Dictionary

All Word

92251 स्वरूप ना. ६. किसिमले; तवरसँग; रूपमा।
92252 स्वरूपवान् वि. सुन्दर रूप भएको; खुब राम्रो।
92253 स्वरूपी वि. १. रूप भएको; रूपवान्।
92254 स्वरूपी वि. २. कसैको स्वरूप जस्तै देखिने; समरूपी।
92255 स्वरूपी वि. ३. अरूको रूप धारण गरेको; छद्मवेशी।
92256 स्वरूपोत्प्रेक्षा ना. उत्प्रेक्षा अलङ्कारको एक भेद; वस्तूत्प्रेक्षा।
92257 स्वरोदय ना. स्वर वा नाकको श्वासप्रक्रियाका आधारमा सबै किसिमको शुभ र अशुभ फल थाहा पाइने वा भनिने एक विद्या।
92258 स्वर्ग ना. १. पुण्यात्मा र सत्कर्मीहरू मृत्युपछि सुख भोग्न जान्छन् भनी पुराण, स्मृति आदिले भनेको लोक; देवलोक।
92259 स्वर्ग ना. २. अमरावती; इन्द्रपुरी।।
92260 स्वर्ग ना. ३. अत्यन्त रमणीय ठाउँ; सुन्दर स्थान।
92261 स्वर्गगामी वि. १. मरणोपरान्त स्वर्ग जाने; स्वर्गतर्फ गमन गर्ने।
92262 स्वर्गगामी वि. २. मृत; स्वर्गीय।
92263 स्वर्गङ्गा ना. आकाशगङ्गा; मन्दाकिनी।
92264 स्वर्गद्वारी ना. नेपालको प्यूठान जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थस्थान।
92265 स्वर्गद्वारी प्रभु ना. उक्त तीर्थस्थानको स्थापना गर्ने एक सिद्ध पुरुष।
92266 स्वर्गवास ना. १. स्वर्गमा गएर बस्ने काम; स्वर्गको बसाइ।
92267 स्वर्गवास ना. २. देहावसान; मृत्यु ; मरण।
92268 स्वर्गवासी वि. १. स्वर्गमा बस्ने; स्वर्गको निवासी।
92269 स्वर्गवासी वि. २. देहान्त भएको; मरेको; दिवङ्गत।
92270 स्वर्गस्थ वि. १. स्वर्गमा बसेको; स्वर्गमा रहेको।
92271 स्वर्गस्थ वि. २. स्वर्गवासी; स्वर्गीय।
92272 स्वर्गारोहण ना. १. स्वर्ग जाने काम; स्वर्गगमन।
92273 स्वर्गारोहण ना. २. देहान्त; मरण।
92274 स्वर्गीय वि. १. स्वर्गमा हुने; स्वर्गको; स्वर्गसम्बन्धी।
92275 स्वर्गीय वि. २. देहान्त भएको; मरेको।
92276 स्वर्गीय वि. ३. असाधारण; अलौकिक।
92277 स्वर्ण ना. १. सुवर्ण; सुन।
92278 स्वर्णकार ना. १. सुनको गहनागुरिया बनाउने पेसा भएको मानिस।
92279 स्वर्णकार ना. २. सुनार; बाँडा।
92280 स्वर्णकीट ना. १. सुनजस्तो रङ हुने एक जातको झल्कने किरो; सुनकिरी।
92281 स्वर्णकीट ना. २. एक प्रकारको जूनकिरी।
92282 स्वर्णगिरि ना. सुनजस्तो पहेँलो पर्वत; सुमेरुपर्वत।
92283 स्वर्णजयन्ती ना. कुनै व्यक्ति, सङ्घसंस्था, महत्त्वपूर्ण कार्य आदिको जन्म, आरम्भ वा स्थापनाको पचास वर्ष प्रवेश भएको उपलक्ष्यमा मनाइने उत्सव; पचासौँ जन्मोत्सवको पर्व।
92284 स्वर्णदिवस ना. १. बनिबनाउ भएको दिन; सुखशान्तिको दिन।
92285 स्वर्णदिवस ना. २. महत्त्वपूर्ण घटना घटेको दिन।
92286 स्वर्णमान ना. आफ्नो द्रव्यको एकाइको मूल्यलाई सुनको मूल्यसँग समानुपातमा निश्चित गरिएको मान।
92287 स्वर्णमुद्रा ना. सुनको धातुबाट बनाइएको मुद्रा; असर्फी।
92288 स्वर्णयुग ना. प्रशस्त उन्नति तथा सुखशान्ति भएको युग; सुनौला युग।
92289 स्वर्णाभ वि. १. सुनजस्तो आभा वा चमक भएको।
92290 स्वर्णाभ वि. २. सुनका जस्तो रङ्गको; सुनौलो।
92291 स्वर्णिम वि. सुन जस्तै चम्किलो; सुनौलो।
92292 स्वर्लोक ना. देवलोक; स्वर्ग।
92293 स्वर्वैद्य ना. स्वर्गका वैद्य; अश्विनीकुमार।
92294 स्वलङ्कृत वि. राम्ररी सिँगारिएको वा सजाइएको; शृङ्गारका साधनहरूले अलङ्कृत।
92295 स्वल्प वि. १. साह्रै अल्प वा थोरै; अलिकति मात्र।
92296 स्वल्प वि. २. ज्यादै सानो; क्षुद्र; तुच्छ।
92297 स्वल्पाहार ना. साह्रै थोरै खवाइ; सामान्य वा हल्का भोजन।
92298 स्वल्पाहारी वि. स्वल्पाहार गर्ने; थोरै खाने।
92299 स्ववासी वि. आफैँ बसेको; आफैँले भोगचलन गरेको (घरबारी)।
92300 स्वविवेक ना. गुणदोष, हितअहित, प्रियअप्रिय, कर्तव्यअकर्तव्यजस्ता विषयलाई आफैँ सोच्न वा ठम्याउन सक्ने शक्ति; आफ्नै उचित ध्यान वा विचार।