Dictionary

All Word

91101 सोखी वि. २. कुनै व्यवसाय, शिल्प, कला वा क्रीडामा पेट पाल्ने उद्देश्यले नलागी केवल मन बहलाउने उद्देश्यले लागेको; सौखिन।
91102 सोख्ता ना. मसी आदि सोस्ने काममा प्रयोग हुने खस्रो किसिमको बाक्लो कागत; सोस्ता (ब्लटिङ पेपर)।
91103 सोगाउनु अ.क्रि. हे. सोकाउनु।
91104 सोघा ना. लिम्बू संस्कृतिमा मान्छेलाई अकाल मृत्युको सिकार बनाउँछ भनी विश्वास गरिने एक प्रेत।
91105 सोच्नु स.क्रि. १. विचारमा डुबेर चिन्तन गर्नु; मनन गर्नु।
91106 सोच्नु स.क्रि. २. शोकसुर्ता गर्नु; अपशोच गर्नु।
91107 सोच ना. १. कुनै विषयमा विचारमग्न हुने काम; मनन; सोच्ने काम।
91108 सोच ना. २. सङ्ग्रह; जोरजाम; सञ्चय; साँच
91109 सोच ना. ३. मनमा पर्ने चिन्ता; मनको पिर।
91110 सोचना ना. १. चिन्तन गर्ने काम; विचार गराइ।
91111 सोचना ना. २. चिन्तन; सोचविचार गरेर मात्रै गरिने कुनै निर्णय।
91112 सोचना ना. ३. विवेक दृष्टि; बुद्धिको सदुपयोग।
91113 सोचना ना. ४. सोचाइ वा विचार गराइ।
91114 सोचाइ ना. सोच्ने भाव, क्रिया वा प्रक्रिया।
91115 सोचाइनु क.क्रि. सोच्न लाइनु।
91116 सोचाउनु प्रे. क्रि. सोच्ने गराउनु; विचार गराउनु।
91117 सोचिनु क.क्रि. सोच्ने काम गरिनु; विचार गरिनु।
91118 सोज ना. १. सोचविचार गर्ने काम; सोझ।
91119 सोज ना. २. कुनै वस्तु जोरजाम गरेर जोगार गर्ने काम; जोहो; जगेडा।
91120 सोज ना. ३. सुझ।
91121 सोजा ना. गोडामा मोजाभन्दा बाहिरपट्टि लगाइने जुत्ताका आकारको कपडा आदिको वस्तु।
91122 सोझ ना. हे. सोज।
91123 सोझासोझी ना. १. आमुन्नेसामुन्ने; आम्नेसाम्ने। क्रि.वि.
91124 सोझासोझी ना. २. विना छलकपट; इमानदारीसाथ; हाक्काहाक्की।
91125 सोझिनु अ.क्रि. १. सिधा हुनु; बाङ्गोको विपरीत हुनु।
91126 सोझिनु अ.क्रि. २. भनेको मान्ने हुनु; नबटारिनु।
91127 सोझिनु अ.क्रि. ३. उद्देश्यतिर उन्मुख भई अघि बढ्नु। क.क्रि.
91128 सोझिनु अ.क्रि. ४. सोझो पारिनु।
91129 सोझी क्रि.वि १. सामुन्ने; एकदमै सीधै; सामु पारेर; सोझै।
91130 सोझी क्रि.वि २. कतै वा कहीँ पनि नरोकिईकन; सरासर; कतै अलमलिई।
91131 सोझेटो ना. सोझो बाटो; चोर बाटो; पियालो।
91132 सोझेरी क्रि.वि. १. सिधासाधा हिसाबले; बाङ्गोटिङ्गो नगरी; सोझै।
91133 सोझेरी क्रि.वि. २. छलकपटविना। ना.
91134 सोझेरी क्रि.वि. २. सोझो मति; सोझो कार्य; सोझो वचन।
91135 सोझै क्रि.वि. सीधै; सरासर; सोझी।
91136 सोझो वि. १. बाङ्गोको विपरीत; सिधा।
91137 सोझो वि. २. छलकपट नगर्ने; इमानदार; सरल स्वभावको।
91138 सोझो कुरा ना. भएको साँचो कुरा; खसोखास।
91139 सोझो मन ना. शुद्ध चित्त; असल नियत।
91140 सोझो मुख ना. झर्कोफर्को नगरेको वा नरिसाएको मुख।
91141 सोझो हात ना. आफूले ताकेको ठाउँमा लाग्ने हात।
91142 सोझ्याइ ना. सोझिने क्रिया वा प्रक्रिया।
91143 सोझ्याइनु क.क्रि. सोझो पारिनु; सिधा बनाइनु।
91144 सोझ्याउनु प्रे. क्रि./स.क्रि. सोझो पार्नु; सिधा गर्नु; सोझो वा सिधा पार्न लगाउनु।
91145 सोट्ठा ना. १. कसैलाई पिट्ने काममा प्रयोग गरिने लट्ठी; डन्डा; सोँट्ठा।
91146 सोट्ठा ना. २. सिर्कनु; छडी।
91147 सोट्ठा ना. ३. सन्ठी।
91148 सोट्ठिनु अ.क्रि. डन्डाद्वारा लाग्नु; पिटाइ हुनु; कुटिनु।
91149 सोट्ठ्याइ ना. सोट्ठ्याउने भाव, क्रिया वा प्रक्रिया।
91150 सोट्ठ्याइनु क.क्रि. सोट्ठैसोट्ठाले पिटिनु; गोदाइनु।