रा।
90382 सुवास ना. १. मिठो बास्ना; सुगन्ध; खुस्बू।
90383 सुवास ना. २. राम्रो निवासस्थान।
90384 सुवास ना. ३. असल नाम; सुकीर्ति।
90385 सुवासित वि. सुगन्धयुक्त; मिठो बास्ना आउने गराइएको।
90386 सुवासिनी ना. १. युवती भइसकेपछि पनि आमाबाबुका घरमा रहने स्त्री।
90387 सुवासिनी ना. २. सधवा स्त्री।
90388 सुवासिनी ना. ३. स्वास्नी।
90389 सुविख्यात वि. ज्यादै प्रसिद्ध; प्रायः धेरैले जाने-बुझेको।
90390 सुविचार ना. १. असल विचार; सद्विचार।
90391 सुविचार ना. २. मिहिन वा सूक्ष्म विचार।
90392 सुविधा ना. कुनै पनि काम सजिलैसित गर्न सकिने अवस्था; सुबिस्ता; सजिलोपना।
90393 सुविधाभोगी वि. हरतरहबाट सुविधा पाउने वा पाएको।
90394 सुविधि ना. राम्रो विधि; असल नियम।
90395 सुवीर ना. अत्यन्त वीर; महावीर।
90396 सुवीर पट्ट नेपाली सेनालाई प्रदान गर्ने गरिएको २०२० सालमा स्थापित एक पदक।
90397 सुवृत्त वि. १. असल चालचलन भएको; सदाचारी; सच्चरित्र। ना.
90398 सुवृत्त वि. २. उत्तम वृत्त वा आचरण।
90399 सुवृत्ति ना. १. उत्तम वृत्ति वा जीविका।
90400 सुवृत्ति ना. २. राम्रो आचरण; सदाचार।