Dictionary

All Word

92051 स्रष्टा ना. १. सृष्टि वा रचना गर्ने; रचयिता; निर्माता।
92052 स्रष्टा ना. २. ब्रह्मा।
92053 स्रष्टा ना. ३. विष्णु।
92054 स्रष्टा ना. ४. शिव।
92055 स्राव ना. १. जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहने पानी, तेल र रगतजस्तो तरल वस्तु।
92056 स्राव ना. २. गर्भस्राव; गर्भपात।
92057 स्राव ना. ३. निर्यास; रस।
92058 स्रावक वि. स्राव गर्ने; चुहाउने।
92059 स्रावित वि. स्रावका रूपमा चुहाइएको वा निकालिएको।
92060 स्रुत वि. १. रसाएर निस्केको; चुहेको।
92061 स्रुत वि. २. बगेको; प्रवाहित।
92062 स्रुव/स्रुवा ना. खयरका काठबाट बनाइएको डाडुका आकारको, यज्ञमा घिउ हवन गरिने साधन; सुरो।
92063 स्रेस्ता ना. अड्डाअदालतको नियमपूर्वकको लेखापढी तथा हरहिसाब आदि राख्ने स्याहा वा बही।
92064 स्रेस्ता अदालत ना. न्यायिक कार्यबाहेकको प्रशासनिक कार्य गर्ने अदालत; स्रेस्तासम्बन्धी काम गर्ने अदालत ।
92065 स्रेस्तादार वि. १. स्रेस्ताको काम गर्ने; स्रेस्ता जान्ने; स्रेस्तामा निपुण। ना.
92066 स्रेस्तादार वि. २. त्यस्तो व्यक्ति।
92067 स्रेस्ता पाठशाला ना. नेपालमा निजामती सेवामा जाने व्यक्तिलाई ऐनस्रेस्तासम्बन्धी प्रशिक्षण दिनका लागि वि. सं. १९६२ सालतिर खुलेको पाठशाला ।
92068 स्रेस्ता प्रणाली ना. वैज्ञानिक ढङ्गले स्रेस्ता गर्ने र स्रेस्ताका कागतपत्र राख्ने नयाँ तरिका वा ढङ्ग ।
92069 स्रेस्ता शिक्षा ना. ऐनस्रेस्तासम्बन्धी शिक्षा ।
92070 स्रेस्तेदार वि. / ना. स्रेस्तादार ।
92071 स्रोत ना. १. पानीको प्रवाह वा धारा; पानीको बहाइ।
92072 स्रोत ना. २. नदीको मुहान।
92073 स्रोत ना. ३. झरना; छहरा।
92074 स्रोत ना. ४. कुनै कामकुरा हुन वा पुस्टिन सक्ने बलियो आधार; सोर्स।
92075 स्रोत ना. ५. वंशपरम्परा।
92076 स्रोतस्विनी ना. १. नदी; खोलो।
92077 स्रोतस्विनी ना. २. धारा; प्रवाह ।
92078 स्लिपर ना. १. रेलमार्गमा लिकभन्दा मनि बिछ्याइने मोटामोटा काठ।
92079 स्लिपर ना. २. रबरका चप्पल; हवाई चप्पल ।
92080 स्लेट ना. सिलेट।
92081 स्व वि. १. निजी; आफ्नो; आफ्नो वर्ग वा जातको; आफन्त (समस्त पदका आरम्भमा, जस्तो- स्वदेश, स्वतन्त्र, स्वजन इ.)।
92082 स्व वि. २. आफैआफ हुने वा भएको (जस्तो- स्वचालित, स्वनियन्त्रित इ.)। प. स.
92083 स्व वि. ३. केही शब्दका अन्तमा लागेर भाववाचकता वा धन, अस्तित्व आदिका प्राप्तिको अर्थ दिने एक रूप (जस्तो- निजस्व, परस्व, धर्मस्व, राजस्व इ. ) । ना.
92084 स्व वि. ४. दाजुभाइ; गोती; बन्धु।
92085 स्व वि. ५. सम्बन्धी; ज्ञाति। सर्व.
92086 स्व वि. ६. स्वयम्; आफैँ।
92087 स्वः ना. १. आकाश; व्योम।
92088 स्वः ना. २. देवलोक; स्वर्ग।
92089 स्वकीय वि. आफ्नो; व्यक्तिगत; निजी।
92090 स्वकीय सचिव ना. राजा, राष्ट्रपति आदिको व्यक्तिगत वा आन्तरिक प्रबन्धसम्बन्धी कार्य गर्ने सचिव।
92091 स्वकीया ना. १. आफ्नी पत्नी; विवाहिता पत्नी।
92092 स्वकीया ना. २. साहित्यमा सरल प्रकृतिकी, विनययुक्त, गार्हस्थ्य चलाउने र पतिव्रता गुण भएकी नायिका। विप. परकीया।
92093 स्वख्यापन ना. आफ्नो प्रशंसा आफैले बखान्ने काम; आत्मप्रशंसा; आत्मश्लाघा।
92094 स्वगत वि. १. आफैँमा मात्र सीमित; मनमनमा आएको वा रहेको। क्रि.वि.
92095 स्वगत वि. २. आफैँआफ; स्वतः।
92096 स्वगत कथन ना. नाटकहरूमा पात्रले आफ्नो मनको कुरा अरूले नसुने झैँ गरी एक्लै गुनगुन गरेर दर्शकतिर हेर्दै भन्ने संवादको एक शैली; अश्राव्य।
92097 स्वचालक वि. स्वचालन हुने; स्वयं चल्ने वा यन्त्र आदिलाई चलाउने।
92098 स्वचालन ना. कुनै विशिष्ट प्रक्रियाविना सामान्य साधन वा कलपुर्जा, दम आदिका सहायताले नै आफैँ चल्ने वा यन्त्र आदि चलाउने काम; स्वयं सञ्चालन हुने प्रक्रिया ।
92099 स्वचालित वि. कलपुर्जा, दम आदिले नै आफै सञ्चालित हुने तथा आवश्यक काम गर्न थाल्ने।
92100 स्वचालित यन्त्र ना. आफै चल्ने यन्त्र वा मिसिन।