Dictionary

All Word

91701 स्थापक वि. १. कुनै पनि वस्तुको स्थापना गर्ने; संस्थापक।
91702 स्थापक वि. २. देवालय, विद्यालय, सामाजिक सङ्घसंस्था आदिको स्थापना गर्ने।
91703 स्थापक वि. ३. देवदेवीका प्रतिमा राख्ने; प्रतिष्ठा गर्ने। ना.
91704 स्थापक वि. ४. त्यस्तो स्थापना गर्ने व्यक्ति।
91705 स्थापत्य ना. १. घर, देवालय, पुल, किल्ला आदिको वास्तुकलासम्बन्धी काम।
91706 स्थापत्य ना. २. स्थापना गर्ने काम; प्रतिष्ठा।
91707 स्थापत्य कला ना. वास्तुकला।
91708 स्थापत्य विद्या ना. वास्तुकलासम्बन्धी शास्त्र।
91709 स्थापत्य वेद ना. अथर्ववेदअन्तर्गतको वास्तुकलासम्बन्धी एक उपवेद।
91710 स्थापन/स्थापना ना. १. कुनै वस्तुलाई दृढतापूर्वक खडा गर्ने, राख्ने, जोड्ने वा जमाउने काम।
91711 स्थापन/स्थापना ना. २. सङ्घ, संस्था, देवालय, सामाजिक सङ्गठन आदि खडा गर्ने काम।
91712 स्थापन/स्थापना ना. ३. तथ्य र प्रमाणका आधारमा कुनै मत, सिद्धान्त आदिको स्थापना गर्ने काम।
91713 स्थापन/स्थापना ना. ४. भर्ना गर्ने काम।
91714 स्थापनीय वि. स्थापना गर्न योग्य; स्थापना गर्नुपर्ने।
91715 स्थापित वि. १. स्थापना गरिएको; खडा गरिएको।
91716 स्थापित वि. २. थापिएको।
91717 स्थायित्व ना. चिरकालसम्म आफ्नो महत्ता, मूल्य आदि यथावत् कायम राख्ने वा रहने काम; टिक्ने काम; खपाउपन; टिकाउ।
91718 स्थायी वि. पछिसम्म वा नियमले तोकेको समयसम्म रहिरहने; अस्थायी गुण नभएको; दिगो।
91719 स्थायीकरण ना. स्थायी गराउने क्रिया वा प्रक्रिया।
91720 स्थायी दर्ता ना. नियमबमोजिम गरिने स्थायी रजिस्ट्रेसन।
91721 स्थायी नियुक्ति ना. कुनै सेवा वा पदमा स्थायी रूपले हुने नियुक्ति वा भर्ना।
91722 स्थायी पद ना. यति समयसम्म रहने भनी म्याद नकिटिएको र तलबको निश्चित दरबन्दी भएको पद; दिगो रहने पद।
91723 स्थायी भाव ना. रसशास्त्रअनुसार प्रत्येक रसको प्राणस्वरूप रहने स्थायी रसतत्त्व; रति, हास, क्रोध, उत्साह, भय, शोक, घृणा,विस्मय, शान्त, वात्सल्य आदि भावमध्ये कुनै पनि भावको बीजरूप; विभाव, अनुभाव, सञ्चारीभावका माध्यमबाट रसका रूपमा प्रकट हुने तत्त्वको बीजस्वरूप।
91724 स्थायी समिति ना. १. संस्थासङ्गठन दीर्घकालसम्म चलिरहने वा अर्को अधिवेशनसम्म सबै कामकुराको व्यवस्था गर्ने समिति।
91725 स्थायी समिति ना. २. राजसभाको कार्यसमिति।
91726 स्थायी समिति ना. ३. स्थायी रूपमा कुनै विशेष काम गर्नका लागि गठित समिति।
91727 स्थाली ना. १. पूजा, भोजन आदिमा प्रयोग हुने पात्र; थाली।
91728 स्थाली ना. २. सोमरस तयार पार्दा प्रयोग गरिने विशेष प्रकारको पात्र।
91729 स्थाली पुलाउ ना. पात्रमा तयार गरिएको पुलाउ।
91730 स्थाली पुलाक न्याय ना. ठुलो भाँडामा पकाइएको भातलाई एक सिता छामेर पाकेनपाकेको परीक्षण गरे झैँ एक पक्षको परीक्षणबाट सम्पूर्ण पक्षको निर्णय गरिने न्यायशास्त्रीय पद्धति; प्रमाणका स्रोतहरूमध्ये एक।
91731 स्थावर वि. १. स्थिर; अर्को कुनै वस्तुले नचलाएसम्म चल्दै नचल्ने; अचल। ना.
91732 स्थावर वि. २. रुखपात, ढुङ्गोमाटो आदि जड वा निर्जीव वस्तु।
91733 स्थावर विष ना. जनावर आदिवाहेक अन्य स्रोतबाट प्राप्त हुने विष।
91734 स्थावर सम्पत्ति ना. अर्को ठाउँमा सार्न नसकिने धनमाल; अचल सम्पत्ति (घरखेत आदि)।
91735 स्थित वि. १. रहेको; बसेको।
91736 स्थित वि. २. राखिएको; बसालिएको।
91737 स्थितप्रज्ञ वि. संयमी, आत्मसन्तुष्ट, धीर, स्थिरबुद्धि र निष्काम रहेको (व्यक्ति)।
91738 स्थित प्राज्ञिकता ना. स्थितप्रज्ञ हुनाको भाव, क्रिया वा स्थिति।
91739 स्थिति ना. १. स्थिर रहने काम; स्थायी रहने काम।
91740 स्थिति ना. २. थातथलो; बसोबास।
91741 स्थिति ना. ३. चालचलन; रीतिस्थिति; अवस्था।
91742 स्थिति ना. ४. चाँजोपाँजो; बन्दोबस्त।
91743 स्थिति ना. ५. प्राकृतिक वा मानवीय अवस्था; अवस्थिति।
91744 स्थिति ऊर्जा ना. कुनै वस्तुको स्थायी अवस्थाबाट उत्पन्न गरिने ऊर्जा; कुनै निश्चित ठाउँदेखि अर्को निश्चित ठाउँसम्म सञ्चालन हुने हिसाबले उत्पादन गरिने शक्ति।
91745 स्थिति परिवर्तन ना. स्थितिको परिवर्तन; थितिको फेरबदल।
91746 स्थिति मल्ल ना. नेपालको मध्यकालीन इतिहासमा पन्ध्रौँ शताब्दीपूर्व उपत्यकामा शासन गर्ने एक राजा; मल्लकालका एक प्रसिद्ध राजा; जयस्थिति मल्ल।
91747 स्थापक वि. पहिलेको रीतिथितिको बन्दोबस्त मिलाउने; चलनचाँजो मिलाउने।
91748 स्थापकत्व ना. स्थितिको स्थापना गर्ने गुण; स्थितिको व्यवस्थापन गर्ने गुण।
91749 स्थापन / स्थापना ना. स्थिति बसाल्ने क्रियाप्रक्रिया।
91750 स्थित्युद्धार ना. मर्मत; जीर्णोद्वार।