Dictionary

All Word

92301 स्वशासन ना. आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन, प्रबन्ध आदि आफैँ गर्ने पूर्ण अधिकार; स्वायत्तशासन।
92302 स्वशासित वि. सम्बन्धित तहबाटै आफ्नो शासनव्यवस्था चलेको; स्वशासन भएको।
92303 स्वशिक्षण ना. शिक्षकका सहयोगको अपेक्षाविना नै शिक्षार्थीले सिक्ने सिकाइसम्बन्धी कार्यकलाप; स्वाध्याय।
92304 स्वसञ्चालन ना. कुनै कामकुरो कसैको सहायताविना स्वयम् चल्न सक्ने क्रिया वा स्थिति; आफैँद्वारा हुने सञ्चालन।
92305 स्वसञ्चालित वि. स्वसञ्चालन भएको; आफैँआफ चलेको।
92306 स्वस्ति ना. १. कसैलाई मङ्गलमय कामना व्यक्त गर्दै दिइने आशीर्वाद; शुभमस्तु।
92307 स्वस्ति ना. २. मङ्गल; कल्याण।
92308 स्वस्तिक ना. मङ्गलको सङ्केत गर्ने एक प्राचीन चिह्न; मङ्गलचिह्न ()।
92309 स्वस्तिकर्ता / कार ना. स्वस्ति गर्ने मानिस।
92310 स्वस्तिवाचक वि. स्वस्तिवाचन गर्ने; आशीर्वाद दिने।
92311 स्वस्तिवाचन ना. वैदिक विधिद्वारा कार्यको आरम्भमा निर्विघ्नताका निम्ति गरिने मङ्गलमन्त्रको पाठ।
92312 स्वस्तिश्री ना. प्रायः पुरानो पद्धतिमा बढी प्रचलित, चिठीपत्र आदिको शिरमा आदरणीय व्यक्तिहरूको नाम वा नाताबोधक शब्दका अगाडि प्रयोग गरिने सम्मानार्थी शब्द।
92313 स्वस्थ वि. १. शारीरिक तथा मानसिक रूपले ठिक रहेको; कुनै प्रकारको रोगव्याध नलागेको; तन्दुरुस्त; निरोगी।
92314 स्वस्थ वि. २. आलस्य, उद्वेग, विकार आदि नभएको; दुर्गुण वा त्रुटिरहित।
92315 स्वहस्ताक्षर ना. १. आफ्नै हातले लेखेको अक्षर; आफ्नै हस्ताक्षर।
92316 स्वहस्ताक्षर ना. २. कारणीको हस्ताक्षर (लिखित कागजमा )।
92317 स्वहस्ताङ्कित वि. आफ्नो हातको निसान लागेको; आफ्नो हस्ताक्षर भएको।
92318 स्वहस्तान्तरण ना. आफ्नो अधिकारको सम्पत्ति, दायित्व आदि कसैलाई सुम्पने काम; लिखित वा प्रामाणिक आधारमा आफ्नो अधिकार कसैलाई जिम्मा लाउने काम।
92319 स्वाँ क्रि.वि. सुस्केरा हाल्दा वा मस्त निदाउँदा नाकबाट लामो सास निस्कने किसिमले।
92320 स्वाँग ना. नकल; स्वाङ।
92321 स्वाँगिलो वि. स्वाङ पार्ने स्वभाव भएको। स्त्री. स्वाँगिली।
92322 स्वाँगी वि. स्वाङ पार्ने; नकल गर्ने।
92323 स्वाँगे वि. १. स्वाँग पार्ने।
92324 स्वाँगे वि. २. स्व- अङ्गको।
92325 स्वाँगे भाइ ना. सगोत्री भाइ।
92326 स्वाँठ वि. १. दुष्टतापूर्ण व्यवहार गर्ने; साह्रै बदमास।
92327 स्वाँठ वि. २. बुद्धि, विवेक, विचार आदि हुँदै नभएको; महाको मूर्ख, लट्ठक।
92328 स्वाँठे वि. स्वाँठ।
92329 स्वाँफ्वाँ क्रि.वि. १. मस्त निद्रामा परी लामोलामो श्वासप्रश्वास चल्दा आवाज आउने गरी।
92330 स्वाँरो ना. १. भिरालो परेको आवादी पाखो।
92331 स्वाँरो ना. २. चराइने बारी; खर्क।
92332 स्वाँस्वाँ क्रि.वि. १. परिश्रम वा दमले छिटछिटो र लामो सास चल्ने गरी; तिखो स्याँस्याँ। ना.
92333 स्वाँस्वाँ क्रि.वि. २. कडा परिश्रम वा दौडाइबाट छिटो र ठुलो सास फेर्दा आउने शब्द।
92334 स्वाँस्वाँफ्वाँफ्वाँ क्रि.वि. धेरै परिश्रमले सास वा दम बढे झैँ गरी।
92335 स्वाँस्वाँ र फ्वाँफ्वाँ क्रि.वि. १. स्वाँस्वाँफ्वाँफ्वाँ। ना.
92336 स्वाँस्वाँ र फ्वाँफ्वाँ क्रि.वि. २. परिश्रम, रिस आदिबाट हुने सासको वेग।
92337 स्वाइँ ना. तातेको घिउतेलमा रोटी पकाउँदा, आगाको भुङ्ग्रो, तातो फलाम आदिमा पानी पर्दा र हावा चल्दा आउने शब्द।
92338 स्वाइँय क्रि.वि. वेगसित त्यस्तो स्वाइँ आवाज आउने गरी।
92339 स्वाइँस्वाइँ क्रि.वि. लगातार स्वाइँ गरेर।
92340 स्वाइँस्वाइँती क्रि.वि. अझै जोडले स्वाइँस्वाइँ हुँदै।
92341 स्वाउँदो वि. खुलेको; मिल्दो; सुहाउँदो।
92342 स्वाउनु अ. क्रि. खुल्नु; मिल्नु; सुहाउनु।
92343 स्वाक्षर ना. १. आफैँले लेखेको अक्षर; आफ्नो हस्तलेख; स्वहस्ताक्षर।
92344 स्वाक्षर ना. २. सही; दस्तखत।
92345 स्वाक्षरित वि. १. आफ्नै हातले नामठेगाना, लेख आदि लेखेको।
92346 स्वाक्षरित वि. २. आफ्नै हस्ताक्षर वा सही भएको।
92347 स्वाग ना. हे. सुहाग।
92348 स्वागत ना. १. अतिथि, मान्य जन वा प्रिय व्यक्ति आउँदा अगाडि लम्केर गरिने अभिनन्दन।
92349 स्वागत ना. २. कुनै औपचारिक सभा समारोहमा त्यसरी नै गरिने अभ्यर्थना।
92350 स्वागत ना. ३. कसैको विचार, कथन आदिलाई अनुकूल वा उत्तम ठानेर ग्रहण वा स्वीकार गर्ने भाव वा क्रिया।