Dictionary

All Word

91201 सोधपुछ ना. प्रश्नगराइ; केरकार।
91202 सोधभर्ना ना. पहिले लिएको रकम वा जिन्सी आदि पछि भर्ना गर्ने काम; लिएको बढी रकम तलब, भत्ता आदिबाट कट्टा गरी हिसाब मिलाउने काम; सट्टाभर्ना।
91203 सोधाइ ना. सोध्ने भाव, क्रिया वा प्रक्रिया।
91204 सोधाइनु क.क्रि. सोध्ने काम गराइनु; सोध्न लाइनु।
91205 सोधाउनु प्रे. क्रि. सोध्ने काम गराउनु; सोध्न लगाउनु।
91206 सोधिनु क.क्रि. सोध्ने काम गरिनु।
91207 सोपाधि वि. उपाधि वा दर्जासहितको उपाधि।
91208 सोपाधिक वि. उपाधिले सहित वा युक्त भएको; उपाधिसहितको।
91209 सोपान ना. भऱ्याङ; लिस्नो।
91210 सोप्य्राक्क क्रि.वि. हे. सुप्रुक्क।
91211 सोफा ना. कपास, फोम आदिका साथै स्प्रिङसमेत जडी बाहिरबाट कपडा आदिको आवरण हाली तयार पारिएको अडेसदार लामो बेन्च।
91212 सोफा सेट ना. सोफा र आवश्यक अन्य वस्तुको बाना (कुर्सी, टेबुल इ.)।
91213 सोभान ना. राम्रो आनीबानी; सुबान।
91214 सोभान साही ना. एकीकरणपूर्वको जुम्ला राज्यका अन्तिम कल्यालवंशी राजा।
91215 सोभिता ना. रछाया रङको, एक प्रकारको निकेलजस्तो धातु।
91216 सोम वि. १. धेरै समयसम्म सुतिरहने; सुताहा।
91217 सोम वि. २. अल्सी; लोसो।
91218 सोम वि. ३. बितेबिग्रेको वास्तै नगर्ने; कुनै कुराको पर्बाह नभएको।
91219 सोम वि. ४. कृपण; किरन्टोकी।
91220 सोम ना. १. जून; चन्द्रमा।
91221 सोम ना. २. आइतबारका भोलिपल्टको बार; सौँबार।
91222 सोम ना. ३. देवताहरूले पान गर्ने अमृत; सोमरस।
91223 सोम ना. ४. सोमलता।
91224 सोमत ना. १. राम्रो किसिमको आनीबानी।
91225 सोमत ना. २. सभ्य आचरण; सभ्यपन; सदरियापन।
91226 सोमत ना. ३. शिष्टता; भद्रता।
91227 सोमतिलो वि. राम्रो स्वभाव र आचरण भएको; सोमती।
91228 सोमती वि. राम्रो सोमत भएको।
91229 सोमतीर्थ ना. भारतको काठियाबाड प्रदेशमा रहेको एक प्राचीन तीर्थस्थल; प्रभासतीर्थ।
91230 सोमनाथ ना. सोमतीर्थमा रहेका मन्दिरमा रहेको शिवको मूर्ति; बाह्रवटा ज्योतिर्लिङ्गमध्ये प्रसिद्ध एक लिङ्ग।
91231 सोमपान ना. १. सोमलताको रसपान गर्ने काम; सोमरसको पान।
91232 सोमपान ना. २. मदिरापान गर्ने काम।
91233 सोमपायी वि. सोमरस पान गर्ने (व्यक्ति)।
91234 सोमबार ना. सातोटा वारमध्ये दोस्रो वार; आइतवार र मङ्गलवारबिचको दिन; सौँबार।
91235 सोमबारे वि. सौँबारका दिनको; सौँबारसम्बन्धी; सोमबारे।
91236 सोमयज्ञ/सोमयाग ना. विधिपूर्वक संस्कार गरिएको सोमरस पान गरेर सम्पन्न गरिने प्रसिद्ध एक वैदिक याग।
91237 सोमरथ ना. सोमलता वा सोमरसलाई यज्ञस्थलमा ल्याउने रथ।
91238 सोमरस ना. १. सोमलता नामको लहराबाट निकालिने, देवताहरूले पान गर्ने रस।
91239 सोमरस ना. २. सोमरसले झैँ मत्याउने पेय पदार्थ; भाङ।
91240 सोमलता ना. चन्द्रमाका कला वृद्धि र ह्रास भए झैँ शुक्लपक्षमा दिनहुँ पात पलाउँदै र कृष्णपक्षमा झर्दै गएर औँसीका दिन डाँठ मात्र बाँकी रहने, हिमालयतिर हुने एक लहरो।
91241 सोमवंश ना. अत्रि ऋषिका आँखाबाट जन्मिएका चन्द्रमाका सन्तान मानिने एक पौराणिक क्षत्रियवंश।
91242 सोमवंशी वि. सोमवंशको।
91243 सोमवंशीय वि. सोमवंशी; चन्द्रवंशी।
91244 सोमवती वि. १. सोमवार र औँसी तिथि मिलेको (दिन )। ना.
91245 सोमवती वि. २. सौँबारे औँसी।
91246 सोमवल्लरी / सोमवल्ली ना. सोमलता।
91247 सोमवार ना. हे. सोमबार।
91248 सोयुज ना. सोभियत रुसले तयार गरेको चन्द्रलोक जाने रकेट वा विमान।
91249 सोर ना. १. आवाज; ध्वनि; स्वर। [फा. शोर]
91250 सोर ना. २. चर्को हल्ला; कोलाहल; खलबल।