Dictionary

All Word

91801 स्नानकर्म/ क्रिया ना. १. नुहाउने काम; नुहाइ।
91802 स्नानकर्म/ क्रिया ना. २. धार्मिक उद्देश्यले जिउलाई शुद्ध तुल्याउन गरिने नुहाइधुवाइ।
91803 स्नानगृह ना. स्नान गर्ने घर वा कोठा।
91804 स्नानागार ना. नुहाउने कोठा; स्नानगृह; बाथरुम।
91805 स्नायविक वि. शरीरका ज्ञानवाहिनी नली वा नाडीसँग सम्बन्धित।
91806 स्नायविक प्रणाली ना. पाँच ज्ञानेन्द्रियको सूचना ग्रहण गरेर मस्तिष्कसम्म पुऱ्याउने ज्ञानवाहिनी नली वा नाडीहरूको सिङ्गो संरचना।
91807 स्नायविक रोग ना. मथिङ्गल बिग्रने, असन्तुलित हुने, सन्किने वा सड्किने रोग।
91808 स्नायविक रोगी वि. स्नायविक रोग लागेको ( बिमारी)।
91809 स्नायु ना. शरीरको रगत सञ्चालन गर्ने तन्तु; रक्तवाहिनी नसा; शिरा।
91810 स्नायु केन्द्र ना. १. योगका अनुसार षट्चक्रको अभ्यासको क्रममा मान्छेका शरीरमा भएका बहत्तर हजार नसाहरू भेट हुने ठाउँ; कुण्डलिनी।
91811 स्नायु केन्द्र ना. २. मस्तिष्क; मथिङ्गल; गिदी।
91812 स्नायुपीडा ना. १. स्नायुरोगले गर्दा हुने पीडा।
91813 स्नायुपीडा ना. २. स्नायुमा हुने पीडा।
91814 स्नायुपीडित वि. स्नायुरोगले ग्रस्त।
91815 स्नायु प्रणाली ना. स्नायविक प्रणाली।
91816 स्नायुरोग ना. स्नायविक रोग।
91817 स्नायुरोगी वि. स्नायविक रोगी।
91818 स्नायुविकार ना. ज्ञानेन्द्रियका नसाका विकारबाट हुने कुनै पनि रोग; स्नायविक विकार |
91819 स्निग्ध वि. १. मनले विश्वास गरेको; मायालाग्दो; प्यारो।
91820 स्निग्ध वि. २. चिप्लो वा चिल्लो (पदार्थ); मुलायम।
91821 स्निग्धता/त्व ना. १. स्निग्ध हुनाको भाव वा स्थिति; चिल्लोपन; चिप्लोपना; चिल्ल्याइँ।
91822 स्निग्धता/त्व ना. २. मुलायमपन; मिहिनपन।
91823 स्नेह ना. १. आमाबाबु, अभिभावक वा मान्यजनहरूबाट आफूभन्दा साना व्यक्तिलाई गरिने प्रेम; माया।
91824 स्नेह ना. २. आत्मीय व्यक्ति, वस्तु वा कुराका निम्ति मनमा उत्पन्न हुने कोमल भावना।
91825 स्नेह ना. ३. घिउ, तेल आदि चिल्लो पदार्थ।
91826 स्नेहपात्र ना. १. स्नेह गरिने वस्तु, व्यक्ति वा कुरा।
91827 स्नेहपात्र ना. २. घिउतेल आदि चिल्लो पदार्थ राखिने भाँडो।
91828 स्नेहभाजन ना. स्नेहपात्र।
91829 स्नेहाङ्कुर ना. १. भर्खरै पलाएको स्नेह।
91830 स्नेहाङ्कुर ना. २. समाप्त भएर पुनः जागेको स्नेह।
91831 स्नेहाङ्कुर ना. ३. स्नेह गरिने कुनै कोमल पात्र (बालक, बिरुवा इ.)।
91832 स्नेही वि. माया गर्ने; मायालु स्वभावको; प्यारो गर्ने।
91833 स्नो ना. १. अनुहार राम्रो पार्न लगाइने नौनीजस्तो नरम, सेतो र सुगन्धित पदार्थ; शृङ्गारको एक साधन।
91834 स्नो ना. २. हिउँ।
91835 स्पन्ज ना. १. निकै हलुको, प्वालैप्वालले भरिएको र पानी सोस्ने, साबुन दल्ने आदि काममा प्रयोग हुने, रबरबाट बनेको नरम पदार्थ।
91836 स्पन्ज ना. २. कपासजस्तो फुस्स परेको हल्का किसिमको हुने, समुद्रका अतिसूक्ष्म कीटाणुको योगबाट बनेको जीवपिण्ड; समुद्रको जीवपिण्ड ।
91837 स्पन्द/स्पन्दन ना. १. बिस्तारै हल्लने कामः कम्पन।
91838 स्पन्द/स्पन्दन ना. २. अलिअलि चल्ने काम; धुकधुकी।
91839 स्पन्द/स्पन्दन ना. ३. फुरफुराइ; स्फुरण।
91840 स्पन्दित वि. १. स्पन्दन भएको वा काँपेको।
91841 स्पन्दित वि. २. हल्लिएको; चलेको।
91842 स्पन्दित वि. ३. फरफराएको; स्फुरित।
91843 स्पर्धा ना. १. परस्परमा एकले अर्कालाई जित्नका निम्ति गरिने होड वा प्रयत्न; प्रतियोगिता; होडबाजी।
91844 स्पर्धा ना. २. अरूको दँजाइमा पुग्ने इच्छा।
91845 स्पर्धा ना. ३. हाँक; चुनौती।
91846 स्पर्धा ना. ४. सेखी; घमन्ड।
91847 स्पर्धाधर्मी वि. स्पर्धा गर्ने स्वभाव भएको; स्वभावैले स्पर्धा गर्ने।
91848 स्पर्धाशाली वि. स्पर्धाको भावनाले युक्त; स्पर्धा गर्ने।
91849 स्पर्धी वि. १. स्पर्धा गर्ने; स्पर्धाशाली; प्रतिस्पर्धी।
91850 स्पर्धी वि. २. डाह गर्ने; इखालु।