Dictionary

All Word

91301 सोस्नु स.क्रि. १. कुनै ठाउँमा वा वस्तुमा रहेको पानी वा अन्य तरल पदार्थलाई खिच्नु; तान्नु।
91302 सोस्नु स.क्रि. २. सुक्खा पार्नु; सुकाउनु।
91303 सोस्नु स.क्रि. ३. निष्ठुर धनीले गरिब र पीडितहरूलाई शोषण गर्नु।
91304 सोसाइ ना. १. सोस्ने क्रिया वा प्रक्रिया; चुसाइ।
91305 सोसाइ ना. २. घाम आदिद्वारा हुने चिसोपनको विलय।
91306 सोसाइटी ना. १. सामाजिक हितका निमित्त स्थापना भएको कुनै समिति; सभा।
91307 सोसाइटी ना. २. सङ्घ; संस्था।
91308 सोसाइटी ना. ३. समाज; समुदाय।
91309 सोसाइनु क.क्रि. सोस्न लगाइनु।
91310 सोसाउनु प्रे. क्रि. सोस्ने काम गराउनु।
91311 सोसाहा वि. / ना. शोषक; चुसुवा; सोस्ने।
91312 सोसिनु क.क्रि. १. सोसाइमा पारिनु। अ.क्रि.
91313 सोसिनु क.क्रि. २. सोसाइमा पर्नु।
91314 सोस्ता ना. मसी आदि सोस्ने, खस्रो र बाक्लो कागत; सोख्ता।
91315 सोस्तो ना. तरकारी खाइने बोडी; बोडा।
91316 सोहमत ना. सोहबत सोमत।
91317 सोहमती वि. सोमती।
91318 सोहरसाहर ना. सोहरेर गरिने सरसफाइ; सोहोरसाहर।
91319 सोहरा ना. भित्रभित्रको हल्ला; घुइरो; सोहोरा।
91320 सोहाग ना. सुन गाल्ने, औषधी बनाउने आदि काममा आवश्यक पर्ने एक खनिज वस्तु; स्वागा।
91321 सोही वि. १. त्यहीचाहिँ; उक्तचाहिँ नै। सर्व.
91322 सोही वि. २. ऊ नै।
91323 सोही ना. मोहीको पनि मोही; मोहियानी हक पाउनेबाट अधियाँमा जग्गा कमाउने व्यक्ति।
91324 सोहोर्नु स.क्रि. १. जतासुकै छरिएको वस्तुलाई एकै ठाउँमा भेला पार्नु।
91325 सोहोर्नु स.क्रि. २. भएभरको धनमाल लिनु।
91326 सोहोरसाहर ना. हे. सोहरसाहर।
91327 सोहोरा ना. हे. सोहरा।
91328 सोहोराइ ना. सोहोर्ने भाव, क्रिया वा प्रक्रिया।
91329 सोहोराइनु क.क्रि. सोहोर्न लगाइनु।
91330 सोहोराउनु प्रे. क्रि. सोहोर्ने काम गराउनु।
91331 सोहोरिनु क.क्रि. सोहोर्ने काम गरिनु; बटुलिनु; समेटिनु।
91332 सोह्र ना. १. दश र छको योग गर्दा हुने सङ्ख्या; १६ सङ्ख्या; सोर। वि.
91333 सोह्र ना. २. उक्त सङ्ख्या बराबरको।
91334 सोह्र कौडी ना. जुवा खेल्ने काममा प्रयोग हुने सोह्रवटा कौडा।
91335 सोह्र गन्डी वि. सोह्र आना गोरखपुरी पैसा बराबरको (तौल) सोह्र गन्डा बराबर तौल भएको।
91336 सोह्र दिने ना. बिहा भएको सोह्र दिनभित्रै मैतालु पठाउने काम।
91337 सोह्र भाइ ना. व्यङ्ग्य अर्थमा सोह्रवटा कौडाको खेल; कौडाको जुवा।
91338 सोह्र श्राद्ध ना. आश्विन कृष्णपक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्रवटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्धसमेत।
91339 सोह्र सराद ना. सोह्रश्राद्ध।
91340 सोह्रानी ना. १. राणाकालका थरीमुखियाहरूलाई तिरो उठाएर सरकारलाई बुझाएबापत भोगचलन गर्न दिइएको जिम्मेदारीसहितको बिर्ता।
91341 सोह्रानी ना. २. चौँसट्ठी पैसाको एक रुपियाँ हुने प्राचीन मुद्रा; दशमलव प्रणाली लागु हुनुभन्दा पहिलेको भारतीय एक रुपियाँ; सोरानी।
91342 सोह्रानी ना. ३. दोब्बर रकम ब्याज लिने प्रथा। वि.
91343 सोह्रानी ना. ४. सोह्र आना बराबरको (उब्जा, बाली आदि)।
91344 सोह्रौँ वि. सोह्र सङ्ख्यामा आफ्नो क्रम परेको; सोह्र नम्बरमा पर्ने (वस्तु); पन्ध्रपछिको पहिलो; सोह्रौँ।
91345 सौँठनु स.क्रि. सोँठाले हिर्काउनु; सोट्ठ्याउनु।
91346 सौँठाइ ना. सौँठाउने भाव, क्रिया वा प्रक्रिया।
91347 सौँठाइनु क.क्रि. लट्ठीले हिर्काइनु।
91348 सौँठाउनु प्रे.क्रि. सौँठने काम गराउनु; सोँठाउन लाउनु।
91349 सौँठिनु क.क्रि. सोँठाले हानिनु।
91350 सौँबार ना. प्रतिहप्ता आइतबारदेखि थालिएर सन्सरबार टुङ्गिने सात वारमध्ये दोस्रो; सोमवार।